
चैत २६, बुटवल ।
बुटवल ग्लोरी इङ्लिस बोर्डिङ स्कुल बुटवलले कक्षा १२ का विद्यार्थीहरूलाई शुभकामना तथा विधाई कार्यक्रम सम्पन्न गरेको छ। वैशाख ११ गतेबाट सञ्चालन हुन लागेको कक्षा १२ को बोर्ड परीक्षामा समावेश हुन लागेका विद्यार्थीहरूको लागि कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूले शुभकामना तथा विधायिका कार्यक्रम गरेका हुन् । कक्षा ११ का छात्र क्षितिज कार्कीको अध्यक्षता विद्यालयका शिक्षा उपसमितिका संयोजक चुन्नुप्रसाद पौड्यालको प्रमुख आतित्यता मा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य शंकरप्रसाद गौतम शैक्षिक कार्यक्रम संयोजक किशोर खनाल प्लस टु तर्फका प्राध्यापक पारु न्यौपाने लगाएतले बोल्दै विद्यार्थीहरूको शैक्षिक एवं समुज्जल भविष्यको शुभकामना। दिनुभएको थियो । कक्षा १२ को तर्फबाट कक्षा १२ कि छात्रा प्रविना कुँवर बुटवल ग्लोरी रोजेकोमा आफुहरु अत्यन्तै हर्षित भएको र कुनै पनि पछुतो नरहेको उल्लेख गर्नुभयो। साथै विद्यालयप्रतिको लगाप प्लस टु पछि पनि कायमै रहने कक्षा १२ का विद्यार्थीहरूको भनाइ थियो कक्षा ११ कि छात्रा पूर्णिमा सिरिसको सञ्चालन एवं झरना सुनारको स्वागत रहेको कार्यक्रममा विद्यालयका लेखा तथा प्रशासन प्रमुख चुनाव भण्डारी। प्लस टु संयोजक सञ्जय शर्मा प्राध्यापकहरु धुर्वराज आचार्य एमलाल पौड्याल सुशील गेवाली निरज क्षेत्री लगायतको आतित्यता रहेको थियो . विसं २०५२ सालमा स्थापना भएको विद्यालयमा कक्षा पिजीदेखि १२ सम्म पठनपाठन गरिँदै आएको विद्यालयका प्राचार्य गौतमको भनाइ छ प्लस टुतर्फ व्यवस्थापन संकायमा होटल व्यवस्थापन कम्प्युटर फाइनान्स लगायतका विषयमा अध्ययन अध्यापन गराउँदै आएको उल्लेख समेत गर्नुभयो। कार्यक्रममा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई खादा तथा मायाको चिनो प्रदान गरी सम्मान समेत गरिएको थियो।
प्रतिकृया दिनुहोस्