Web Design In Nepal

बुटवल ग्लोरि इङ्ग्लिस बोर्डिङ स्कुल बुटवलमा एस ई ई दिने विधार्थिहरुलाइ शुभकामना एवम सम्मान ।।

फागुण २६, २०८१ सोमबार 60


फागुन २६ । बुटवल ग्लोरि इङ्ग्लिस बोर्डिङ स्कुल बुटवल बेल्बास ले शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । चैत्र ७ गते देखि हुन लागेको एस ई ई परिक्षामा सहभागी हुन लागेका विधार्थिहरुलाइ शुभकामना तथा सम्मान गरेको हो । कक्षा ९ को आयोजनामा भएको कार्यक्रममा कक्षा ९ का छात्र आदर्श खनाल को अध्यक्षता स्कुलका अध्यक्ष खिम बहादुर हमाल को प्रमुख आतिथ्य , प्राचार्य शंकर प्रसाद गौतम को विशिष्ट आतिथ्य एवम स्कुलका शिक्षक कर्मचारी हरुको आतिथ्य रहेको थियो । विधार्थिहरुलाइ टिका खादा तथा मायाको चिनो समेत प्रदान गरिएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि हमालले शिक्षण शिकाइ साथै व्यबहारिकता आजको विधार्थिको आवश्यकता भएको उल्लेख गर्दै सोहि अनुरुप लाग्न आग्रह गर्नुभयो । प्रचार्य शंकर प्रसाद गौतमले एस ई ई मा सम्मेलित हुन जादा आत्मविश्वास का साथ जान र उत्कृष्ट नतिजा हासिल गर्न शुभेक्क्षा दिनुभयो । कक्षा ९ का छात्र छात्रा आविष्कार खनाल र अंशु अर्यालको सन्चालन दियोग सुनारको स्वागत मा सम्पन्न कार्यक्रममा प्रशाशन प्रमुख चुनाव भन्डारि , +2 संयोजक सन्जय अर्याल आधारभुत तह संयोजक सिता थापा मिना गुरुङ, चित्रा गुरुङ , पारु न्यौपाने कक्षा ११ कि छात्रा पुर्णिमा श्रीस लगाएतले बोल्नुभएको थियो । कार्यक्रममा विधार्थिहरुले विभिन्न सास्कृतिक प्रस्तुति समेत देखाएका थिए ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्