
पुष ७, बुटवल । नेपाल राष्ट्रीय भुतपुर्व सैनिक तथा प्रहरी संगठन लुम्बिनि प्रदेशको दोस्रो अधिबेशन तिलोत्तमामा सम्पन्न भएको छ । प्रदेश संगठन का अध्यक्ष खुमलाल पोख्रेलको अध्यक्षता केन्द्रीय अध्यक्ष विनोद पाण्डेको प्रमुख आतिथ्य तथा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पुर्व मुख्यमन्त्री लिला गिरिको विशेष आतिथ्य मा सम्पन्न कार्यक्रममा प्रमुख वक्ता को रुपमा बोल्दै नेकपा एमाले का पोलिटब्युरो सदस्य तथा पुर्व मुख्यमन्त्री लिला गिरिले नेकपा एमालेको लोकप्रीयता कमजोर पार्न विभिन्न शक्तिहरु लागिपरेको तर त्यो सम्भब नहुने उल्लेख गर्नुभयो ।
कार्यक्रम मा प्रमुख अतिथि नेपाल राष्ट्रीय भुतपुर्व शैनिक संगठन का केन्द्रीय अध्यक्ष विनोद पाण्डेले शैनिक डिउटिमा हुदा पनि र रिटाएरपछि पनि राष्ट्रको रक्षक नै रहने उल्लेख गर्दै सहि राजनितिक र समाजिक कार्यमा केन्दीत हुन सबैलाइ आग्रह गर्नुभयो । अधिबेशनले कोश बहादुर बस्नेतको अध्यक्षता मा नया प्रदेश कमिटि निर्विरोध निर्वाचित गरेको छ । जसको उपाध्यक्ष मा मन बहादुर थापा तथा विष्णु नेपाल रहनुभएको छ । तेस्तै सचिवमा टेक बहादुर थापा , उपसचिवमा नारायण प्रसाद अधिकारि एवम महिला उपसचिवमा कृष्ण कुमारि थापा निर्वाचित हुनुभएको छ । कोषाध्यक्ष मा एक बहादुर गाहा रहनु भएको छ । कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा संगठन इन्चार्ज खेममान खड्का , एमाले पार्टि अनुसन्धान आयोगका केन्द्रीय उपाध्यक्ष नेत्र प्रसाद पन्थि , पार्टि निर्वाचन आयोगका सदस्य हरि भन्डारि , राधाकृष्ण कडेल , लक्षमण अर्याल , रविन्द्र कुमार कार्कि , खग प्रसद पुन , मदन केसि , लगाएतले बोल्दै पार्टिको सबैभन्दा सकृय संगठन नै भुतपुर्व शैनिक संगठन भएकोले यसलाइ अझ मजबुत बनाएर लैजानु पर्नेमा जोड दिनुभयो । उप सचिव लछमण गाेदार को स्वागत मन्तब्य रहेको खुल्ला सत्रको सन्चालन तत्कालिन प्रदेस सचिव कोष बहादुर बस्नेतले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न व्यक्ति लाइ सम्मान समेत गरिएको थियो ।
प्रतिकृया दिनुहोस्