
नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ नेपाल राष्ट्र बैंक सिद्धार्थनगर समितिद्वारा आयोजित सुपरसिक्स कर्पोरेट कप क्रिकेट टुर्नामेन्ट २०८२ को उपाधि ग्लोबल आइएमइ बैंकले जितेको छ। इन्टरनेसनल क्रिकेट स्टेडियममा डे र नाइट दुवै सिफ्टमा गरी तीन दिनसम्म चलेको उक्त खेलमा लुम्बिनी प्रदेश भरका ३३ वटा कर्पोरेट टिमहरूको सहभागिता रहेको थियो गरिमा विकास बैंक तथा ग्लोबल आइएमइ बैंकका बीचमा भएको फाइनल खेलमा १७ रनले गरिमा विकास बैंकलाई पराजित गर्दै उपाधि जितेको हो। नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ नेपाल राष्ट्र बैंक सिद्धार्थ नगर समितिका अध्यक्ष दीपक गौतमको अध्यक्षता मा सम्पन्न समापन समारोहमा नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर डाक्टर चिरंजीवी नेपालको प्रमुख आतिथ्यता रहेको थियो। प्रमुख अतिथि नेपालले क्रिकेटले कर्मचारीको स्वास्थ्यलाई प्रवर्द्धन गर्ने हुँदा यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्ने र क्रिकेट खेलका लागि यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने औल्याउनुभयो कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक रमेश आचार्य शङ्का केन्द्रीय अध्यक्ष हरिकृष्ण भट्टराई पूर्व राष्ट्रिय खेलाडी तथा अन्डर १९ राष्ट्रिय क्रिकेट प्रशिक्षक शक्ति गौचनको विशिष्ट अतिथ्यता रहेको थियो क्रिकेटको माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरुलाई र कर्पोरेट संघसंस्थासँग जोड्ने कर्मचारीको स्वास्थ्यलाई सकारात्मकता तर्फ लैजाने अभिप्रायले सञ्चालित गरेको कार्यक्रम संयोजक दिपक गौतमले बताउनुभयो प्रतियोगिताको विजयी टिम ग्लोबल आइमी बैंकले नगद रु ६६,६६६ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता गरिमा विकास बैंकले नगद रु ३३,३३३ रुपैयाँ प्राप्त गरेको छ। खेलमा सिद्धार्थनगर गेमिङ जोनका आशिष रोका उत्कृष्ट ब्याट्सम्यान तथा गरिमा विकास बैंकका संजय गुरुङ उत्कृष्ट बलर घोषित हुनुभयो। उहाँहरुले जनहिरो ६,६६६ ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ यसैगरी प्लेयर अफ द टुर्नामेन्ट हुन सफल global ime bankका मनोज गैरेले ७७७७ ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो। यस्तै मोस्ट डिसिप्लिन टिमको उपाधि उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले हाता पार्दै ६६६६ रुपैयाँ प्राप्त गरेको छ टुर्नामेन्टको फाइनल खेल फ्लड लाइटमा खेलाइएको नेपालकै पहिलो औपचारिक म्याच बनेको छ। सिद्धार्थ बैंक साइन रेसुङ्गा बैंक कृषि विकास बैंक नबिल nic asia , NIMB सिद्धार्थ गेमिङ जोन लगायतका वित्तीय संस्थासँगै सलीको इन्सुरेन्स लुम्बिनी म्याक्स हस्पिटल सिद्धार्थ भिलासा होटल श्रीनगर साइकोलोबल एकेडेमी को सहयोजनामा सम्पन्न टुर्नामेन्टको समापन पत्रकार पारु न्यौपाने तथा स्वागत नेपाल वित्तीय संस्था कर्मचारी संघ नेपाल राष्ट्र बैंक सिद्धार्थ नगर समितिका उपाध्यक्ष निर्मला दाहालले गर्नुभएको थियो
प्रतिकृया दिनुहोस्