
प्राइम कमर्शियल बैंक लिमिटेड, तिलोत्तम ८ शिवपुर मा रहेको शिवापुर विस्तारित काउन्टरले विद्यालयको शिक्षा र भौतिक संरचना व्यवस्थापनका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रु ३५,००० पैंतीस हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ। कार्यक्रम श्री शिवापुर माध्यमिक विद्यालय, तिलोत्तमा ११, शिवापुर, रूपन्देहीको ६३औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजना गरिएको थियो।
उक्त चेक शिवापुर विस्तारित काउन्टरका इन्चार्ज खिमानन्द पौडेल र प्रतिनिधि सभा सदस्य संसद छविलाल विश्वकर्माद्वारा श्री शिवापुर माध्यमिक विद्यालय, तिलोत्तमा ११, शिवापुर, रूपन्देहीको व्यवस्थापन समिति अध्यक्ष ईश्वरी प्रसाद ज्ञवाली, प्रधानाध्यापक ज्ञान प्रसाद भट्टराई र विद्यालय टोलीलाई हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा तिलोत्तमा ११ का वडा अध्यक्ष विष्णुबहादुर बराल क्षेत्री, अन्य वडा समिति सदस्यहरू, तिलोत्तमा ०८ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेल, वडा समिति सदस्यहरू, अन्य सम्माननीय अभिभावकहरू, समाजसेवीहरू र सामाजिक संघसंस्थाका अन्य अध्यक्षहरूको उपस्थिति रहेको थियो।
यस कार्यक्रमले विद्यालयको शैक्षिक र भौतिक संरचना सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस्ता कदमले समुदायको समग्र विकासमा मद्दत पुर्याउने विश्वास गरिएको छ।
प्राइम कमर्शियल बैंकले हाल फिक्स्ड डिपोजिटमा अधिकतम ७.२५% वार्षिक ब्याज प्रदान गर्दै आएको छ। यसले ग्राहकहरूको बचतलाई थप आकर्षक बनाएको छ। प्राइम कमर्शियल बैंकका नेपालभर २०० भन्दा बढी शाखाहरू र १३५ भन्दा बढी एटीएम आउटलेटहरू सञ्चालनमा ल्याएको छ। प्राइम कमर्शियल बैंक लिमिटेडले शिवापुर र नेपालभरका शाखाहरूबाट सबै प्रकारका बैंकिङ सुविधाहरू प्रदान गर्दछ।
प्रतिकृया दिनुहोस्