
विश्व वातावरण दिवसका अवसरमा तिलोत्तमा सामुदायिक पार्कमा फलफुल पार्क निर्माणर्थ वृक्षारोपण कार्यक्रम गरिएको छ। तिलोतमा सामुदायिक पार्कका अध्यक्ष दीपक पाठकको अध्यक्षता तिलोतमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडको प्रमुख आतित्यतामा सम्पन्न कार्यक्रममा ८०० बढी ड्रागन फ्रुट्स ४०० वटा फलफुल एवं १५० भन्दा बढी बेगम बेली लगायतका फूलहरू रोपिएको छ। वातावरणलाई जीवन पद्धतिसँग र संस्कारसँग जोड्नुपर्ने प्रमुख अतिथि खाडले उल्लेख गर्नुभयो । तिलोतमा नगरपालिका विश्वभर उत्कृष्ट नगरपालिकाको रुपमा परिचित भएको स्मरण गर्दै यसको संरक्षण सम्बर्धन गर्न जनस्तरबाटै लाग्नुपर्नेमा जोड दिनुभयो नगरपालिकाले भौतिक सँगसँगै मानवीय सामाजिक र वातावरणीय विकासमा समेत उल्लेख्य कामहरु गर्न चाहेको र ती सबैमा जनसहभागिता अपरिहार्य रहने समेत बताउनुभयो
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष गणेश पाठकले बिरुवा रोप्नु मात्रै ठूलो उपलब्धि नभई त्यसको संरक्षण गर्नु महत्त्वपूर्ण विषय रहेको बताउनुभयो पार्क र स्थानीय ठाउँहरूमा रोपिने बिरुवा रोप्नका लागि मात्रै नभई त्यसबाट पाउनुपर्ने लाभ समेत लिने गरी बिरुवाहरूको संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो
नदी बगरको क्षेत्रका रूपमा रहेको त्यस क्षेत्रलाई केही युवाहरूको सक्रियतामा २०७४ सालबाट तिलोत्तमा सामुदायिक पार्ककै रुपमा स्थापना गरी सुन्दर र हराभरा बनाउने कार्यमा लागेको पार्कका अध्यक्ष पाठकले बताउनुभयो हाल व्यायामशाला बाल उद्यान सँगै पिकनिक स्पोर्ट्सको रुपमा समेत चर्चामा रहेको तिलोत्तमा पार्कलाई आम्दानीको स्रोत र घुम्न योग्य बनाउने उद्देश्यले विश्व वातावरण दिवसको अवसर पारी फलफुलहरू रोप्न लागेको पाठकको भनाइ छ।
पार्कले प्रत्येक वर्ष विश्व वातावरण दिवसका अवसर पारी वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। तिलोतमा सामुदायिक पार्क व्यवस्थापन समितिद्वारा आयोजित विश्व वातावरण दिवसको अवसरमा गरिएको बृहत वृक्षारोपण कार्यक्रमको सञ्चालन पार्कका सचिव कृष्ण केसीले गर्नुभएको थियो भने समापन समितिका उपाध्यक्ष श्याम न्यौपानेले गर्नुभएको थियो। वृक्षारोपण कार्यक्रममा यातायात मजदुर तथा व्यवसायी भलाइकोश पश्चिमाञ्चल यातायात व्यवसायी समितिनगर खानेपानी तथा सरसफाई संस्था आनन्दवन शंकर खानेपानी संस्था सामुदायिक साकोस संखनगर विकास बहुउद्देश्य साकोस नवजीवन साकोस नवजीवन क्लब तिलोत्तमा ब्याडमिन्टन क्लब कुञ्जलापुर पार्क शंकर वनवाटिका शंखनगर सामुदायिक वन ज्योति विकास बैंक आनन्दवन सामुदायिक वन तथा स्थानीय आमा समूह टोल विकासका पदाधिकारीहरू र स्थानीयहरूको उपस्थिति रहेको थियो।
प्रतिकृया दिनुहोस्