
श्री शान्ति दुर्गा मन्दिर शान्तिपिठ ,तिलोतमा ६ , १० नम्बर रूपन्देहीद्वारा आयोजित अन्तरविद्यालय धार्मिक हाजिरी जवाफ प्रतियोगिताको उपाधि शान्ति नमुना मणिग्रामले जितेको छ। मौलिक सनातन धर्म संस्कृतिको जगेर्ना गर्ने हेतुले तिलोत्तमा नगरपालिका वडा नम्बर ६ को संयोजनमा गत वर्षदेखि सञ्चालन गर्न लागिएको अन्तरविद्यालय धार्मिक हाजिरी जवाफ प्रतियोगितालाई निरन्तरता दिँदै यो वर्ष पनि गरिएको हो। मन्दिरका अध्यक्ष शिवकुमार पाठकको अध्यक्षता वडा नम्बर ६ का वडा अध्यक्ष गणेश पाठकको प्रमुख आतित्यता एवं तिलोतमा नगरपालिका कार्यपालिका सदस्य नरबहादुर छन्त्याल लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा १६ वटा विद्यालयले सहभागिता जनाएका थिए प्रतियोगिता पूर्व सञ्चालित उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि पाठकले संस्कार र संस्कृतिको जगेर्नामा सबैले चिन्तन गर्नुपर्ने समय आएको बताउनुभयो। नयाँ पुस्तामा पुराना संस्कार र संस्कृतिहरूको हस्तान्तरण गर्न हामी सबैले ध्यान दिन आवश्यक रहेकोमा जोड पनि दिनुभयो
मन्दिर सञ्चालक समितिका सदस्य सागर पाठकको सञ्चालन मन्दिरका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक शोभाकर भण्डारीको स्वागतमा सम्पन्न कार्यक्रममा तिलोतमा वडा नम्बर ४ का पूर्व वडा अध्यक्ष दिवाकर ढकाल प्राचीन नाग मन्दिरका अध्यक्ष शिव पाठक लगायतले बोल्नुभएको थियो प्रतियोगितामा श्री शान्ति नमुना मावि मणिग्राम प्रथम हुँदै रु १२ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै प्रतियोगितामा होराइजन जिबिएस द्वितीय हुँदै नगद रु ९००० तथा तृतीय हुँदै जनज्योति मावि डिङ्ग नगरले ६००० रुपैयाँ तथा प्रमाणपत्र प्राप्त गरेको छ त्यस्तै प्रतियोगितामा सान्तना हुने जनभावना माविलाई रु ३००० सँगै प्रमाणपत्र प्रदान गरिएको छ विद्यार्थीहरूमा मौलिक धर्म संस्कार र संस्कृतिको ज्ञान वृद्धि गर्ने उद्देश्य सँगै सञ्चालित धार्मिक हाजिरी जवाफ प्रतियोगितामा सोधिएका प्रश्नहरु धर्म र संस्कृतिसँग सम्बन्धित रहेका थिए। मन्दिरले सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएकोमा गत वर्षदेखि धार्मिक हाजिरी जवाफ प्रतियोगितालाई निरन्तरता दिएको छ कार्यक्रममा स्थानीय टोल विकास संघसंस्था आमा समूह क्लब लगायत स्थानीयहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रतिकृया दिनुहोस्