
कृषिको सामुहिकरण र व्यवसायीकरण: नेपालको सम्वृद्धि र समाजवाद निर्माणको मूल आधार
Posted in अर्थतंत्र, पर्यटन, रोजगार, लुम्बिनी प्रदेश, विचार
श्रीकृष्ण भुसाल/सन्धिखर्क
विकासित देशहरूले कृषिलाई अत्याधुनिक प्रविधिको प्रयोग गरी व्यवसायिकरण गरेका छन्। नेपाल जस्ता अल्पविकासित देशमा भने यसलाई अझै पछौटे पेसाको रूपमा लिँदा जनता खाद्य सङ्कट, परनिर्भरता, कुपोषण लगायतका समस्याले पिरोलिएका छन्। अर्कातिर जथाभावी बस्ती विस्तार र जमिनको खण्डीकरणले कृषियोग्य भूमि नष्ट हुँदै गएकोले यसलाई संरक्षण गर्न अत्यावश्यक देखिएको छ।
नेपालमा ६०.४ प्रतिशत जनता कृषि पेशामा आश्रित छन् भने करिव ३,०९१ लाख हेक्टरमध्ये २१ प्रतिशत भूभागमा खेती गरिएको छ। २०७८ को कृषि विभागको तथ्याङ्क अनुसार नेपालमा खाद्यान्न बाली १,११,२०,५१२, नगदे बाली ६८,०७,००६, दलहन २९,४३,३५५ र अन्य बाली ६०,५३,७८८ मेट्रिक टन वार्षिक उत्पादन हुने गरेको छ। यसै गरी पशुजन्य ९,५३,२२,३८२ र माछा १,०४,००० मेट्रिक टन वार्षिक उत्पादन हुनेगरेको छ। यसरी कृषि र पशुजन्य उत्पादनबाट देशको कुल ग्