Web Design In Nepal

नवजिवन क्लव तिलोत्तमा ६ द्वारा शैक्षिक सामाग्री वितरण ।।

बैसाख २९, २०८२ सोमबार 155


बैशाख २९, नव जीवन क्लब तिलोत्तमा छ रूपन्देहीले बृहत शैक्षिक सामग्री वितरण कार्यक्रम सोमबार सम्पन्न गरेको छ। तिलोतमा पार्कमा रहेको नवजीवन क्लबको सचिवालयमा आयोजित एक कार्यक्रमका बीच स्थानीय विपन्न असहाय बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो। क्लबका अध्यक्ष केशव भुसालको अध्यक्षतामा नगरपालिका कार्यपालिका सदस्य नरबाहादुर छन्त्यालको प्रमुख आतिथ्य मा सम्पन्न कार्यक्रममा स्थानीय सरकारी विद्यालयमा अध्ययनरत विपन्न तथा जेहनदार बालबालिकाहरूलाई छनोट गरी ९२ जनालाई करिब ९१ हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको हो। प्रमुख अतिथि छन्त्यालले स्थानीय सरकारले गर्नुपर्ने कार्य क्लबले गरेकोमा प्रशंसा समेत व्यक्त गर्नुभयो। नवजीवन क्लब ले स्थापना कालदेखि गर्दै आएका सामाजिक कार्यहरूको मूल्याङ्कन आफूहरुले गरिरहेको र आगामी दिनहरूमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो। कार्यक्रमका अध्यक्ष भुसालले शैक्षिक सामग्री प्राप्त गरेका विद्यार्थी भाइबहिनीहरुलाई उचित सदुपयोग गरी शैक्षिक क्षेत्रमा प्रगति गर्न आग्रह गर्नुभयो विगत तीन वर्ष यता क्लबले बर्सेनी विपन्न तथा जेहनदार बालबालिकाको छनोट गरी शैक्षिक सामग्री प्रदान गर्दै आएको समेत जानकारी गराउनुभयो। क्लबका सल्लाहकार दिपक पाठकको स्वागत संस्थाका सचिव गोविन्द पाण्डेको सञ्चालन रहेको कार्यक्रममा
क्लबका संरक्षक ऋषिराम भण्डारी स्थानीय आमा समूह का रेणु न्यौपाने लगायतले बोल्नुभएको थियो। कार्यक्रममा तिलोतमा वडा नम्बर ६ का वडा सदस्य गोविन्दप्रसाद रिजाल मधुबन टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र भट्टराई शितलकुञ्ज टोल विकास संस्थाका अध्यक्ष जमुना क्षेत्री सिद्धबाबा आमा समूहका अध्यक्ष एवं पत्रकार पारु न्यौपाने क्लबका निवर्तमान अध्यक्ष गोविन्दप्रसाद भुसाल , ज्ञानु के सि सल्लाहकार दिपक पाठक ,श्याम न्यौपाने क्लबका उपाध्यक्ष सागर पाठक कोषाध्यक्ष बाबुराम बेलबासे भरतराज पाठक कुस्माखर रिजाल काशीराम बेलबासे विनोद न्यौपाने समिर रिजाल ईश्वर भुसाल धर्मराज तिवारि दुर्गा न्यौपाने लगायतको आतित्यता रहेको थियो। क्लबले प्रत्येक वर्ष जस्तै यो वर्ष पनि विभिन्न स्थानीय व्यक्तित्वहरूबाट रकम एवं शैक्षिक सामग्री सङ्कलन गरी विपन्न तथा जेहनदार बालबालिकाहरूलाई हस्तान्तरण गरेको हो।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्