Web Design In Nepal

बुटवल ग्लोरीमा नतिजा प्रकाशनसँगै खाना महोत्सव र रक्तदान कार्यक्रम

माघ १२, २०८१ शनिबार 34


बुटवल, ११ माघ ।
बुटवल ग्लोरी इङ्गलिस बोर्डिङ स्कुल, बुटवल–१३ बेलबासमा तेस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशनसँगै रक्तदान कार्यक्रम र खाना महोत्सव सम्पन्न गरिएको छ ।
विद्यालयको कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट विषय अध्ययनरत विद्यार्थीहरुले ग्लोरी खाना महोत्सवको आयोजना गरेका थिए । विद्यार्थीहरुले आफूले पढेका तथा अन्य नेपाली परिकारहरु बनाएर त्यसको स्वाद अभिभावक, विद्यार्थी, शिक्षकहरुलाई चखाएका थिए । व्यवहारिक ज्ञानसँगै पाककलाको विकास गर्ने उद्देश्यले फुड फेस्टिबल गरिएको प्राचार्य शंकरप्रसाद गौतमले बताएका छन् । फुड फेस्टिबलमा किनमेलदेखि व्यवस्थापन र परिकार निर्माण तथा सेवाका सम्पूर्ण कार्यहरु विद्यार्थीहरुले नै गरेका थिए ।
यसका साथै त्यसैदिन ग्लोरी युवा रेडक्रस सर्कलको आयोजनामा रक्तदान कार्यक्रम समेत गरिएको छ । मानवीय सेवाको कार्यमा सहयोग पु¥याउने र विद्यार्थीहरुलाई त्यसतर्फ उत्प्रेरित गर्ने उद्देश्यले रक्तदान कार्यक्रम राखिएको थियो । सर्कलकी अध्यक्ष नियोमा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका अध्यक्ष खिमबहादुर हमालको प्रमुख आथित्यता र विद्यालयका प्राचार्य एवम् सर्कलका संरक्षक शंकरप्रसाद गौतमको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षक, कर्मचारी तथा अभिभावक गरी २२ जनाले रक्तदान गरेका थिए ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्