Web Design In Nepal

दुर्घटना

त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु

Posted in दुर्घटना
त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु भएको छ। ठुलो बुवा को पशुपतिमा दाहासंकार गरेर गोरखा फर्कने क्रममा मुग्लिन नजिकैबाट कार त्रिशुलीमा खस्न पुगेको जनाईएको छ ।
तनहुँमा जन्ती बोकेको गाडी दुर्घटना <br><h3>२ जनाको मृत्यु, १६ घाइते </h3

तनहुँमा जन्ती बोकेको गाडी दुर्घटना

२ जनाको मृत्यु, १६ घाइते

Posted in दुर्घटना, समाचार
७ फागुन, दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी-हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्य हुने दुवै जनाको खनाखत नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । अनियन्त्रित भई जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।