
पारु न्यौपाने,
अक्स्फोर्ड माध्यमिक विद्यालयमा खेलकुद सत्र २०८१/८२ अन्तर्गतको खेल सप्ताह कार्यक्रम आरम्भ भएको छ। कार्यक्रमको उद्घाटन विद्यालयका प्राचार्य दिनेश भुषाल र सहप्राचार्य सुमन भुसालले गर्नुभएको थियो भने उद्घाटन सत्रमा बोल्दै प्राचार्य भुसालले अक्सफोर्डमा हुने यस्तै शैक्षिक तथा खेलकुद गतिविधिले नै आज अक्सफोर्डले हरेक क्षेत्रमा फड्को मार्न सफल भएको बताउनुभयो । विद्यार्थीभित्र रहेको प्रतिभा स्थानीय स्तरबाट नै प्रस्फुटन गराउने उद्देश्यका साथ हरेक वर्ष यसैगरी भव्य रुपमा खेल सप्ताह आयोजना गरिने विद्यालयका सहप्राचार्य सुमन भुसालले बताउनुभयो । खेल सप्ताहलाई प्रभावकारी बनाउनको लागि हरेक वर्ष प्रत्येक खेलका लागि छुट्टाछुट्टै संयोजकहरू तोकेर खेल सञ्चालन गरिने व्यवस्थापन विभाग प्रमुख बालकृष्ण पोखरेलले जानकारी दिनुभयो। आज भएको खेल सप्ताहको उद्घाटन सत्रमा अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल बिहानी सत्र इन्चार्ज नारायण सापकोटा विज्ञान विभाग प्रमुख भरतबहादुर केसी लगायतको रहेको थियो। खेलकुदको प्रथम दिन टेबल टेनिस ब्याडमिन्टन भलिबल र बास्केटबल जस्ता खेलहरू सञ्चालन भएका छन्। टेबल टेनिस छात्र तर्फ प्रथम स्थान निरज भुसाल, द्वितीय स्थान उदिप पाण्डे र तृतीय स्थान सुशान्त भुसालले हासिल गरेका छन् भने छात्रातर्फ प्रथम स्थान नीतिशा खरेल, द्वितीय स्थान ऋषिका खप्तडी र तृतीय स्थान दिव्य शाह ठकुरीले हासिल गरेकी छन् त्यस्तै ब्याडमिन्टन छात्रतर्फ प्रथम स्थान विश्व बलाल मगर, द्वितीय स्थान दिपेश डाँगी र तृतीय स्थान आदित्य प्रधानले हासिल गरेका छन् र छत्रा तर्फ प्रथम स्थान नितिसा खरेल, द्वितीय स्थान श्रेया पाण्डे र तृतीय स्थान जेनिसा थापाले हासिल गरेकी छिन् यसैगरी भलिबल छात्रतर्फ एन्जल रानाको समुह प्रथम र यमलाल रेग्मीको समूह द्वितीय भएको छ भने भलिबल छात्रातर्फ खिमा घर्तीको समूह प्रथम र सम्पदा यसमालीको समूहले द्वितीय स्थान हासिल गरेको छ त्यस्तै बास्केटबल छात्रतर्फ क्रिस उपाध्यायको समूह प्रथम र साजनसारूको समूहले द्वितीय स्थान हासिल गर्न सफल भएको छ। आज भएका खेलहरू ब्याडमिन्टन, टेबल टेनिस, भलिबल र बास्केटबलको संयोजकत्व प्राध्यापकहरू क्रमश झविन्द्र मरासिनी कमल न्यौपाने र विष्णु खनालले गर्नुभएको थियो भने सम्पूर्ण खेलहरूको व्यवस्थापन खेलकुद तथा अनुशासन विभाग प्रमुख राजकुमार पाण्डेले गर्नुभएको थियो।
प्रतिकृया दिनुहोस्