Web Design In Nepal

इडन स्कुल बुटवलमा फुटसल प्रतियोगिता सम्पन्न ।।

माघ १६, २०८१ बुधबार 180


माघ १६ ,बुटवल । इडन स्कुल बुटवल नहरपुरको इडन फुटसल प्रतियोगिता २०८१ सम्पन्न भएको छ । कक्षा ८ देखि १२ सम्म का विधार्थिहरुको सहभागिता मा विभिन्न विधामा प्रतियोगितात्मक खेलहरु सम्पन्न भएका हुन । स्कुलका अध्यक्ष तथा बुटवल ११ का जनप्रतिनिधि नकुल शाहि को प्रमुख आतिथ्य मा भएको कार्यक्रममा स्कुल का प्राचार्य शिवहरि भट्टराइको अध्यक्षता रहेको थियो । प्रमुख अतिथि शाहिले खेलमा रुचि राख्ने हरुका लागि यस्ता कार्यक्रम महत्वपुर्ण हुने उल्लेख गर्दै खेलकुदको माध्यमबाट पनि राष्ट्र र राष्ट्रीयता जोगाउन सकिने धारणा राख्नुभयो । प्राचार्य भट्टराइले फुटसल गर्नुको उदेश्यमाथि प्रकाश पार्दै नगर तथा जिल्लास्तरिय खेलाडी छनौट गर्नु रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा स्कुलका उपप्राचार्य जगत पौड्यालले खेलकुदले शारिरिक तथा मानसिक सङै पढाइमा समेत सकारत्मक प्रभाव पर्ने उल्लेख गर्नुभयो । प्रतियोगितामा कक्षा १२ को समुह प्रथम कक्षा ९ को समुह दोस्रो एवम कक्षा ११ को समुह तेस्रो भएको स्कुलका कोच तथा रुपन्देहि क्रिकेट सघं का पुर्व सचिव गंगाराम सुनारले जानकारी दिनुभयो । फुटसल प्रतियोगिता को संयोजन अतिरिक्त क्रियकलाप प्रमुख आरभ श्रेष्ठले गर्नुभएको थियो ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्