Web Design In Nepal

ज्ञान गंगा पाठशाला को १३ औं वार्षिकउत्सव तथा अभिभावक दिवस २०८१ सम्पन्न।।

फागुण ७, २०८१ बुधबार 168

बुटवल फागुन ७ ।

पार्वती न्यौपाने । ज्ञानगंगा पाठशाला तिलोत्तमा -४ को तेह्रौ वार्षिकोत्सव तथा अभिभावक दिवस २०८१ मुल समारोह बुधवार सम्पन्न भएको छ । राष्ट्रीय प्रजातन्त्र दिवसको अवसर पारि आयोजित मुल समारोह को प्रमुख अतिथि संघिय संसद बासुदेब घिमिरेले उदघाटन गर्नु भएको थियो । घिमिरेले शिक्षा र सस्कार लाइ जोडेर लैजानु आजको आवश्यकता रहेकोमा जोड दिदै ज्ञानगंगा पाठशाला यस कुरामा अब्बल देखिएको समेत उल्लेख गर्नुभयो ।
घिमिरेले संस्थागत विद्यालयका समस्या समाधान गर्न आफू सधै प्रयत्नशील रहेको बताए । उनले देशको शैक्षिक विकासका संस्थागत विद्यालयहरुको भूमिका प्रमुख देखिएको बताउदै निजी स्कूलबाट उत्तीर्ण हुने विद्यालयलाई पनि सामुदायिक विद्यालयका विद्यार्थीसरह अवसर पाउनुपर्ने बताए । उनले रुपन्देही शिक्षा देशको अब्बलतामा दरिएको भन्दै यसलाई निरन्तरता दिदै आगामी दिनमा अझै बढाउनुपर्ने बताए ।
विधालयका अध्यक्ष ऋषिराम को अध्यक्षता मा भएको कार्यक्रममा वडा ४ का अध्यक्ष हरिबहादुर क्षेत्रीको प्रमुख आतिथ्य रहेको थियो। विधालयका प्राचार्य चन्द्र अधिकारिले स्वागत मन्तब्य राख्दै शिक्षक विधार्थि र अभिभावक सबैको पहल र हातेमालो ले गर्दा नै शिक्षण शिकाइ मजबुत हुने उल्लेख गर्दै समारोह मा स्कुलका शतप्रतिशत विधार्थिले कुनै न कुनै विधामा आफ्नो प्रस्तुति दिएको जनकारि दिनुभयो ।
छोटो समयमा आफूलाई अब्बल सावित गर्न सफल रुपन्देहीको तिलोत्तमा–४ स्थित ज्ञानगंगा पाठशालाले बुधबार १३ औं वार्षिकउत्सव तथा अभिभावक दिवस सङै फुड फेस्टिवल समेत मनाएको हो । विधार्थिहरुले विभिन्न फुडस्टल सङै हस्तकला चित्रकला प्रदर्शनी समेत देखएका थिए । विद्यालयका सल्लाहकार डा बिनोद पराजुलीले विद्यार्थीको स्वाथ्य र खानपानमा ध्यान दिन सकेमा विद्यार्थीको सबै पक्ष सबल बन्ने बताए । कार्यक्रममा वडा अध्यक्ष हरिबहादुर क्षेत्री, सल्लाहकार टीकाराम घिमिरे, विद्यालयका प्रबन्ध निर्देशक युवराज न्यौपाने, सञ्चालक समिति सदस्य खुमाकान्त पौडेल ज्ञानप्रसाद ज्ञवाली, कृष्णबहादुर जिसी विद्यार्थी प्रतिष्ठा ज्ञवाली लगायतले बोल्दै विद्यालयको शैक्षिक गुणस्तर अब्बल रहेको भन्दै यसलाई अझै बढाउदै जान सुझाव दिए । सो अवसरमा विद्यार्थीहरुले विभिन्न गीत, नृत्य, संबाद, नाटक लगायत विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए । विद्यालयका अध्यक्ष ऋषिराम पाण्डेको अध्यक्षता तथा शिक्षक कुलचन्द्र पुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्