Web Design In Nepal

इडन स्कुल नहरपुरमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न ।।

पुष ६, २०८१ शनिबार 188

पुस ५, बुटवल । इडन स्कुल बुटवल नहरपुरले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत तथा गत वर्ष कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । गत वर्षको एस.एल.सि. को नतिजामा इडन स्कुलले शतप्रतिशत नतिजा प्राप्त गरेको थियो । कक्षा १२मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालयका प्राचार्य शिवहरि भट्टराइले रुपन्देहि जिल्लामा शतप्रतिशत नतिजा ल्याउने विधालय इडन मा. वि.भएको उल्लेख गर्दै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै नव आगन्तुक विद्यार्थीहरुलाई पनि सोहि पथमा अगाडि बढ्न आग्रह गर्नुभयो । शिकाइ जहाँ जुन ठाउँ मा प्राप्त गरेपनि राष्ट्र र राष्ट्रीयता विर्सनु नहुने उल्लेख गर्नु भयो । कक्षा १२ का छात्र नवराज लम्साल को अध्यक्षतामा भएको कार्यक्रममा +2 कोअर्डिनेटर जगत पौडेल , शिक्षकहरु शकुन्तला टण्डन , पार्वती न्यौपाने लगाएतले बोल्दै विद्यार्थी हरुलाई लगनशील भएर पढ्न आग्रह गर्नुभयो । कक्षा १२ कि छात्रा निलम यादव को सन्चालन तथा सन्ध्या कार्किको स्वागतमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका पुर्व सन्चालक अर्जुन शाही ठकुरी, उप प्राचार्य कुशल बस्याल, शिक्षक शिव न्यौपाने लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा कक्षा ११ का तर्फबाट निशा अर्याल र एस.एल.सी.मा उत्कृष्ट अङ्क प्राप्त गरेका छात्र हिरा श्रेष्ठ( निश्चित)ले समेत मन्तव्य राख्नुभएको थियो भने विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति समेत राखेका थिए ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्