
भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित
भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित भएकी छन्। भारतीय जनता पार्टी भाजपामा आबद्ध रहेकी उनी विहिवार राष्ट्रपतिमा विजयी भएकी हुन् । विजयसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने प्रथम आदिवासी नेतृ बनेकी छन्। यही १८ जुनमा राष्ट्रपति निर्वाचन भएको थियो। सत्तारुढ एनडीएको तर्फबाट उम्मेद्वार बनेकी मुर्मुलाई ४४ राजनीतिक दलहरूले समर्थन जनाएका थिए। विपक्षीका तर्फबाट उम्मेदवार बनेका यशवन्त सिन्हालाई ३४ दलको समर्थन थियो।
६४ वर्षीया मुर्मु पूर्वशिक्षिका हुन्। उनी झारखण्डकी पूर्वराज्यपालसमेत हुन्। भारतमा राष्ट्रपति चयन प्रक्रियामा संघीय संसद्का दुवै सदन र राज्य तथा केन्द्र प्रशासित क्षेत्रमा व्यवस्थापिका संसद्का सदस्यले मतदान गर्छन्। सन् १९५८ को जुन २० मा मयुरभञ्ज जिल्लाको बैदापोसी गाउँमा सन्थाल आदिवासी समुदायमा उनको जन्म भएको हो। मर्मुले उडिसाको राजधानी भुवनेश्वरस्थित रमादेवी महिला कलेजमा अध्ययन गरि