Web Design In Nepal

जानकारी

शारदास्कुल चोक शंकरनगर मा क्लासिक फिटजोन जिम सुभारम्भ ।।

शारदास्कुल चोक शंकरनगर मा क्लासिक फिटजोन जिम सुभारम्भ ।।

Posted in जानकारी
भाद्न २९ । शारदास्कुल चोक मा क्लासिक फिट जोन जिम सन्चालनमा आएको छ । शनिवार तिलोत्तमा १, र २ का वडा अध्यक्ष हरु फर्सुराम गिरि तथा डिल बहदुर भट्टराइले संयूत्त रुपमा जिम हाउसको उदघाटन गर्नुभयो । विदेश मा सिप सिकेर स्वदेश फर्केका युवा ले जिम मार्फत खेल र स्वास्थ्यमा समेत टेवा पुर्याउने उदेश्यराखि सन्चालन गरेको ब्यवसाय प्रवर्दन गर्नु पर्ने वडा १ का अध्यक्ष फर्सुराम गिरिले उल्लेख गर्नुभयो। तेस्तै कार्यक्रममा वडा २ का अध्यक्ष डिल बहादुर भट्टराइले परिवर्तित जिवनशैलि हावापानी र खानपानले रोगहरुको जोखिम बढिरहेको अवस्थामा स्वस्थ जिवनयापनका लागि व्यायम र जिम अपरिहार्य बन्दै गएको उल्लेख गर्नुभयो । दश वर्ष कोरियामा रोजगारी सङै वडि विल्डिङ प्रशिक्षण लिएर विभिन्न प्रतियोगिता मा उत्कृष्ट हुन सफल युवा सुवास पाण्डेले आफ्नै ठाउँ मा स्वास्थ्य एवम खेल को प्रवर्धन गर्ने उदेश्यले व्यबसाय प्ररम्भ गरेको
नेकपा एमाले तिलोत्तमा -४ मा शंकर कपुर जि सिको अध्यक्षता मा १६ सदस्यिय वडा कमिटि निर्विरोध निर्वाचित ।।

नेकपा एमाले तिलोत्तमा -४ मा शंकर कपुर जि सिको अध्यक्षता मा १६ सदस्यिय वडा कमिटि निर्विरोध निर्वाचित ।।

Posted in जानकारी
भाद्र २८ , तिलोत्तमा । एमाले तिलोत्तमा वडा नम्बर -४ को दोस्रो वडा अधिवेशन शुक्रवार सम्पन्न भएको छ । पार्टि केन्द्रीय सदस्य तथा रुपन्देहि क्षेत्र नम्बर दुइका इन्चार्ज गुमादेवि आचार्य को प्रमुख अतिथ्य मा भएको कार्यक्रम मा पार्टि प्रदेश कमिटि सदस्य एवम तिलोत्तमा इचार्ज तथा संसद वासुदेब घिमिरे को विशिष्ट आतिथ्य ,तिलोत्तमा नगर उपप्रमुख एवम नगर सह इन्चार्ज जगेश्वर देवि चौधरिको आतिथ्यमा भएको अधिवेशन ले पुन शंकर कपुर जिसिको अध्यक्षता मा १६ सदस्यिय नया नेतृत्व चयन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि आचार्यले हाम्रा व्यबस्था पटक पटक परिवर्तन भएपनि अवस्था परिवर्तन हुन नसकेको तथा केन्द्रीय समिति बलियो बनाउन स्थानिय कमिटिलाइ सुदृढीकरण गर्न आवश्यक हुनेमा जोड दिनुभयो । कार्यक्रममा रुपन्देहि जिल्ला कमिटि सदस्य दिनेश फुल्लेल , तिलोत्तमा नगर कमिटिका अध्यक्ष तामनाथ पाण्डे , वडा इन्चार्ज तथा वडा
इडन मावि नहरपुरमा तिजगित तथा नृत्य प्रतियोगिता सम्पन्न ।।

इडन मावि नहरपुरमा तिजगित तथा नृत्य प्रतियोगिता सम्पन्न ।।

Posted in जानकारी
भाद्र २१, बुटवल । इडन मावि नहरपुर मा तिज गित तथा खुल्ला नृत्य प्रतियोगिता सम्पन्न भएको छ । स्कुलका प्राचार्य शिवहरी भट्टराई को अध्यक्षता एवम उप प्राचार्य कुशल बस्यालको सन्चालनमा सम्पन्न प्रतियोगितामा खुल्ला तर्फ मुस्कान गुरुङ को समुह प्रथम शाहिस्ता शाहि ठकुरिको समुह दोस्रो तथा प्रतिक्षा थापाको समुह तृतीय भएका छन । पहिलो दोस्रो तथा तेस्रो हुने समुहले क्रमश ४०००, ३०००, र २००० सहित मेडल प्रमाणपत्र र ट्रफि प्राप्त गरेका छन । प्रतियोगितामा कक्षा एक सम्मका १३ वटा टिम तथा कक्षा दुइ देखि १२ सम्म अन्तरसदनात्मक चार टिम र खुल्ला तर्फ पाच टिम गरि ९ टिम सहभागी भएका थिए । कला सँस्कृतिको जगेर्ना गर्दै विद्यार्थीहरुमा कला कौशलको विकास गर्न कार्यक्रम आयोजना गरिएको प्राचार्य शिवहरी भट्टराईले बताउनु भयो । कार्यक्रममा कक्षागत विजेता र सदनात्मक विजेता हरुलाई पनि मेडल प्रमाणपत्र प्रदान गरिएको थियो ।
सुर्य ज्योति लाइफ इन्सुरेन्स पाल्पा रोड बुटवल शाखाको अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न ।।

सुर्य ज्योति लाइफ इन्सुरेन्स पाल्पा रोड बुटवल शाखाको अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न ।।

Posted in जानकारी
भाद्र ,७ बुटवल । सुर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनि लिमिटेड बुटवल ले अभिकर्ता उत्प्रेरणा ,सम्मान तथा तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार भएको कार्यक्रम मा वर्ष २०८०/८१ का उत्कृष्ट अभिकर्ता हरुलाइ सम्मान गरेको कार्यक्रमका अध्यक्ष तथा शाखा प्रमुख खेम थापाले बताउनु भयो । कम्पनि प्रदेश प्रमुख शुसिल चापागाइ को प्रमुख आतिथ्यता , नेपालका उत्कृष्ट एम डि आर टि कमल घिमिरेको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा पाल्पा रोड शाखाका सेल्स एक्जुकेटिभ सन्तोष ज्ञवालि को स्वागत तथा पत्रकार पारु न्यौपानेको सन्चालनमा सम्पन्न भएको थियो । प्रमुख अतिथि चापागाइले प्रशिक्षण दिनुभएको कार्यक्रम मा विशिष्ट अतिथि नेपाल टपर टिओटि एमडिआर्टि कमल घिमिरे ले निरन्तरता ले हरेक क्षेत्र मा सफलता प्राप्त गर्न सकिने बताउदै सबलाइ आफ्नो कार्यलाइ निरन्तर गर्न आग्रह गर्नुभयो । कार्यक्रममा एमुना पाण्डे विष्णु पाण्डे अ
ब्राह्ममण समाज तिलोत्तमा -४ को प्रथम साधारणसभा सम्पन्न ।।

ब्राह्ममण समाज तिलोत्तमा -४ को प्रथम साधारणसभा सम्पन्न ।।

Posted in जानकारी
भाद्र ,१ तिलोत्तमा । ब्राह्यमण समाज नेपाल तिलोत्तमा -४ रुपन्देहिको प्रथम साधारण सभा शनिवार समपन्न भएको छ । सामुदायिक भवनमा भएको कार्यक्रममा प्रमुख अतिथि बैधिक धर्म परिषद का महासचिब पार्वती भन्डारि ले भाइचारा बन्धुत्व विकास सङै धर्म सस्कार सस्कृतीको संरक्षण र पहिचान का लागि संगठित भएको समाज ले आगामि दिनहरुमा पनि आफ्ना हकहितको लागि एकबद्द हुनुपर्नेमा जोड दिनुभयो । आफ्ना हक माग्दै गर्दा अरुलाइ असर पार्न नहुने तर सरकारले छुट्टाएका कोटा प्रणाली मा ब्राह्ममण वर्गलाइ उपेक्षित गरिएको विषयमा भने सबैले आवाज उठाउन जरुरि रहेको धारणा राख्नुभयो । समाजका अध्यक्ष जनकलाल पाण्डेको अध्यक्षता ब्राह्यामण समाजका केन्द्रीय सदस्य कालिदाश न्यौपाने बैधिक धर्म परिसद सदस्य होमनाथ न्यौपाने , नगर उपाध्यक्ष रेणु न्यौपाने सचिव बामदेव खनाल , सदस्य होमप्रसाद खनाल को विशिष्ट आतिथ्यता मा भएको कार्यक्रममा वडा -४ का
इडन स्कुल नहरपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।।

इडन स्कुल नहरपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।।

Posted in जानकारी
श्रावन ,३२ बुटवल । इडन इङ्लिस बोर्डिङ स्कुल नहरपुर मा आज अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्कुल का प्राचार्य शिवहरि भट्टराइ को अध्यक्षता मा भएको अन्तरक्रिया मा कक्षा २ देखि ४ सम्म अध्ययन रत विधार्थि हरु का अभिभावक को उपस्थित रहेको थियो कार्यक्रममा बोल्दै प्राचार्य भट्टराइले विधार्थिको शैक्षिक सङै सर्वाङ्गीण विकासका लागि शिक्षक ,विधार्थि सङै अभिभावक को पनि भुमिका हुने हुदा सबैलाइ ध्यान दिन आग्रह गर्नुभयो। करिब २०० भन्दा बढि अभिभावक एवम विधार्थि र शिक्षक हरु को उपस्थिति मा सम्पन्न भएको कार्यक्रमको संचालन उप प्राचार्य कुशल बस्याल ले गर्नुभएको थियो । कार्यक्रममा अभिभावकहरुले समेत जिज्ञासा राखेका थिए ।
सिडिएम नेपाल , युएनडिपि , लुम्बिनि बौद्द  विश्वविद्यालय द्वारा कृषि सामाग्री हस्तान्तरण ।।

सिडिएम नेपाल , युएनडिपि , लुम्बिनि बौद्द विश्वविद्यालय द्वारा कृषि सामाग्री हस्तान्तरण ।।

Posted in जानकारी
श्रावण ३० । सिडिएम नेपाल र, युएनडिपि नेपाल को आयोजना तथा देबदह नगरपालिका एवम लुम्बिनि बौद्द विश्व विश्वविद्यालय को सहकार्य मा कृषि औजार बिउ तथा बिरुवा बितरण कार्यक्रम बुधवार देवदहमा सम्पन्न भएको छ । बहुतल्ले कृषि वन परियोजना मार्फत दिगो जिविकोपार्जन का लागि हरित उधमशिलता पवर्द्दन परियोजना अन्तर्गत रहेर लुम्बिनि बौद्द विश्वविद्यालय को जग्गामा फलफुल लगाएत बहुउपयोगि विरुवा रोप्ने तथा तेस्को लागि आवश्यक कृषि सामाग्री समेत विभिन्न समुह बनाइ बिउ बिरुवा तथा सामाग्री प्रदान गरिएको युएनडिपि नेपाल लुम्बिनि प्रदेश प्रमुक सुदिप अर्यालले बताउनु भयो । देवदह नगरपालिका का प्रमुख धुर्व खरेल ले बड्दो शहरिकरण ले वतावरणमा नकरत्मक असर गरिरहेको बेला वातावरण सङै उधमशिलता बढाइ जिविकोपार्जन सङ जोडन यो कार्यक्रम गरिएको र यसलाइ सबैको सहकार्यमा सफल बनाउन आवश्यक रहेको समेत बताउनु भयो । बाढि प्रभावित तथा नद
गुल्मि जुनिया चिदिपानी तराइ सम्पर्क समाज रुपन्देहिको घुम्ति शिविर तिलोत्तमामा ।

गुल्मि जुनिया चिदिपानी तराइ सम्पर्क समाज रुपन्देहिको घुम्ति शिविर तिलोत्तमामा ।

Posted in जानकारी
श्रावण ३०, तिलोत्तमा । गुल्मि जुनिया चिदिपानी तराइ सम्पर्क समाज रुपन्देहिले बुधवार घुम्ति शिविर सम्पन्न गरेको छ । गुल्मि सत्यवति ७ वडा कार्यलयको समन्वय मा शन्करनगर ३ मा घुम्ति शिविर सन्चालन गरेको हो । वर्षा को समयमा जेष्ठ नागरिक लाइ जेष्ठ नागरिक को कार्ड नविकरण गर्न गाउ मा पुग्न असहज नहोस भन्ने उद्देश्य ले घुम्ति शिविर को सन्चालन गरिएको सस्थाका अध्यक्ष कृष्ण बहादुर थापा ले बताउनु भयो । सत्यवति -७ वडा कार्यलयका वडा अध्यक्ष लोक बहादुर बुढाथोकिको प्रमुख आथित्यतामा भएको कार्यक्रम मा रुपन्देहि क्षेत्र भित्र बसोबास गर्ने गुल्मि जुनिया चिदिपानी का बासिन्दा हरु को उल्यखे उपस्थिति रहेको थियो । लामो बाटो वर्षाको समय यात्रा गर्न असजिलो हुने हुदा आफै बसिरहेको ठाउमा वडा कार्यलयको उपस्थित गराइ सेवा प्रवाहा गरेको मा जेष्ठ नागरिक लगाएत वक्ता हरुले आयोजक एवम वडा कार्यलय लाइ धन्यवाद ज्ञापन गर्नुभयो ।
कक्षा १२ मा अक्सफोर्ड ले प्राप्त गरेयो उत्कृष्ट नतिजा ।। रक्षा घर्ति बनिन नेपाल प्रथम ।

कक्षा १२ मा अक्सफोर्ड ले प्राप्त गरेयो उत्कृष्ट नतिजा ।। रक्षा घर्ति बनिन नेपाल प्रथम ।

Posted in जानकारी
बुटवल ,१८ राष्ट्रिय परीक्षा बाेर्डले आज प्रकाशित गरेको कक्षा १२ काे परीक्षाफलमा अक्सफोर्ड मा.वि बुटवलले नेपालमै उत्कृष्ट नतिजा ल्याएको छ।अक्सफोर्ड मा.वि बुटवल व्यवस्थापन संकायबाट परीक्षा दिएकी रक्षा घर्तीले GPA ३.९५ ल्याएर उत्कृष्ट बनेकी छिन। रक्षा नर्सरीदेखि नै अक्सफोर्ड मा.वि मा अध्ययन गरेकी छात्रा हुन।त्यस्तै अक्सफोर्ड मा.वि बाट सागर पाेखरेलकाे ३.९१GPA ल्याएका छन्। जम्मा ८३३ विद्यार्थीहरूले परीक्षा दिएकोमा ९९% प्रतिशत विद्यार्थीहरू उत्कृष्ट नतिजा सहित सफल भएका छन् ।विगतदेखि नै उत्कृष्ट नतिजा ल्याई देशमै उत्कृष्ट हुने अक्सफोर्डले अहिले पनि उत्कृष्टतालाई निरन्तरता दिएको छ। अक्सफोर्ड मा.वि बुटवलले केही बर्षदेखि नेपालमै उत्कृष्ट नतिजा ल्याउदै आएकोमा यसपालि पनि नेपाल प्रथम हुन सफल भएकोमा विद्यार्थी,अभिभावक तथा प्राध्यापक सम्पूर्णलाई प्रिन्सिपल दिनेश भुसाल र प्राध्यापक सुमन भुसालले
कक्षा १२  मा बुटवलको इडन स्कुलले ल्यायो उत्कृष्ट नतिजा । एक जना बाहेक सबै उत्तिण ।।

कक्षा १२ मा बुटवलको इडन स्कुलले ल्यायो उत्कृष्ट नतिजा । एक जना बाहेक सबै उत्तिण ।।

Posted in जानकारी
श्रावण ,१८ बुटवल । शुक्रवार सार्वजनिक कक्षा १२ को नतिजामा इडन स्कुल बुटवलले उत्कृष्ट नतिजा हासिल गरेको छ । विधालयबाट परिक्षामा सम्मिलित विधार्थिहरु मध्य एक जना बाहेक सबै राम्रो जिपिए सहित उत्रीण भएको +२ इन्चार्ज जगत पौडेलले बताउनु भयो । + २ तर्फ होटल म्यानेजमेन्ट तथा व्यवस्थापन विषयमा अध्यापन गराइदै आएको र स्कुल ले आफ्नै होटल शाहिल्यान्ड होटल मा अन्तराष्ट्रीय स्तरको प्रयोगात्मक काक्षा समेत दिने गरेको प्राचार्य शिवहरि भट्टराइले बताउनु भयो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वैशाख १४ गतेबाट सञ्चालित २०८० सालकाे कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए।नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी कक्षा १२ को परीक्षामा सहभागी भ