Web Design In Nepal

इडनमा साँस्कृतिक भेषभुषा प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

फागुण १, २०८१ बिहिबार 78


फागुन १, बुटवल । इडन इङ्गलिस बोर्डिङ्ग स्कुल बुटवलमा साँस्कृतिक भेषभुषा प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। कक्षा नर्सरीदेखी कक्षा एक सम्मका करिब पाँच सय विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रममा विद्यार्थीहरु विभिन्न जातजातिका संस्कृति झल्काउने खालका भेषभुषा तथा पोशाकहरुद्वारा सजिएर आएका थिए। कार्यक्रममा थारु, मगर,गुरुङ्ग, क्षेत्री, नेवार, मुस्लिम, ब्राह्मण जस्ता जातजातिका भेषभुषाको प्रदर्शन गरिएको थियो। कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका प्राचार्य शिवहरी भट्टराईले यस्ता कार्यक्रमहरुले विद्यार्थीमा नेपाली संस्कृतिको ज्ञान बढाउनुका साथै नेपाली हुनुमा गौरव बढाउने बताउनुभयो। त्यसैगरी सोही कार्यक्रममा कक्षा नर्सरी खेलकुद सप्ताहको पुरस्कार वितरण पनि गरिएको थियो। उक्त कार्यक्रममा गत माघ ८ देखि १५ सम्म सन्चालन भएको खेलकुद सप्ताहका विजेताका विजेता विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। कार्यक्रमको अध्यक्षता विद्यालयका उप-प्राचार्य जगत पौडेलले गर्नुभएको थियो भने सन्चालन सह-प्राचार्य कुशल बस्यालले गर्नुभएको थियो।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्