Web Design In Nepal

इडन मा वि नहरपुरमा खेल सप्ताह सुरु ।।

माघ ८, २०८१ मंगलबार 830


पारु न्यौपाने । माघ ,८ । बोर्डिङ स्कुल नहरपुर बुटवलमा इडन स्पोर्ट मिट २०८१ शुभारम्भ भएको छ। विद्यालयका अध्यक्ष तथा जनप्रतिनिधि नकुल शाही ठकुरीको प्रमुख आतिथ्यतामा खेल सप्ताह शुभारम्भ भएको हो। कार्यक्रमको उद्घाटन गर्दै शिक्षण सिकाईसँगै खेल पनि सिकाइको महत्वपूर्ण पाटो रहेको शाहीले उल्लेख गर्दै विद्यालयहरूले विद्यार्थीको क्षमता अनुसारका खेल मा सरिक गराउनुपर्ने मा जोड दिनुभयो । विद्यालयका प्राचार्य शिवहरी भट्टराईको अध्यक्षतामा मा भएको कार्यक्रमको सञ्चालन उपप्राचार्य कुशल बस्यालले गर्नुभएको थियो। यो साताभर सञ्चालन हुने खेलहरूमा भलिबल कबड्डी तेक्वान्डो एथलेटिक्स तथा विभिन्न मनोरञ्जनात्मक खेलहरू समेत समावेश गरिएको खेलकुद कार्यक्रमका संयोजक अतिरिक्त क्रियाकलाप प्रमुख आरभ श्रेष्ठले जानकारी दिनुभयो । खेलकुदमा आज भलिबल, टेबल टेनिस, तेक्वान्दो , कुर्ची दौड, बुक रेस जस्ता खेलहरु सप्पन्न भएका छ्न् भने भोलि एथलेटिक्स तर्फका खेलका साथै कबड्डी पनि हुने भएको छ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्