Web Design In Nepal

इडन मा विमा वृहत आखा शिविर तथा पुस्तक प्रदर्शनि सम्पन्न ।।

माघ ११, २०८१ शुक्रबार 241

माघ ११ । इडन इङ्लिस बोर्डिङ स्कुल बुटवल नहरपुरमा नतिजा प्रकाशन तथा निःशुल्क आँखा शिविर एवं बृहत पुस्तक प्रदर्शनी सम्पन्न भएको छ। कक्षा प्ले ग्रुपदेखि ९ सम्मको तेस्रो त्राइमासिक परीक्षाको नतिजा प्रकाशन र कक्षा ११ तथा १२ को दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन को अवसरमा आयोजित बृहत आँखा शिविर मा विद्यार्थी तथा अभिभावक गरी करिब ५०० जनाले आँखा परीक्षण गराएका छन्। सोही अवसरमै आयोजित पुस्तक प्रदर्शनीमा करिब एक हजार जनाभन्दा बढी विद्यार्थी र अभिभावकद्वारा अवलोकन र पुस्तक किनबेच भएको छ। बुटवल लायन्स क्लब अफ बुटवल को प्राविधिक सहयोगमा आँखा शिविर सम्पन्न भएको हो। त्यस्तै बुटवल बुक्समार्स र विशाल पुस्तक पसलको सहयोगमा बृहत पुस्तक प्रदर्शनी आयोजना गरिएको विद्यालयका प्राचार्य शिवहरी भट्टराईले जानकारी दिनुभयो । विद्यार्थीहरूमा पठ न संस्कृतिको विकास गर्ने उद्देश्यका साथ पुस्तक प्रदर्शनी आयोजना गरिएको विद्यालयको भनाइ छ। त्यस्तै पछिल्लो समय विद्यार्थीहरूमा आँखाको समस्या देखिने गरेकोले बृहत आँखा परीक्षण शिविर समेत सञ्चालन गरिएको र सो शिविरमा विद्यार्थी सँगसँगै अभिभावक समेत लाभान्वित भएको विद्यालयको भनाइ छ ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्