Web Design In Nepal

बुटवल ग्लोरि मा कक्षा ११ का विद्यार्थीलाई स्वागत , होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीले नै पकाए परिकार ।

मंग्सिर २४, २०८१ सोमबार 392

मङसिर २४, पारु न्यौपाने । बुटवल बेलबासमा रहेको बुटवल ग्लोरी स्कुलले नौलो तरिकाले कक्षा ११ का विधार्थिहरुलाइ स्वागत गरेको छ। बुटवल ग्लोरी स्कुलले विद्यालयको हलमा होटल म्यानेजमेन्ट अध्ययन गर्ने कक्षा १२ का विद्यार्थीहरू द्वारा नै तयार गरिएको खाना खुवाएर कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ। कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता कक्षा १२ कि छात्रा प्रविना कुँवरले गर्नुभएको थियो। शिक्षा समिति संयोजक चुन्नुप्रसाद पौड्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यालयका प्राचार्य शंकरप्रसाद गौतम प्लस टू कोअर्डिनेटर सञ्जय शर्मा , धुर्व आचार्य , यमलाल पौडेल , आकाश विश्वास , पारु न्यौपाने , शुशिल ज्ञवाली लगायत शिक्षकहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि पौड्यालले असल र अनुशासित शिक्षाका लागि पढ्ने र पढाउने दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै विद्यार्थीहरुलाई असल शिक्षा हासिल गर्न आग्रह गर्नुभयो। विद्यालयका प्राचार्य शङ्कप्रसाद गौतमले विद्यालय सदैव गुणस्तरीय शिक्षामा प्रतिबद्ध रहेको र नवागन्तुक विद्यार्थीहरूलाई ग्लोरी स्कुल रोजेकोमा पछुतो नहुने उल्लेख गर्नुभयो । होटेल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीहरूले यसरी आफ्नै विद्यालयमा आफ्नै व्यवस्थापनमा खाना समेत तयार गरी स्वागत गरेकोमा धन्यवाद समेत ज्ञापन गर्नुभयो । यसले विद्यार्थीहरूको स्वागत मात्र नभई विद्यार्थीहरूको सिकाइमा समेत प्रभाव पारेको उल्लेख गर्नुभयो।कक्षा १२ का विद्यार्थी ममता केसीको स्वागत एवम छात्र कृन्जल शर्मा को सन्चालन मा सम्पन्न कार्यक्रम मा कक्षा ११ को तर्फबाट रोशनी सुनारले मन्तव्य राख्नुभएको थियो। १२०० बढी विद्यार्थीहरू अध्ययन गर्ने विद्यालयमा प्लस टुतर्फ होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स तथा फाइनान्स विषयमा समेत अध्ययन अध्यापन गराइने प्लस टु कोअर्डिनेटर सन्जय शर्माले बताउनुभयो।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्