
बुटवल । गुल्मी जुनिया चिदिपानी तराइ सम्पर्क समाज रुपन्देहीको १० औं साधारण सभा सम्पन्न भएको छ।शनिबार तिलोत्तमामा भएको कार्यक्रमको बुटवल उपमहानगरपालिका पुर्व मेयर तथा संस्थाका संरक्षक रुपसिङ थापाले उद्घाटन गर्नुभयो।
कार्यक्रममा बोल्दै थापाले पहाडबाट बसाइ सरी तराइमा आएपनि पनि रुपन्देहीमा भएका जुनिया,चिदिपानी बासीलाई एकीकृत गरि आपसी एकता र भाइचारा सम्बन्ध स्थापित गर्न महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो ।प्रमुख अतिथी समेत रहनुएका उहाले समाजले विभिन्न सामाजिक कार्यहरु मार्फत आफुलाइ अब्बल साबित गरेको बताउनुभयो ।
अध्यक्ष कृष्ण बहादुर थापाले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै समाजले गुल्मी जुनिया चिदिपानीको विकास र त्यहाँका स्थानीयहरूको सहजताका लागि विभिन्न सामाजिक कार्य गरेको बताउनुभयो। उहाले आगामी दिनमा समेत संस्थाले चोरकाटेको रुद्रावती माविमा स्वास्थ्य शिबिर सङ्गै विभिन्न सामाजिक कार्यक्रम आयोजना गरिने समेत जानकारी दिनुभयो।
कार्यक्रममा संस्थाका सल्लाहकार डाक्टर डिबि खत्री,मानव अधिकार शान्ती समाज रुपन्देहीका निवर्तमान अध्यक्ष तथा तिलोत्तमा चिदिपानी समाजका अध्यक्ष कृष्णप्रसाद भट्टराई,संस्थापक अध्यक्ष खड्कबहादुर शाही,सल्लाहकार गुरुप्रसाद भुसाल,आजिवन सदस्य छबबहादुर भण्डारी, शशीधर भण्डारी,भुपती भुसाल लगायतले शुभकामना मन्तव्य दिँदै संस्थाले गर्दै आएको कार्यको प्रशंसा गर्नुभयो । साधारण सभाको अवसरमा संस्थाले जेष्ठ नागरिक,आजिवन सदस्य,मानव अधिकार तथा शान्ती समाजको केन्द्रिय समितीको सदस्य कृष्णप्रसाद भण्डारी र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष निर्वाचित मिना ढकाललाइ बधाई व्यक्त गर्दै सम्मान समेत गरिएको थियो।
संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष सुरेश थापा को स्वागत ,कोषाध्यक्ष ओमप्रकाश भण्डारीको आयव्ययको प्रतिबेदन पेश भएको कार्यक्रमको संञ्चालन सचिव खिम खत्रीले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस्