Web Design In Nepal

सहज सहकारी मा सदस्य अभिमुखिकरण कार्यक्रम सम्पन्न ।।

चैत्र १५, २०८१ शनिबार 177


चैत १६ , बुटवल । सहज बचत तथा ऋण सहकारी संस्था लिमिटेड रूपन्देहीले सदस्य अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न गरेको छ। ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारी संस्थाको वार्षिक कार्ययोजना अनुरूप सदस्य अभिमुखीकरण कार्यक्रम गरिएको हो। जिल्ला सहकारी संघ रूपन्देहीका अध्यक्ष भीम प्रसाद तुलाचनको प्रमुख आतित्य कार्यक्रम संयोजक विष्णुमाया भण्डारीको अध्यक्षता मा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तुलाचनले ६८औ राष्ट्रिय सहकारी दिवसपछि सहकारीमा व्याप्त बेथितिहरू अन्त्य भएर जाने गरी सबै सहकारीकर्मी लाग्नुपर्नेमा जोड दिनुभयो संस्थाका अध्यक्ष ओमप्रकाश अर्यालले स्वागत गर्दै १३ वर्ष अगाडि स्थापना भएको सहकारीले हालसम्म १७ करोड पुँजी तथा १७०० बढी सेयर सदस्य एवं सेवा केन्द्र स्थापना गरी सेवा दिँदै आइरहेको उल्लेख गर्नुभयो । सस्थाका सचिव पार्वाती न्यौपानेको सन्चालन मा सम्पन्न कार्यक्रमको सहजिकरण सस्थाका पुर्व अध्यक्ष तथा सहकारि कर्मि बादल आचार्यले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष दिलिप रिजाल वरिष्ठ उपाध्यक्ष विशाल बेलबासे उपाध्यक्ष कमल प्रकाश भुसाल कोषाध्यक्ष दिपेन्द्र धमला , लेखा सुपरिवेक्षण समितिका सदस्य सञ्चालक सदस्य उपसमितिका सदस्य एवं कर्मचारीहरू र सेयर सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। संस्थाले वार्षिक कार्य योजनामा समावेश गरी सहकारी शिक्षा सदस्यता शिक्षा लगायतका गतिविधिलाई जोड दिँदै आएको र वैशाख महिनाको पहिलो साता नै सेवा केन्द्र लक्षित सदस्य अभिमुखीकरण कार्यक्रम गर्ने संस्थाका वरिष्ठ उपाध्यक्ष विशाल बेलबासेले जानकारी दिनुभयो। त्यस्तै संस्थाले वैशाखको दोस्रो हप्ता बृहत स्वास्थ्य परीक्षण शिविर समेत सञ्चालन गर्न लागेको संस्थाका सचिव न्यौपानेको भनाइ छ ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्