
माथागढी बहुउद्देश्यीय सहकारी संस्थाको छैठौँ साधरणसभा तथा तेस्रो अधिवेशन सम्पन्न
चार करोड ३४ लाख बराबरको आयव्याय पेश
पाल्पा – माथागढी बहुउद्देश्यीय सहकारी संस्थाको छैठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।साधारणसभामा संस्थाका अध्यक्ष राजकुमार पन्थीले चार करोड ३४ लाख बराबरको आयव्याय तथा संस्थागत प्रतिवेदन पेश गर्नुभयो। संस्थाले बचतऋण कारोबारसँगै किसानका लागि कुटानीपिसानी मिल संचालनमा ल्याएको, कृषि र पशुपालन क्षेत्रमा विविध कार्य गरेको, सेयर सदस्य एक हजार भएको बताउनुभयाे।
किसानलाई उत्पादनमा जोड्न सहकारीले विभिन्न निकायसँग मिलेर काम गरिरहेको बताउनुभयो । पन्थीले आगामी दिनमा सुपथ मुल्यको पसल सञ्चालन गर्ने, सहकारी शिक्षाका कार्यक्रम गर्ने, सेयर सदस्य र कारोबार रकममा बृद्धि गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।कार्यक्रममा प्रमुख अतिथि माछापुग्छे« बहुउद्देश्यीय सहकारीका अध्यक्ष एवं पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले सहकारीका सेयर सदस्यको हितमा सहकारीले विगतदेखि नै काम गर्दै आएकोमा