Web Design In Nepal

सहज बचत तथा ऋण सहकारी संस्था लिमिटेड रूपन्देहीको सेवा केन्द्र लक्षित सेयर सदस्य अभिमुखीकरण कार्यक्रम

बैसाख ६, २०८२ शनिबार 186

सहज बचत तथा ऋण सहकारी संस्था लिमिटेड रूपन्देहीको सेवा केन्द्र लक्षित सेयर सदस्य अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । तिलोत्तमा ४ स्थित सामुदायिक भवनमा सम्पन्न दोस्रो चरणको सेयर सदस्य अभिमुखीकरण कार्यक्रम शिक्षा उपसमिति संयोजक विष्णुमाया भण्डारीको अध्यक्षता संस्थाका संस्थापक अध्यक्ष दिलिप रिजालको प्रमुख अतिथ्यता एवं संस्थाका सचिव पार्वती न्यौपानेको सञ्चालनमा सम्पन्न भएको हो। सहकारीले वार्षिक कार्य योजना अन्तर्गत विभिन्न चरणमा शेयर सदस्य अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ। संस्थाका कार्यवाहक अध्यक्ष विशाल बेलबासेले स्वागत तथा संस्थागत जानकारी प्रस्तुत गर्दै १३औ वर्षमा प्रवेश गरिसक्दा सहकारीले निकै फड्को मारेको र सेवा केन्द्रमा समेत सदस्यहरूको उल्लेख्य सहभागिता रहेको जनाउनु भयो । संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार सहकारीकर्मी बादल आचार्यले सहजीकरण गर्नुभएको कार्यक्रममा संस्थाका सल्लाहकार तथा वडा नम्बर ४ का पूर्व वडा अध्यक्ष दिवाकर ढकाल , बडा सचिव काशिराम ज्ञावालि, उपाध्यक्ष कमल प्रकाख भुसाल ,कोषाध्यक्ष दिपेन्द्र धमला , संचालक सदस्य , उप समिति सदस्य, विभिन्न टोलका अध्यक्ष आमा समूहका अध्यक्ष सञ्चालक समिति सदस्य लगायतको आतित्यता रहेको थियो । प्रशिक्षक आचार्यले सहकारी को पछिल्लो बिग्रँदो अवस्थालाई मध्यनजर गर्दै आफू आबद्ध सहकारीको वस्तुस्थिति मूल्याङ्कन गर्न र आगन्तुक सहकारीहरूमा नलाग्न समेत आग्रह गर्नुभयो। बुटवल ७ मा केन्द्रीय कार्यालय रहेको सहकारीले तिलोत्तमा ४ मा समेत सेवा केन्द्र स्थापना गरी सेवा प्रदान गर्दै आएको छ। भने सहकारीमा हाल १७०० बढी सेयर सदस्य र १७ करोड भन्दा बढीको पुँजी रहेको समेत कार्यवाहक अध्यक्ष बेलबासेले जानकारी दिनुभयो सहकारीले प्रत्येक वर्ष सेयर सदस्य लक्षित कार्यक्रमहरु गर्दै आएकोमा आगामी हप्ता नै बृहत स्वास्थ्य परीक्षण शिविर समेत सञ्चालन गर्न लागेको संस्थाका व्यवस्थापक सुमन पाण्डेले जानकारी दिनुभयो ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्