Web Design In Nepal

Author: kshitiz khanal

सत्ता गठबन्धनको बैठक बस्दै <br><h3>बिहान आठ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धन दलका शीर्ष नेताहरुको सहभागिता रहने </h3

सत्ता गठबन्धनको बैठक बस्दै

बिहान आठ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धन दलका शीर्ष नेताहरुको सहभागिता रहने

Posted in राजनीति, समाचार
२१ फागुन, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । बिहान आठ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धन दलका शीर्ष नेताहरुको सहभागिता रहने छ । सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । यद्यपि बैठकमा मन्त्री हेरफेर, राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड अहिलेका मन्त्रीहरुको कार्यसम्पादनमा असन्तुष्ट रहेकाले मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने पक्षमा छन् । यस विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सकारात्मक देखिएको सत्ता गठबन्धन स्रोतले जनाएको छ । परराष्ट्र मन्त्री एनपी साउदको अन्तिम समयमा रद्द भएको फिनल्याण्ड भ्रमण र कांग्रेस सभापति शे
प्रजातन्त्र दिवसको समारोहमा प्रवेश नदिइएपछि पत्रकारले गरे क्यामेरा डाउन

प्रजातन्त्र दिवसको समारोहमा प्रवेश नदिइएपछि पत्रकारले गरे क्यामेरा डाउन

Posted in समाचार
७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश दिइएको छैन । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिइएपछि फोटो पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका छन् । सूचना तथा प्रसारण विभागको कार्डलेसमेत प्रवेश नदिएपछि पत्रकारहरूले सांकेतिक विरोध गरेका हुन् । समारोहको निमन्त्रणपत्र भए मात्रै प्रवेश दिने भन्दै पत्रकारहरूलाई आयोजकले फर्काइदिएको छ ।
तनहुँमा जन्ती बोकेको गाडी दुर्घटना <br><h3>२ जनाको मृत्यु, १६ घाइते </h3

तनहुँमा जन्ती बोकेको गाडी दुर्घटना

२ जनाको मृत्यु, १६ घाइते

Posted in दुर्घटना, समाचार
७ फागुन, दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी-हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्य हुने दुवै जनाको खनाखत नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । अनियन्त्रित भई जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ

सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ

Posted in अपराध, अर्थतंत्र, लुम्बिनी प्रदेश, समाचार
५ फागुन, बुटवल । सहकारीका बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताहरुको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । सहकारीले राई अध्यक्ष तथा संचालक रहेका विभिन्न पाँचवटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण दिएको थियो । ‘अध्यक्ष गुरुङलाई बिहीबार र पाण्डेयलाई शुक्रबार पक्राउ गरी अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ,’ इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले भने । दुर्गा लामो समय बुटवलस्थित केन्द्रीय कार्यालयमै कार्यरत थिइन् । दुवै जनालाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी पण्डितले बताए । यो
माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित <br><h3>‘प्रचण्ड’ले   प्रस्तुत गरेको विधान मस्यौंदामाथि २० समूहहरुबाट सुझाव सङ्कलन गरिएको थियो </h3

माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित

‘प्रचण्ड’ले प्रस्तुत गरेको विधान मस्यौंदामाथि २० समूहहरुबाट सुझाव सङ्कलन गरिएको थियो

Posted in राजनीति, समाचार
३ फागुन, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको विधान परिमार्जनसहित पारित भएको छ । नेकपा(माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझावका आधारमा तयार गरिएको परिमार्जित विधान पारित गरिएको हो । अधिवेशनमा अध्यक्ष प्रचण्डले विधानलाई समृद्ध बनाउनका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने विश्वास व्यक्त गरे । विधान अधिवेशनलगतै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी दिँदै अध्यक्ष प्रचण्डले विचारलाई अझ बढी केन्द्रित र संश्लेषित हुने बताए । उनले पार्टीको रक्षा र विकास गर्न सहयोग पुगेको बताए । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौंदामाथि २० समूहहरुबाट सुझाव सङ्कलन गरिएको थियो ।
देशका धेरैजसो ठाउँमा मौसम बदली, छिटपुट वर्षाको सम्भावना

देशका धेरैजसो ठाउँमा मौसम बदली, छिटपुट वर्षाको सम्भावना

Posted in समाचार
काठमाण्डौ – आज देशका धेरैजसो ठाउँमा मौसम बदली भएको छ । पूर्वको कोशी तथा पश्चिमको कर्णाली प्रदेशमा मौसम बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, बाग्मती, लुम्बिनी तथा कर्णाली प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो । अहिले काठमाण्डौ बुटवल लगाएतका स्उथानमा पनि मौसम बदली छ। त्यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । तराई मधेशका धनगढी, सिमरा तथा विराटनगरमा हुस्सु लागिरहेको छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ७ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।
आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरिँदै

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरिँदै

Posted in समाचार
काठमाण्डौ – आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । देशभरकै सरस्वती मन्दिरमा बिहानैदेखि पूजा गर्न भक्तजन, विद्यार्थीको घुइँचो छ । यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती शिक्षा, ज्ञान र सङ्गीतकी देवीको प्रतीक रहेको
सरस्वती पूजाको अन्तर्वस्तु के हो?

सरस्वती पूजाको अन्तर्वस्तु के हो?

Posted in जानकारी, विचार, सुचना
भाेलि सरस्वती पूजा ! वसन्त पञ्चमी ,हिन्दूहरूकाे प्रचलनमा रहेको भए पनि सरस्वती पूजा पूर्णत: धार्मिक कार्य मात्र होइन, यो आध्यात्मिक-सांस्कृतिक विषय र भौतिक कार्य हो । ‘परमेश्वर प्राप्ति, स्वर्ग प्राप्ति, जीवनमुक्ति वा मोक्ष’का भनेर सरस्वती पूजा गरिँदैन । मानिसले आफ्नो जीवनका बारेमा विभिन्न कुरा सोचिरहेको हुन्छ, यो सोचिरहने क्रम कहिल्यै सकिँदैन । यो चलिरहन्छ, निरन्तर चलिरहन्छ । यो सोच भन्ने कुरा मानिसको आन्तरिक-आत्मिक विषय हो । सोच्नका लागि गुरु, भगवान, मठ—मन्दिर, विधि, प्रक्रिया केही नभए पनि, केही नमाने पनि यसलाई छाेड्न मिल्दैन, साेचिरहन्छ, चिन्तन मनन गरिरहन्छ । यो काम मानिसले एक्लै, जहाँ र जतिखेरसुकै गरिरहन सक्दछ । त्यसै क्रममा मानिसले जीवनमा आवश्यक पर्ने, जीवनलाई उज्यालो पार्ने क्षमताहरू-सामर्थ्यका बारेमा सोचेर राम्रो नाम राख्यो— सरस्+वती (रसले युक्त भएकी)=सरस्वती ! जीवनलाई आवश्यक पर्ने
अर्घाखाँचीमा जीप पल्टिंदा २ जनाको मृत्यु

अर्घाखाँचीमा जीप पल्टिंदा २ जनाको मृत्यु

Posted in लुम्बिनी प्रदेश, समाचार
२० माघ, बुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा भूमिकास्थान-२ की अन्दाजी ३५ वर्षीया देवा बेल्वासे र सन्धिखर्क-८ की अन्दाजी ४७ वर्षीया डेमकला आचार्यको मृत्यु भएको वडाअध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका अनुसार ढाकाबांगबाट सन्धिखर्क जाँदै गरेको लु१ज १६७९ नम्बरको जीप भिरालो सडकमा रोकेर चालक झरेको बेला दुर्घटना भएको हो । जीप सडकबाट पल्टिएर करिब दुई सय मिटर तल खसेको छ । दुर्घटनामा पाणिनी गाउँपालिका पणेनाकी कोपिला खनाल र उनका ८ महिनाको छोरा घाइते भएका छन् । घाइतेहरुलाई जिल्ला अस्पताल सन्धिखर्कमा पुर्‍याइएको छ ।
मौसममा आज सामान्य बदली मात्रै, भोलि र पर्सि पानी पर्ने सम्भावना

मौसममा आज सामान्य बदली मात्रै, भोलि र पर्सि पानी पर्ने सम्भावना

Posted in नेपाल, समाचार
आज मौसम आंशिक बदली हुने र भोलिदेखि फेरि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी भेगका धेरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुुभयो । पश्चिमी न्यून चापीय प्रणालीका कारण भोलि पानी पर्ने सम्भावना रहेको र पर्सिदेखि यो प्रणालीको असर क्रमशः कम हुँदै जाने पनि उहाँले बताउनुुभयो । गएको बुधवार पश्चिमी वायुको प्रभावले सुुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसँगै पहाडी भेगका केही ठाउँमा वर्षा र हिमपात भएको थियो । यसले हिउँदेबालीलाई राहत मिलेको छ । आज कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पानी