Web Design In Nepal

लुम्बिनी प्रदेश

पाल्पा छहरा मेहलढापबाट बुटवल सम्म दैनिक विद्युतीय गाडी सञ्चालन हुने

पाल्पा छहरा मेहलढापबाट बुटवल सम्म दैनिक विद्युतीय गाडी सञ्चालन हुने

Posted in लुम्बिनी प्रदेश
भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा ४ मेहलढाप बाट दैनिक बुटवल सम्मका लागि विद्युतीय गाडी सञ्चालन हुने भएका छन् ।श्रीनगर यातायात सेवा कम्पनी प्रा लि भदौ १ बाट उक्त रुटमा विद्युतीय गाडी सञ्चालन हुन लागेको यातायात ब्यावसायी रमेश रायमाझीले जानकारी दिनुभयो । विद्युतीय गाडी चलाउन सजिलो, खर्च पनि निकै कम हुने भएको भन्दैे हरेक दिन बिहान ६ः३० बजे मेहलढाप बाट छहरा अमलाबास बतासे हुदै बुटवल र सोही रुटमा बुटवल ट्राफिकचोक बाट बिहान ७ः३० बजे छुट्ने छन । गाडीहरु दिउसोको समयमा ३ बजे बुटवल बाट म्यालढाप बास हुने छ भने सोही समयमा म्याहलढाप बाट छुटेर बुटवल बास हुने श्रीनगर यातायात सेवा कम्पनीले जनाएको छ । विद्युतीय गाडी पेट्रोलियमको तुलनामा निकै कम खर्चिलो छ । पेट्रोल–डिजेलको पैसा बच्ने, इन्धनको दाँजोमा बिजुलीको बिल नगण्य उठ्ने, वातावरणमैत्री हुने, मर्मतसम्भार पनि खासै गर्नु नपर्ने, कर छुटलगायत
अक्सफोर्डले गर्यो विदाई, शुभकामना तथा सम्मान कार्यक्रम ।

अक्सफोर्डले गर्यो विदाई, शुभकामना तथा सम्मान कार्यक्रम ।

Posted in लुम्बिनी प्रदेश, समाचार
पार्वती न्यौपाने, चैत्र ३, बुटवल । अक्सफोर्ड माध्यमिक विद्यालय बुटवलले कक्षा १२ का विद्यार्थीहरूका लागि विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठको प्रमुख आथित्य र  कक्षा ११ का छात्र साहित्य ज्ञवालीको अध्यक्षता रहेको थियो। प्रमुख अतिथि श्रेष्ठले अक्सफोर्ड मावि राष्ट्रमै उत्कृष्ट रहेको र अझै थप प्रगतिको शुभकामना समेत व्यक्त गर्नुभयो। कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय प्रमुख रमाकान्त तिवारी शाखा प्रमुख बाबुराम भण्डारी अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली संस्थापक प्राचार्य यज्ञमूर्ति पाण्डे अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल क्याम्पस प्रमुख मनोज मरासिनी लगायतले बोल्नुहुँदै कक्षा १२ मा सम्मिलित हुन लागेका विद्यार्थीहरूलाई समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्नुभएको थियो। क
देवदह नगरपालिकामा कांग्रेस र राप्रपाका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप

देवदह नगरपालिकामा कांग्रेस र राप्रपाका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप

Posted in लुम्बिनी प्रदेश, समाचार
बुटवल, देवदह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउन पुगेका कांग्रेस र राप्रपाका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएको छ ।कार्यकक्षमा ताला लगाउन प्रयास गर्ने र त्यसलाई रोक्ने सुरक्षाकर्मीबीच घम्साघम्सी भएको हो । कांग्रेस र राप्रपाका जनप्रतिनिधि सहित नगरपालिका पुगेका कार्यकर्ताहरुले नेपाल प्रहरीले बोकेको टियर ग्याँसको हतियार खोस्ने प्रयास गरेपछि थप तनाव बढेको छ । अहिलेपनि धकेलाधकेल भइरहेको छ । प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउने प्रयास जारी छ भने सरक्षाकर्मीले छेक्ने प्रयास गरिरहेका छन् ।
युवा संघ नेपाल लुम्बनी प्रदेशद्वारा जिम्मेवारी प्रदान,प्रचार विभाग प्रमुखमा कृष्ण प्रसाद पाण्डे।

युवा संघ नेपाल लुम्बनी प्रदेशद्वारा जिम्मेवारी प्रदान,प्रचार विभाग प्रमुखमा कृष्ण प्रसाद पाण्डे।

Posted in राजनीति, लुम्बिनी प्रदेश, समाचार
बुटवल ,राष्ट्रिय युवा संघ नेपाल लुम्विनी प्रदेश कमिटिको प्रथम पूर्ण बैठक राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटिका अध्यक्ष सुरज खरेलको अध्यक्षता , नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा युवा संघका केन्द्रिय ईन्चार्ज महेश वस्नेतको प्रमुख आतिथ्यतामा पुष्पलाल स्मृती भवन बुटवलमा सम्पन्न भएको छ। बैठकले विभिन्न प्रस्तावहरुमाथि रिर्पोटिङ ,कार्यालय स्थापना तथा सञ्चालन , सरकुलर अध्ययन, आर्थिक प्रतिवेदन, खाता सञ्चालन ,मातहतका कमिटिको बैठक तथा अधिवेशन, सदस्य मनोनयन तथा विदाई ,कार्यविभाजन ,सातै प्रदेश सातै दिन भेला सम्बन्धमा छलफल भएको थियाे। संघका केन्द्रिय उपाध्यक्ष रमेश तिवारी, महासचिव सुमन पुरी, पार्टी लुम्विनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य, संघका केन्द्रिय सचिव खेमराज शर्मा संघका लुम्विनी प्रदेश ईन्चार्ज केशव रोका, युवा इन्चार्ज तुलबहादुर अधिकारी, सह इन्चार्जहरू जिवन अधिकारी, पृतम पौडेल, स्थ
अक्सफोर्ड मा.विमा परीक्षाफल प्रकाशन तथा सम्मान कार्यक्रम सम्पन्न

अक्सफोर्ड मा.विमा परीक्षाफल प्रकाशन तथा सम्मान कार्यक्रम सम्पन्न

Posted in लुम्बिनी प्रदेश, समाचार
बुटवल– बुटवल उपमहानगरपालिका सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले कक्षा ११ र १२ अन्तरगत त्रैमासिक परीक्षाकाे परीक्षाफल सार्वजनिक गर्दै उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई लाखाै रूपैयाँ बराबर प्रोत्साहनस्वरुप पुरस्कृत गरेको छ । प्रत्येक त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक कार्यक्रममा अक्सफोर्डमा अध्ययनरत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद तथा तीन महिनाको छात्रवृत्तिसहित पुरस्कृत गर्ने गरेको विद्यालयका प्राचार्य दिनेश भुसालले बताए ।कक्षा ११ र १२ परीक्षामा सम्मिलित परीक्षार्थीहरुमध्ये ३ दशमलव ६० जिपिएभन्दा माथि ल्याउने ७ जना विद्यार्थीलाई नगद १० हजार, ३ महिनाको मासिक शुल्कमा शतप्रतिशत छुट र ३ं दशमलव ४४ जिपिए भन्दामाथि ल्याउने २९ जना विद्यार्थीलाई नगद तीन हजार तथा ३ महिनाको मासिक शुल्कमा शतप्रतिशत छुटको साथमा सम्मान तथा पुरस्कृत गर्ने गरेको विद्यालयका प्राचार्य भुसालले बताए।
सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ

सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ

Posted in अपराध, अर्थतंत्र, लुम्बिनी प्रदेश, समाचार
५ फागुन, बुटवल । सहकारीका बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताहरुको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । सहकारीले राई अध्यक्ष तथा संचालक रहेका विभिन्न पाँचवटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण दिएको थियो । ‘अध्यक्ष गुरुङलाई बिहीबार र पाण्डेयलाई शुक्रबार पक्राउ गरी अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ,’ इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले भने । दुर्गा लामो समय बुटवलस्थित केन्द्रीय कार्यालयमै कार्यरत थिइन् । दुवै जनालाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी पण्डितले बताए । यो
हाेराइजन गाैतमबुद्ध माविमा खेल सप्ताह सुरू,४२२ विद्यार्थी प्रतिस्पर्धामा

हाेराइजन गाैतमबुद्ध माविमा खेल सप्ताह सुरू,४२२ विद्यार्थी प्रतिस्पर्धामा

Posted in लुम्बिनी प्रदेश, समाचार
बुटवल । रुपन्देहीको तिलोत्तमा-१ स्थित होराइजन गौतमबुद्ध माविमा शुक्रबारदेखि खेलकुद तथा पुरस्कार वितरण सप्ताह सुरु भएको छ । तिलोत्तमा नगरपालिकाका खेलकुद तथा शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले भलिबल खेलको उद्घाटन गर्दै खेल सप्ताहको शुभारम्भ गरेका छन् । पहिलो दिन आज भलिबल,बास्केटबाल तथा कबड्डी प्रतियोगितामा विद्यार्थीहरूबिच प्रतिस्पर्धा भएकाे छ। बास्केटबलमा एडिल थापाको समूह प्रथम,राेसन पाण्डेको समूह द्वितीय भएकाे बास्केटबल संयाेजक खेमराज रिजालले जानकारी दिए।कपड्डी छात्रतर्फ जगत शाही ढकुरीकाे समूह प्रथम र अस्विन चाैधरीकाे समूह द्वितीय भएका छन्।कपड्डी छात्रातर्फ कृपा मल्ल ठकुरीको समूह प्रथम भएको खेल संयाेजक अरूण कृष्ण घिमिरेले जानकारी दिए। यसैगरी शनिबार कोड वर्क, फुटबल, दुई सय मिटर दौड तथा चित्रकला प्रतियोगिता आयोजना गरिने विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यले जानकारी दिए । विद्यालय
नेपाल प्रहरीका हवल्दार भूपेन्द्र बुटवलमा भेटिए मृत

नेपाल प्रहरीका हवल्दार भूपेन्द्र बुटवलमा भेटिए मृत

Posted in लुम्बिनी प्रदेश, समाचार
बुटवल फागुन ४ नेपाल प्रहरीका हवल्दार भूपेन्द्र ठकुल्ला बुटवल नजिकको जंगलमा मृत भेटिएका छन्। मृतक प्रहरी हवल्दार ठकुल्ला प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत रहेको प्रहरीले बताएको छ। ठकुल्लाकाे शव शिवनगर सामुदायिक वनमा सडी सकेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले बताए। ‘उनी काठमाडौंबाट नेपालगञ्ज फर्किंदै गर्दा बुटवलमा झरेको देखिन्छ’, पण्डितले भने । ठकुल्लाको मानसिक अवस्था ठीक नभएको परिवारका सदस्यले बताएको भएपनि घटनाबारे अनुसन्धान भइरहेको भन्दै कारण खोजी भइरहेको उनको भनाइ छ ।
आफ्नै श्रीमतीको गोली हानी यमबहादुरले गरे हत्या ।

आफ्नै श्रीमतीको गोली हानी यमबहादुरले गरे हत्या ।

Posted in नेपाल, लुम्बिनी प्रदेश
दाङमा एक प्रहरीले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन्। घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनका श्रीमानले गोली हानी हत्या गरेका दाङका प्रमुख जिल्ला अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिए। वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमायालाई बाँकेको नेपालगञ्जमा कार्यरत उनका श्रीमान यमबहादुर झाक्रीले ८:३० बजेतिर गोली हानेर हत्या गरेको प्रजिअ सुवेदीले जानकारी दिए। गाेलि हानी फरार रहेका यमबहादुर झाक्रीलाई प्रहरीले अहिले नियन्त्रणमा लिएको छ।
खेल सप्ताहकाे तेस्रो दिन अक्सफोर्डमा विभिन्न खेलहरू सम्पन्न  ।

खेल सप्ताहकाे तेस्रो दिन अक्सफोर्डमा विभिन्न खेलहरू सम्पन्न ।

Posted in खेलकुद, लुम्बिनी प्रदेश, समाचार
बुटवल २७,“स्वास्थ्यका लागि खेलकुद” भन्ने नारा सहित अक्सफोर्ड मा.विद्वारा सञ्चालन भएको खेल सप्ताहको तेस्रो दिन विभिन्न खेलकुदमा विद्यार्थीहरूविच प्रतिस्पर्धा भएको छ । जसअन्तर्गत टेवलटेनिस छात्रतर्फ सिभम कसौधन प्रथम, आभुुसन थापा दोस्रो र निरज भुसाल तेस्रो भएका छन । टेवलटेनिस छात्रातर्फ नितिसा खरेल प्रथम, दिव्या शाह ठकुरी दोस्रो र रिया अधिकारी तेस्रो स्थानमा आउन सफल भएकी छन । यसैगरी Badminton छात्र तर्फ वसन्त पौडेल प्रथम, अभिषेक मगर द्धितिय र विश्व बलाल तृतिय भएका छन् । Badminton छात्रातर्फ आस्था रिजाल प्रथम, फिवि राना द्धितीय र एलिना दर्लामी तृतीय भएका छन् ।खेलकुद महोत्सवलाई सफल पार्न विभिन्न विधामा संयोजकहरु तोकिएको थियोे । जसमा सटपुट संयोजकमा इश्वरी प्रसाद खनाल १०० मिटर दौड संयोजकमा सुमित शर्मा भलिवल संयोजकमा विष्णु खनालHigh jump/ Long Jumb मा गोपाल खरेल,व्याडमिन्टनमा गाेकर्ण खरेल