Web Design In Nepal

देवदहमा उत्थानाशील समुदाय निर्माण कार्यक्रम को शुभारम्भ ।।

मंग्सिर २५, २०८१ मंगलबार 178

मङसिर २४ । देवदह नगरपालिका संग को समन्वय र सहकार्य , कारितास नेपाल र कारितास स्पेन को सहयोग र CDM Nepal को आयोजना मा देबदह नगरपालिका मा “ स्थानीय स्तर मा रहेका संकटासन्न समुदायको विपद प्रतिरोधात्मक क्षमता र दिगो जीविकालाई सुदृढ गर्दै उत्थानाशील समुदाय निर्माण “ कार्यक्रम को शुभारम्भ भएको छ , देबदह नगरपालिका का नगर प्रमुख ध्रुब प्रासाद खरेल को अध्यक्ष ता र नगर उपप्रमुख बिद्या लक्ष्मी गुरुङ को आतिथ्यमा मा देबदह नगरपालिका मा कार्यक्रम को शुभारम्भ भएको हो ।
उक्त कार्यक्रम देबदह नगरपालिका विपद तथा बातावरण शाखा का प्रमुख रबि पाण्डे को संचालन , CDM नेपाल का कार्यकारी निर्देशक धर्मराज घिमिरे को सहजीकरण र CDM नेपाल का प्रशासन प्रमुख लेखा भट्टराई को स्वागत मा भएको थियो ।
कार्यक्रम मा देबदह नगरपालिका का वडा नम्बर ३ र ६ का वडा अधक्ष्य, कृषि शाखा प्रमुख प्रमुख, विपद तथा बाताबरण साखा का सदस्य लगायत ले मन्तब्य राख्दै कार्यक्रम को सफलता को शुभकामना राख्दै कार्यक्रम मा समन्वय र सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रम मा नगर प्रमुख खरेल ले यस परियोजना मा नगरपालिका ले समेत सहकार्य गर्ने र कार्यक्रम लाइ प्रभावकारी बनाउन आफु सधै साथ मा रहने कुरा ब्यक्त गर्नु भयो , साथै उपप्रमुख बिद्या लक्ष्मी गुरुङ ले यो परियोजना हाम्रो पालिका को कार्यक्रम भएको हुदा कार्यक्रम मा प्रतक्ष्य सहभागी भइ रचनात्मक सुझाब सल्लाह को साथसाथै अनुगमन गरि कार्यक्रम का लक्ष्य र उधेस्य पुरा गर्न को लागि प्रतिबद्धता बयक्त गर्नुभयो / CDM नेपाल का अधक्ष्य ताराप्रसाद काफ्ले ले कार्यक्रम अहिले ३ र ६ मा मात्र प्रतक्ष्य रुपमा काम गर्ने भएता पनि नगरपालिका को सहकार्य मा अन्य वडा मा समेत बिस्तार गर्न सकिने जानकारी गराउनुभयो ।
कार्यक्रम मा परियोजना का क्रियाकलाप को बिषय मा परियोजना संयोजक प्रसान्त रिजाल ले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रम नोभेम्बर १ ,२०२४ देखि अक्टोबर ३०, २०२५ सम्म चल्ने र आबस्यकता अनुसार थप पनि हुन सक्ने कुरा को जानकारी सस्था का कार्यकारी निर्देशक श्री धर्मराज घिमिरे ले जानकारी गराउनु भयो । कार्यक्रम मा देबदह नगरपालिका का सम्पूर्ण शाखा प्रमुख हरु र सिडिएम नेपाल का कर्मचारी हरु बर्षा लम्साल र बबिता भुसाल को पनि सहभागिता रहेको थियो ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्