Web Design In Nepal

समाचार

नवजिवन क्लवद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न ।।

नवजिवन क्लवद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न ।।

Posted in समाचार
श्रावण ,५ , तिलोत्तमा । नवजिवन क्लब तिलोत्तमा ६ द्वारा आयोजित बृहत रक्तदान कार्यक्रम मा ६० पोइन्ट रगत संकलन भएको छ । शनिवार क्लबकै सचिवालय मा भएको कार्यक्रमको क्लब का अध्यक्ष केशव भुसाल एवम प्रमुख अतिथि तिलोत्तमा नगर पालिका कार्यपालिका सदस्य नर बहादुर छन्तेल ले रक्तदान गरि उदघाटन गर्नु भएको थियो । उदघाटन पश्चात प्रमुख अतिथि छन्त्याल ले क्लबले सामाजिक क्षेत्र मा योगदान पुर्याउदै आएको मा प्रशम्शा गर्नु भयो । अध्यक्ष भुषालले रक्तदान जिवन दान भएको ले यस्तो पुण्य कार्यमा सरिक हुने सबैलाइ धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रममा गोबिन्द प्रसाद रिजाल ,सल्लाहकार दिपक पाठक शयाम नेउपाने ,बरिस्ठ उपाध्यक्ष एवम् कार्यक्रम संयोजक प्रकाश नेउपाने उपाध्यक्ष सागर पाठक ज्काेषाधयक्ष बाबुराम बेलबासे सचिब गोविन्द पान्डे लेखा संयोजक कुस्माखर रिजाल सदस्य बिनोद बश्याल ज्काशिराम बेल्बासे समीर रिजाल प्र
बिद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने अक्सफोर्ड: सम्पन्न गर्यो SEE खुल्ला नृत्य प्रतियोगिता।

बिद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने अक्सफोर्ड: सम्पन्न गर्यो SEE खुल्ला नृत्य प्रतियोगिता।

Posted in समाचार
बुटवल १८,रूपन्देही ,अक्सफोर्ड मा.वि SEE खुल्ला डान्स प्रतियाेगिता २०८१ सम्पन्न भएकाे छ।विभिन्न जिल्लाबाट SEE दिएर बसेका विद्यार्थीहरूबिच भएको प्रतियाेगितामा ३३ समूहको सहभागीता रहेकाे थियाे।नृत्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष लाेकेन्द् शाहकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका अध्यक्ष दुर्गादत्त भण्डारी ,क्याम्पस प्रमुख मनाेज मरासिनी ,क्याम्पस अध्यक्ष अजित खनाल,प्राध्यापक सुमन भुसाल ,सहायक प्राचार्य माेहन क्षेत्री ,बालकृष्ण पाेखरेल ,बुद्धदिप मा.विका प्राचार्य लेखनाथ गैरे,दिवाकर रेग्मी,कार्यक्रम संयाेजक सुन्दर गुरूङ लगायतको आतिथ्यता रहेको थियोे । नृत्य प्रतियाेगितामा विद्यार्थीहरूले नेपाली माैलिकता झल्काउने खालका गीतहरूमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा भर्चुअल माध्यमबाट मन्तव्य राख्दै प्राचार्य दिनेश भुसालले अक्सफोर्ड मा. वि विगतदेखि नै विद्यार्थीहरूकाे क्ष
बढ्यो टियागो इभिको मूल्य

बढ्यो टियागो इभिको मूल्य

Posted in समाचार
बुटवल । नेपालका लागि टाटा मोटर्सको अधिकारीक वितरक सिप्रदी ट्रेडिङ्गले टियागो ईभीको मूल्य बढाएको छ । कम्पनीले नेपालमा बिक्री सुरु भएको ७ महिनापछि टियागो ईभीको मूल्य बढाएको हो । नाडा अटो शो २०२३ मा नेपाल आएको टियागो ईभी २१ लाख ९९ हजारदेखि २७ लाख ९९ हजार इन्टोडक्टरी प्राइस तोकेर बिक्री सुरु भएकोमा अब सबै भेरियन्टमा १ लाख रुपैयाँ मूल्य बढेको हो । विगत ७ महिनामा १ हजार ५०० भन्दा बढी सन्तुष्ट ग्राहक रहेको र सुरुवाती मूल्य अफर सकिएसँगै सबै भेरियन्टमा मूल्य बढाइएको हो’, कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । कम्पनीका अनुसार २०२४ अप्रिलको ५ तारिकदेखि टियागो ईभीमा बढेको मूल्य लागू भएको छ । २४ किलोवाट आवरसम्मको ब्याट्री प्याक र ५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको टियागो एक पारिवारीक ह्याचव्याक कार हो । मासिक किस्तामा कस्तो पर्ला असर ? अहिले बैंक तथा वित्तिय संस्थाले १० प्रतिशतभन्दा कम ब

त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु

Posted in दुर्घटना
त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु भएको छ। ठुलो बुवा को पशुपतिमा दाहासंकार गरेर गोरखा फर्कने क्रममा मुग्लिन नजिकैबाट कार त्रिशुलीमा खस्न पुगेको जनाईएको छ ।

सहज सहकारि बुटवलमा महिलाको भि आइ ए परिक्षण तथा निशुल्क स्वास्थ शिविर सम्पन्न ।।

Posted in समाचार, स्वास्थ्य
चैत १० , बुटवल । सहज बचत तथा ऋण सहकारि सस्था लि रुपन्देहि ले पाठेघर स्क्रिनिङ VIA चेकजाच तथा निशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न गरेको छ । बुटवल ७ शिवनगर स्थित सस्था को केन्द्रीय कार्यलय मा महिला सदस्य हरु लाइ लक्षित गरि पाठेघर को परिक्षण कार्यक्रम गरेको हो । नेपाल परिवार नियोजन सङ्घ रुपन्देहि तथा लायन्स क्लव अफ बुटवल चौतारि को प्राविधिक सहयोग मा सस्था का करिब दुइ सय महिला सदस्य को स्वास्थ परिक्षण गरि निशुल्क औषधि समेत वितरण गरिएको सस्था का अध्यक्ष ॐ प्रकाश अर्याल ले जानकारी दिनुभयो । परिक्षण मा ५ जना मा मात्र भि आइ ए पोजेटिभ देखिएको एफ पान रुपन्देहिका स्वस्थ्य कर्मि विष्णु माया गुरुङ ले जानकारी दिनुभयो ।सस्थापक अध्यक्ष दिलिप रिजाल को प्रमुख अतिथ्यमा भएको कर्यक्रम मा लायन्स कल्व अफ बुटवल चौतारि का अध्यक्ष राम्जि नेपाल कर्यक्रम संयोजक विष्णुमाया भन्डारि सचिव पार्वती न्यौपाने लगाएत ले
अक्सफोर्डले गर्यो विदाई, शुभकामना तथा सम्मान कार्यक्रम ।

अक्सफोर्डले गर्यो विदाई, शुभकामना तथा सम्मान कार्यक्रम ।

Posted in लुम्बिनी प्रदेश, समाचार
पार्वती न्यौपाने, चैत्र ३, बुटवल । अक्सफोर्ड माध्यमिक विद्यालय बुटवलले कक्षा १२ का विद्यार्थीहरूका लागि विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठको प्रमुख आथित्य र  कक्षा ११ का छात्र साहित्य ज्ञवालीको अध्यक्षता रहेको थियो। प्रमुख अतिथि श्रेष्ठले अक्सफोर्ड मावि राष्ट्रमै उत्कृष्ट रहेको र अझै थप प्रगतिको शुभकामना समेत व्यक्त गर्नुभयो। कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय प्रमुख रमाकान्त तिवारी शाखा प्रमुख बाबुराम भण्डारी अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली संस्थापक प्राचार्य यज्ञमूर्ति पाण्डे अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल क्याम्पस प्रमुख मनोज मरासिनी लगायतले बोल्नुहुँदै कक्षा १२ मा सम्मिलित हुन लागेका विद्यार्थीहरूलाई समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्नुभएको थियो। क
सत्ता गठबन्धनको बैठक बस्दै <br><h3>बिहान आठ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धन दलका शीर्ष नेताहरुको सहभागिता रहने </h3

सत्ता गठबन्धनको बैठक बस्दै

बिहान आठ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धन दलका शीर्ष नेताहरुको सहभागिता रहने

Posted in राजनीति, समाचार
२१ फागुन, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । बिहान आठ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धन दलका शीर्ष नेताहरुको सहभागिता रहने छ । सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । यद्यपि बैठकमा मन्त्री हेरफेर, राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड अहिलेका मन्त्रीहरुको कार्यसम्पादनमा असन्तुष्ट रहेकाले मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने पक्षमा छन् । यस विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सकारात्मक देखिएको सत्ता गठबन्धन स्रोतले जनाएको छ । परराष्ट्र मन्त्री एनपी साउदको अन्तिम समयमा रद्द भएको फिनल्याण्ड भ्रमण र कांग्रेस सभापति शे
मदन भण्डारी स्पोर्ट्स एकेडेमी,महिला हक्की प्रतियोगितामा विजयी

मदन भण्डारी स्पोर्ट्स एकेडेमी,महिला हक्की प्रतियोगितामा विजयी

Posted in खेलकुद, समाचार
बुटवल।खेल आयाेजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जनकपुरमा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा मङ्गलबार जित निकालेको छ । एकेडेमीले मधेश प्रदेशलाई ३–१ गोलले हरायो । विजयी टिमका लागि ‘प्लेयर अफ दि म्याच’ मधु राईले दुई तथा शोभा शर्माले एक गोल गर्नुभयो । मधेशकी शुभमले एक गोल गर्नुभयो । प्रतियोगिताको अन्य खेलमा सुदूरपश्चिम प्रदेश र नेपाल आर्मीले जित निकाले । सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ३–० गोलले हरायो । सुदूरपश्चिमका लागि ‘प्लेयर अफ दि म्याच’ सन्जनाकुमारी भारतीले दई तथा नमिता एसकेले एक गोल गर्नुभयो । आर्मीले कोशी प्रदेशमाथि ६–० गोलको जित निकाल्यो । आर्मीको जितमा दम्मरा भट्ट, सरस्वती तामाङ, सीतामाया बालाक्लाभा, कमला चन्द, ममता भट्ट र सीमा खड्काले गोल गर्नुभयो । दम्मरा भट्ट ‘प्लेयर अफ दि म्याच’ हुनुभयो । फागुन १९ गतेसम्म चल्ने प्रतियोगितामा कर्णालीबाहे
सिद्धार्थ क्याम्पसमा एक दिने जनसंख्या शिक्षासम्बन्धि  Seminar  सम्पन्न

सिद्धार्थ क्याम्पसमा एक दिने जनसंख्या शिक्षासम्बन्धि Seminar सम्पन्न

Posted in समाचार
बुटवल,सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा बि.एड चौथो वर्ष अंग्रेजी समुहका विधार्थीहरुको आयोजनामा जनसंख्या शिक्षामा परियोजना कार्य विषयको आंशिक पाठ्यभार पुरा गर्नका लागि एक दिने Seminar सम्पन्न भएको छ । विद्यार्थी अनुस्का घर्ति मगरको अध्यक्षता र शिक्षक कृष्ण प्रसाद सापकोटाको संयोजनमा कार्यक्रम सम्पन्न भएको हाे।जनसंख्या र नेपाली विषयका विद्यार्थीहरुका साथै बी.एड तेस्रो वर्षका विद्यार्थीहरुको समेत उपस्थिती रहेको कार्यक्रममा जनसांख्यिक मुनाफा,नेपालमा सामाजिक सुरक्षा,अव्यवस्थित सहरीकरण र यसका परिणामहरु,नेपालमा ज्येष्ठ नागरिकको अवस्था,नेपालमा खाद्य सुरक्षाको अवस्था, दीगो बिकासका लक्ष्य,Eco san toilet र flush toilet को तुलनात्मक अध्ययन,रजश्वला स्वास्थ्य, नेपालमा यसको अभ्यास र परिणाम,किशोरावस्था र मानसिक स्वास्थ्य ,नेपालमा मातृशिशु स्वास्थ्यको अवस्था र नेपालमा गर्भपतनसम्बन्धी अभ्यास र परिणामहर
देवदह नगरपालिकामा कांग्रेस र राप्रपाका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप

देवदह नगरपालिकामा कांग्रेस र राप्रपाका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप

Posted in लुम्बिनी प्रदेश, समाचार
बुटवल, देवदह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउन पुगेका कांग्रेस र राप्रपाका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएको छ ।कार्यकक्षमा ताला लगाउन प्रयास गर्ने र त्यसलाई रोक्ने सुरक्षाकर्मीबीच घम्साघम्सी भएको हो । कांग्रेस र राप्रपाका जनप्रतिनिधि सहित नगरपालिका पुगेका कार्यकर्ताहरुले नेपाल प्रहरीले बोकेको टियर ग्याँसको हतियार खोस्ने प्रयास गरेपछि थप तनाव बढेको छ । अहिलेपनि धकेलाधकेल भइरहेको छ । प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउने प्रयास जारी छ भने सरक्षाकर्मीले छेक्ने प्रयास गरिरहेका छन् ।