
मङ्सिर ११
पारु न्यौपाने,बुटवल
प्रदेश स्तरिय डान्स रियालिटि शो नेपाली डान्स मिनिस्टर २०८१ का विजेता विद्यार्थीहरुलाई इडन स्कुल नहरपुर बुटवलले विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । विद्यालयका प्राचार्य शिवहरि भट्टराईको अध्यक्षता जनप्रतिनिधि एवम विद्यालयका अध्यक्ष नकुल शाहि ठकुरी को प्रमुख आतिथ्य मा आयोजित कार्यक्रममा उपाधि विजेता सृष्टि कुवँर सहित उत्कृष्ट बिद्यार्थी र अभिभावकहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको हो । छम छमी इन्टरटेन्टमेन्ट प्रालि को आयोजानामा भएको शो को उपाधि इडन स्कुलमा कक्षा चारमा अध्ययन रत सृष्टि कुवर ले हात पार्दै स्कुटीसहित रु एक लाख नगद प्राप्त गर्नुभएको थियो । त्यस्तै कक्षा सात कि छात्रा शाहिस्ता शाहिले बेस्ट डान्सर तथा कक्षा सात कै अर्कि छात्रा शाहिस्मा श्रेष्ठ ले छौठौ स्थान प्राप्त गर्नु भएको थियो । प्रमुख अतिथि शाहिले सम्मानित विद्यार्थीलाई बधाइ तथा शुभकामना दिँदै औपचारिक शिक्षा सङ्गै अन्य विधामा पनि बालबालिका लाइ प्रोत्साह गर्दै लौजानु पर्नेमा जोड दिनुभयो । कार्यक्रमका अध्यक्ष भट्टराइले विद्यालय सदैव विद्यार्थीको साथमा रहेको र विद्यार्थीका अन्तरनिहित प्रतिभा पहिचान गरि सोहि अनुरुपका कार्यक्रममा सहभागी गराउदै आएको उल्लेख गर्नु भयो । साथै सम्मानित बिधार्थिले व्यत्तिगत मात्र नभै अभिभावक एवम विधालयको नाम समेत राख्न सफल भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको सन्चालन विधालयका उप प्राचार्य जगत पौडेल ले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस्