Web Design In Nepal

स्वास्थ्य

रास्वपा द्वारा मर्चवार मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ।

Posted in स्वास्थ्य
चैत १७, रुपन्देहि । राष्ट्रीय स्वतन्त्र पार्टी अभियान तथा प्रचारप्रसार विभाग ,स्वास्थ्य तथा जनसङ्ख्या विभाग लुम्बिनी प्रदेश ,साथै रास्वपा रुपन्देही जिल्लाको संयुक्त आयोजनामा रूपन्देही जिल्लाको कोटियामाई गाउँपालिका वडा नम्बर ६ मा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।| आम जनतामा स्वास्थ्यको पहुँच नारा लिएर सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा करिब ७०० बढी स्थानियले स्वास्थ्य परीक्षण गराएको आयोजकले बताएको छ। रास्वपा जिल्ला सभापति डा. बुद्धिप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अभियान तथा प्रचारप्रसार विभाग प्रमुख महेन्द्रप्रसाद उपाध्यायले गर्नुभएको थियो।| शिविरको उद्घाटन सत्रमा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख डाक्टर योगेन्द्र अग्रहरीले स्थानीय स्तरमा स्वास्थ्यको पहुँच पुर्याउनुपर्नेमा जोड दिनुभयो । कोटिमाइ मा  अवस्थित मर्चवारी मन्दिरको ह

विष्णुपुर टोल विकास सस्थाद्द्वारा योगा कार्यक्रम सम्पन्न ।।

Posted in स्वास्थ्य
  पार्वती न्यौपाने।चैत १६, तिलोत्तमा । विष्णुपुर टोल विकास सस्था तिलोत्तमा -४ रुपन्देहिले २ दिने योग कार्यक्रम  सम्पन्न गरेको छ । शुक्रवार कार्यक्रम को समापन गर्दै प्रमुख अतिथि तिलोत्तमा -४ का वडा अध्यक्ष हरि वहादुर क्षेत्री ले योग शिविर ले मानिस को शारिरिक र मानसिक स्फुर्ति बढाउने हुदा अत्यन्तै समय सान्दर्भिक कार्यक्रम को आयोजना गरेको उल्लेख गर्नु भयो । तारा प्रसाद बेल्बासे को अध्यक्षता मा सामुदायिक बहुउदेश्यि भवन मा भएको योगा कार्यक्रममा  वाड न ४ का अध्यक्ष हरि बहादुर क्षेत्री सहित , वडा सदस्य हरि माया नेपालि पुर्व जनप्रतिनिधि मन्जु थापा , वडा कार्यलय का सचिव काशिराम ज्ञवाली लगायत १०० जना बढि स्थानिय बासिन्दा को सहभागिता रहेको टोल विकास समिति का सचिव तथा कार्यक्रम संयोजक विष्णुमाया भन्डारिले जानकारी दिनुभयो । यस क्षेत्र का टोल विकास सस्था हरु मा योग प्रशिक्षण कार्यक्रम

सहज सहकारि बुटवलमा महिलाको भि आइ ए परिक्षण तथा निशुल्क स्वास्थ शिविर सम्पन्न ।।

Posted in समाचार, स्वास्थ्य
चैत १० , बुटवल । सहज बचत तथा ऋण सहकारि सस्था लि रुपन्देहि ले पाठेघर स्क्रिनिङ VIA चेकजाच तथा निशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न गरेको छ । बुटवल ७ शिवनगर स्थित सस्था को केन्द्रीय कार्यलय मा महिला सदस्य हरु लाइ लक्षित गरि पाठेघर को परिक्षण कार्यक्रम गरेको हो । नेपाल परिवार नियोजन सङ्घ रुपन्देहि तथा लायन्स क्लव अफ बुटवल चौतारि को प्राविधिक सहयोग मा सस्था का करिब दुइ सय महिला सदस्य को स्वास्थ परिक्षण गरि निशुल्क औषधि समेत वितरण गरिएको सस्था का अध्यक्ष ॐ प्रकाश अर्याल ले जानकारी दिनुभयो । परिक्षण मा ५ जना मा मात्र भि आइ ए पोजेटिभ देखिएको एफ पान रुपन्देहिका स्वस्थ्य कर्मि विष्णु माया गुरुङ ले जानकारी दिनुभयो ।सस्थापक अध्यक्ष दिलिप रिजाल को प्रमुख अतिथ्यमा भएको कर्यक्रम मा लायन्स कल्व अफ बुटवल चौतारि का अध्यक्ष राम्जि नेपाल कर्यक्रम संयोजक विष्णुमाया भन्डारि सचिव पार्वती न्यौपाने लगाएत ले
लुम्बिनी प्रादेशिक अस्पतालमा आजबाट टिकट र बेडमा शुल्क नलाग्ने

लुम्बिनी प्रादेशिक अस्पतालमा आजबाट टिकट र बेडमा शुल्क नलाग्ने

Posted in लुम्बिनी प्रदेश, समाचार, स्वास्थ्य
बुटवल- बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा आजबाट टिकट र बेडमा शुल्क नलाग्ने भएको छ । लुम्बिनी प्रदेश सरकारले बजेट मार्फत बुटवलको लुम्बिनी प्रादेशिक र दाङको राप्ती प्रादेशिक अस्पतालमा टिकट र बेड निशुल्क गर्ने घोषणा गरेको थियो । जस अनुसार दुबै अस्पतालमा ओपिडी, इमर्जेन्सी र जनरल बेडको सेवा आजबाट निशुल्क भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालमा आज निशुल्क सेवाको सुरुवात गर्दै मुख्यमन्त्री कुलप्रसाद केशीले अस्पतालहरुको सेवा र संरचना बढाउँदै लैजाने बताए । उनले दुबै प्रादेशिक अस्पताललाई मिलाएर मेडिकल कलेज बनाउने बताए । प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले प्रादेशिक अस्पतालालाई विशेषज्ञ अस्पतालको रुपमा विकास गर्नुपर्ने बताए ।
बजेटमा आजदेखि मन्त्रालयगत छलफल सुरु हुँदै

बजेटमा आजदेखि मन्त्रालयगत छलफल सुरु हुँदै

Posted in अर्थतंत्र, स्वास्थ्य
आर्थिक वर्ष २०७९,८० को बजेटमा आजदेखि मन्त्रालयगत छलफल सुरु हुँदै छ । बजेटमा सैद्धान्तिक छलफल सकिएपछि आजबाट मन्त्रालयगत छलफल सुरु हुन लागेको हो । मन्त्रालयगत शीर्षकमा छलफलका लागि आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट संघीय संसदमा पेश गरेका थिए । उक्त बजेटमाथि जेठ १७ गतेदेखि सैद्धान्तिक छलफल सुरु भएको थियो ।
१९ वर्षमुनिको महिला टी–२० मा नेपाल यूएईसँग १० विकेटले पराजित

१९ वर्षमुनिको महिला टी–२० मा नेपाल यूएईसँग १० विकेटले पराजित

Posted in खेलकुद, स्वास्थ्य
काठमाडौँ १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोटको दोस्रो खेलमा नेपाल यूएईसँग १० विकेटले पराजित भएको छ । जितका लागि ९ रनको लक्ष्य पाएको यूएईले एक ओभर १ बलमा भेट्टायो । यूएईकी थीर्थ सतिश ४ बलमा ४ रन र लवन्य केनी ४ बलमा ३ रनमा अविजित रहिन्। अनु कडायतले पहिलो ओभरको पाँचौँ बल नो बल फ्यालेकी थिइन् । त्यसअघि मलेसियाको यूकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ८ ओभर १ बलमा ८ रनमा अलआउट भएको थियो । नेपालकी स्नेहा महराले १० बलमा सर्वाधिक तीन रन बनाइन् । ओपनर मनिषा रानाले २, किरण कुमारी कुँवर, अनु कडायत र अश्मा पुलामी मगर १र१ रनमा आउट भए । नेपालका ६ खेलाडीले खाता नै खोल्न सकेनन् । यूएईकी महिका गौरले ५, इन्धुजा नन्दका कुमारले ३ र सिमराले १ विकेट लिइन् । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । यूएईले भुटानलाई १ सय ६० रनले पराजित गरेको थियो । ६ टोली सहभागी छनो
दरबार हत्याकाण्डको २१ वर्ष पुरा

दरबार हत्याकाण्डको २१ वर्ष पुरा

Posted in समाचार, स्वास्थ्य
काठमाडौँ - दरबार हत्याकाण्ड भएको २१ वर्ष पुगेको छ । २०५८ साल जेठ १९ गते राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै विनाश हुनेगरी राजपरिवारका सदस्य र आफन्तको एकै ठाउँमा हत्या भएको थियो । हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतिसहित १० जनाको ज्यान गएको थियो । हत्याकाण्ड अहिले पनि रहस्यमै छ । नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्यसँगै गणतन्त्र स्थापनाको घोषणा भएको थियो ।
तिलोत्तमाको कार्यपालिका निर्वाचनमा एमालेका उम्मेद्वार विजयी

तिलोत्तमाको कार्यपालिका निर्वाचनमा एमालेका उम्मेद्वार विजयी

Posted in समाचार, स्वास्थ्य
तिलोत्तमा-तिलोत्तमा नगरपालिकाको कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन्। बुधबार भएको निर्वाचनमा आठै जना सदस्य एमालेबाट विजयी छन्। निर्वाचनबाट कार्यपालिका सदस्यको महिला तर्फ तारा सुनार, राधा शाही, देवकी थारु र सावित्रा आचार्य विजयी भएका छन्। दलित तथा अल्पसंख्यकबाट सुरेन्द्र श्री, रवि सेन्चुरी, नरबहादुर छन्तेल तथा अन्यबाट लक्ष्मण घिमिरे निर्वाचित भएका हुन्। यो सँगै एमाले तिलोत्तमाको कार्यपालिकामा बहुमतमा रहेको छ। तिलोत्तमा नगरपालिकाका १७ वटा वडामध्ये ८ वटाका वडाध्यक्षमा एमाले विजय भएकोथियो। काँग्रेसले ९ वटा वडाध्यक्ष जितेको थियो। कुल ८७ पदमध्ये एमाले ४५ पदमा विजयी भएको थियो।
बाढीका कारण युरोपेली मुलुकमा मृत्यु हुनेको संख्या १७० पुग्यो

बाढीका कारण युरोपेली मुलुकमा मृत्यु हुनेको संख्या १७० पुग्यो

Posted in अर्थतंत्र, ऋणपत्र, बैंक, ब्यानर, समाचार, सुचना, स्वास्थ्य
एजेन्सी । पश्चिम युरोपमा भारी वर्षासँगै आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या १७० पुगेको छ । ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । बाढीका कारण सबैभन्दा धेरै जर्मनी र बेल्जियममा असर परेको छ । ज्यान गुमाउने १७० जनामध्ये १४३ जना जर्मनीका नागरिक रहेका खबरमा उल्लेख छ । बाढीका कयौँ नागरिक हराइरहेका छन् । उनीहरुको उद्धारकर्ताहरूले खोजी गरिरहेका छन् । जर्मन चान्सलर एन्जेला मर्केलले आज बाढी प्रभावित क्षेत्रको अवलोकन र निरीक्षण गर्ने बीबीसीले जनाएको छ । बेल्जियममा सेनाले राहत र उद्धारको काम गरिरहेको छ । बेल्जियममा आउँदो ६ गते राष्ट्रिय शोकको घोषणा गरिएको छ । भारी वर्षासँगै आएको बाढीका कारण जर्मनी र बेल्जियमसँगै नेदरल्याण्ड्स, लग्जम्बर्गसहितका देश पनि प्रभावित भएका छन् । युरोपका नेताहरुले जलवायु परिवर्तनका कारण यस्तो विपद् आएको बताएका छन् । विज्ञले जलवायु परिवर्तनकै कारण ठू
एनआरएनएको १०औँ साधारणसभा कात्तिकमा हुने

एनआरएनएको १०औँ साधारणसभा कात्तिकमा हुने

Posted in अंग्रेजी, आइपियो, खेलकुद, गण्डकी प्रदेश, बोनस, ब्यानर, विदेश, समाचार, साधारण सभा, सुचना, स्वास्थ्य
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १०औँ एनआरएन ग्लोबल सम्मेलन र १०औँ साधारणसभा आगामी कात्तिकमा हुने भएको छ । शनिबार सम्पन्न ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले अक्टोबर २३–२५ ९२०७८ कात्तिक ६–८० मा सङ्घको साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ । त्यसका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ । अध्यक्ष पन्तका अनुसार बैठकले आगामी निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय गर्दै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्कसमेत शून्य कायम गरिएको छ । यसअघि निर्वाचनमा भाग लिने प्रतिनिधिले सङ्घले तोकेको शुल्क तिर्नुपर्ने प्रावधान थियो । यस्तै बैठकले निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिएबमोजिमकै कायम गर्ने निर्णय गरेको पन्तले बताउनुभयो । बैठकले गैरआवासीय नेपाली सङ्घको निर्वाचनसम्बन्धी नियमावली, एनआरएन फाउण्डेशन, आर्थिक नियमावलीलगायतका विभिन्न १९ न