Web Design In Nepal

समाचार

युवा संघ नेपाल लुम्बनी प्रदेशद्वारा जिम्मेवारी प्रदान,प्रचार विभाग प्रमुखमा कृष्ण प्रसाद पाण्डे।

युवा संघ नेपाल लुम्बनी प्रदेशद्वारा जिम्मेवारी प्रदान,प्रचार विभाग प्रमुखमा कृष्ण प्रसाद पाण्डे।

Posted in राजनीति, लुम्बिनी प्रदेश, समाचार
बुटवल ,राष्ट्रिय युवा संघ नेपाल लुम्विनी प्रदेश कमिटिको प्रथम पूर्ण बैठक राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटिका अध्यक्ष सुरज खरेलको अध्यक्षता , नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा युवा संघका केन्द्रिय ईन्चार्ज महेश वस्नेतको प्रमुख आतिथ्यतामा पुष्पलाल स्मृती भवन बुटवलमा सम्पन्न भएको छ। बैठकले विभिन्न प्रस्तावहरुमाथि रिर्पोटिङ ,कार्यालय स्थापना तथा सञ्चालन , सरकुलर अध्ययन, आर्थिक प्रतिवेदन, खाता सञ्चालन ,मातहतका कमिटिको बैठक तथा अधिवेशन, सदस्य मनोनयन तथा विदाई ,कार्यविभाजन ,सातै प्रदेश सातै दिन भेला सम्बन्धमा छलफल भएको थियाे। संघका केन्द्रिय उपाध्यक्ष रमेश तिवारी, महासचिव सुमन पुरी, पार्टी लुम्विनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य, संघका केन्द्रिय सचिव खेमराज शर्मा संघका लुम्विनी प्रदेश ईन्चार्ज केशव रोका, युवा इन्चार्ज तुलबहादुर अधिकारी, सह इन्चार्जहरू जिवन अधिकारी, पृतम पौडेल, स्थ
देवदहमा मेयरकप वडास्तरीय रनिङ्शिल्ड फुटवल प्रतियोगिता सुरू

देवदहमा मेयरकप वडास्तरीय रनिङ्शिल्ड फुटवल प्रतियोगिता सुरू

Posted in विचार, समाचार
बुटवल,देवदहमा तेश्रो मेयर रनिङ्ग कप वडास्तरीय फुटवल प्रतियोगिता सुरू भएको छ । प्रतियोगिताको एक कार्यक्रमका वीच देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख खरेलले हरेक खेललाई प्रवद्र्धन गर्नको लागि आगामी दिन खेल महोत्सवको रुपमा अगाडि बढाउने गरी योजना बढाउने बताउनु भयो । उहाले स्वास्थ्यको लागि खेलकुद आवश्यक रहेको बताउदै हरेक मानिस खेल खेल्न आवश्यक रहेकोमा जोड दिनु भयो । नगर प्रमुख खरेलले नगरको विकासमा खेलकुदको माध्यमबाट युवाहरुलाई जोड्ने गरी नगरपालिका लागिरहेको बताउनु भयो। उहाले देवदह नगरपालिकाले खेलाडी उत्पादन संगै संरक्षणलाई पनि ध्यान दिने बताउनु भयो । उहाले विद्यालय स्तरबाट नै खेलाडी उत्पादन गर्न सकिनेमा जोड दिदै उत्पादीत खेलाडीको उचित संरक्षण गर्न नगरपालिका तयार रहेको बताउनु भयो
सिद्धार्थ क्याम्पसका विद्यार्थीहरुद्वारा प्रतिभा पलायन,बुढ्यौली र किशोरावस्थाको प्रजनन स्वास्थ्य सम्बन्धि कार्यपत्र प्रस्तुत

सिद्धार्थ क्याम्पसका विद्यार्थीहरुद्वारा प्रतिभा पलायन,बुढ्यौली र किशोरावस्थाको प्रजनन स्वास्थ्य सम्बन्धि कार्यपत्र प्रस्तुत

Posted in समाचार
बुटवल,सिद्धार्थ क्याम्पस चौथो वर्षमा अध्ययनरत नेपाली र जनसंख्याका विद्यार्थीहरुले कार्यपत्र प्रस्तुत गरेका छन् ।वर्तमान नेपालको परिवेशसँग मेल खाने स्वास्थ्य विमा, प्रतिभा पलायन, बुढ्यौली, किशोरावस्थाको प्रजनन स्वास्थ्य तथा प्रजनन सम्बन्धी विषयसगं सम्बन्धित विषयमा आधारित रहेका कार्यपत्रहरू विद्यार्थीले समूह बनाएर प्रस्तुत गरेका थिए। दिक्षा अर्यालको अध्यक्ष्यता तथा क्याम्पस प्रमुख विष्णु प्रसाद रानाको प्रमुख आतिथ्यता,क्याम्पसका सहायक प्राचार्य कृष्ण प्रसाद खनाल, विभागीय प्रमुखहरू कृष्ण प्रसाद आचार्य,बुद्धिराम भट्टराई, रिता रेग्मी,कृष्ण प्रसाद सापकोटा तथा नेपाली,अङ्ग्रेजी तथा जनसंख्या विषयका विद्यार्थीहरुको उपस्थिति रहेको थियोे । कार्यक्रममा विभाजित ०५ ओटा समूहले आ - आफ्ना विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रको प्रस्तुत टोलिनेताहरुमा क्रमश : तुलसा फुल्लेल, रचना ग
स्काउट लुम्बिनी प्रदेश आयुक्क्तमा दिननाथ भट्टराई

स्काउट लुम्बिनी प्रदेश आयुक्क्तमा दिननाथ भट्टराई

Posted in समाचार
रूपन्देही । नेपाल स्काउट लुम्बिनी प्रदेश आयुक्क्तमा दिननाथ भट्टराई चयन भएका छन् । लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री तथा प्रदेश स्काउट प्रमुख सिके गुप्ताले उनलाई चयन गरेका हुन् । बिगत पाँच वर्षदेखि लुम्बिनी प्रदेश स्काउटको प्रमुखको रुपमा काम गदै आएका भट्टराई दोस्रो कार्यकालको लागि चयन भएका हुन् । भट्टराईले ५ वर्षसम्म गरेको कामको उच्च मूल्याङ्कनका आधारमा पुनः दोस्रो कार्यकालको लागि चयन गरिएको लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री सिके गुप्ताले बताए । बिगत १२ बर्षदेखि स्काउटको निर्वाचन हुन सकिरहेको थिएन । बिभिन्न कालखण्डमा तदर्थ समिति बन्ने तर निर्वाचन नगराउने परिस्थितिलाई निकास दिँदै लोक बहादुर भन्डारीको नेतृत्वमा तिनै तहको निर्वाचन सम्पन्न भएको थियो । लुम्बिनी प्रदेशका ४६ पालिकामा निर्वाचको सम्पूर्ण योग्यता पूरा गरी निर्वाचन सम्पन्न भएका छन् बाँकी रहेका पालिकामा योग्यता पूरा गरी छ म
होराइजन गाैतमबुद्धमा खाना महोत्सव,रक्तदान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

होराइजन गाैतमबुद्धमा खाना महोत्सव,रक्तदान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

Posted in समाचार
बुटवल ,होराइजन गौतम बुद्ध मा.वि तिलोत्तमामा खेल सप्ताहको अन्तिम दिन आज खाना महोत्सव पुरस्कार वितरण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष फर्सुराम गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा न्यु होराइजन कलेज व्यवस्थापन समितिका अध्यक्ष निर्मल प्रसाद लाकौल, प्राचार्य गोपालप्रसाद आचार्य, सहायक क्याम्पस प्रमुख इन्द्र प्रसाद भुसाल, उपप्राचार्य ज्ञानेश्वर ज्ञवाली, विज्ञान संकाय प्रमुख प्रदीप अर्याल, प्राध्यापक डा.नारायण प्रसाद पन्थ, रुद्र भुसाल, विभिन्न विषयका विभागीय प्रमुख, शिक्षक तथा कर्मचारीहरु लगायतको आतिथ्यता रहेको थियो । होराइजन गौतम बुद्ध मा.वि.का अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजू श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा होटल व्यवस्थापन विषय अध्ययन गर्ने विद्यार्थीहरुद्वारा आफूले विद्यालयमा सिकेका विभिन्न सीपहरु प्रदर्शन गर्न र विद्यार
प्रजातन्त्र दिवसको समारोहमा प्रवेश नदिइएपछि पत्रकारले गरे क्यामेरा डाउन

प्रजातन्त्र दिवसको समारोहमा प्रवेश नदिइएपछि पत्रकारले गरे क्यामेरा डाउन

Posted in समाचार
७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश दिइएको छैन । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिइएपछि फोटो पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका छन् । सूचना तथा प्रसारण विभागको कार्डलेसमेत प्रवेश नदिएपछि पत्रकारहरूले सांकेतिक विरोध गरेका हुन् । समारोहको निमन्त्रणपत्र भए मात्रै प्रवेश दिने भन्दै पत्रकारहरूलाई आयोजकले फर्काइदिएको छ ।
तनहुँमा जन्ती बोकेको गाडी दुर्घटना <br><h3>२ जनाको मृत्यु, १६ घाइते </h3

तनहुँमा जन्ती बोकेको गाडी दुर्घटना

२ जनाको मृत्यु, १६ घाइते

Posted in दुर्घटना, समाचार
७ फागुन, दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी-हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्य हुने दुवै जनाको खनाखत नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । अनियन्त्रित भई जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
माथागढी बहुउद्देश्यीय सहकारी संस्थाको छैठौँ साधरणसभा तथा तेस्रो अधिवेशन सम्पन्न <br><h3>चार करोड ३४ लाख बराबरको आयव्याय पेश </h3

माथागढी बहुउद्देश्यीय सहकारी संस्थाको छैठौँ साधरणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

चार करोड ३४ लाख बराबरको आयव्याय पेश

Posted in अर्थतंत्र, समाचार
पाल्पा – माथागढी बहुउद्देश्यीय सहकारी संस्थाको छैठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।साधारणसभामा संस्थाका अध्यक्ष राजकुमार पन्थीले चार करोड ३४ लाख बराबरको आयव्याय तथा संस्थागत प्रतिवेदन पेश गर्नुभयो। संस्थाले बचतऋण कारोबारसँगै किसानका लागि कुटानीपिसानी मिल संचालनमा ल्याएको, कृषि र पशुपालन क्षेत्रमा विविध कार्य गरेको, सेयर सदस्य एक हजार भएको बताउनुभयाे। किसानलाई उत्पादनमा जोड्न सहकारीले विभिन्न निकायसँग मिलेर काम गरिरहेको बताउनुभयो । पन्थीले आगामी दिनमा सुपथ मुल्यको पसल सञ्चालन गर्ने, सहकारी शिक्षाका कार्यक्रम गर्ने, सेयर सदस्य र कारोबार रकममा बृद्धि गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।कार्यक्रममा प्रमुख अतिथि माछापुग्छे« बहुउद्देश्यीय सहकारीका अध्यक्ष एवं पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले सहकारीका सेयर सदस्यको हितमा सहकारीले विगतदेखि नै काम गर्दै आएकोमा
१७ औ मनमोहन स्मृति वडा कपको उपाधि वडा नम्बर ६ लाई

१७ औ मनमोहन स्मृति वडा कपको उपाधि वडा नम्बर ६ लाई

Posted in खेलकुद, समाचार
बुटवल, ५ माघ । बुटवलमा सम्पन्न मनमोहन कप नकआउट फुटबल प्रतियोगिता २०८० को उपाधि वडा नं ६ ले हात पारेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा शनिबार भएको फाईनल खेलमा वडा नं ७ लाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि आफनो पोल्टामा पारेको हो । उपाधिसंगै वडा नं ६ नगद १ लाख ११ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता वडा नं. ७ भने नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा गतवर्षको विजेता टिम वडा नं १७ अनुसासित टिमबाट पुरस्कृत भयो । यसैगरि वडा नं ११ का मिलन आले हाई स्कोरर, वडा नं ६ का सन्देश खनाल उत्कृष्ट गोलरक्षक, वडा नं ७ का अनुप गुरुङ राईजिङ प्लेयर घोषित हुदै नगद ३ हजार रुपैया तथा वडा नं ७ का मोहन थापा सर्वोत्कृष्ट खेलाडी ८ हजार रुपैयाबाट पुरस्कृत भए । स
खेल सप्ताहकाे दोस्रो दिन हाेराइजन जिविएसमा विभिन्न खेल सम्पन्न

खेल सप्ताहकाे दोस्रो दिन हाेराइजन जिविएसमा विभिन्न खेल सम्पन्न

Posted in खेलकुद, समाचार
बुटवल ।रुपन्देहीको तिलोत्तमा-१ स्थित होराइजन गौतमबुद्ध माविमा शुक्रबारदेखि सञ्चालन भएको खेलकुद तथा पुरस्कार वितरण सप्ताहकाे दोस्रो दिन विभिन्न खेलविधामा विद्यार्थीहरूविच प्रतिस्पर्धा भएको छ । तिलोत्तमा नगरपालिकाका खेलकुद तथा शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले उद्घाटन गरेकाे खेल सप्ताहकाे आज दोस्रो दिन २०० मिटर दाैड सम्पन्न भएको छ ।जसमा छात्रातर्फ कविता पाैडेल प्रथम,सित्तल पाैडेल द्वितीय र अम्बिका श्रेष्ठ तृतीय भएका छन् ।छात्रतर्फ आयुष श्रेष्ठ प्रथम,सन्देश थापा द्वितीय र सन्दिप कुमार बरई तृतीय भएको खेल संयाेजक तिलक पराजुलीले बताए ।भलिबल प्रतियाेगितामा छात्रतर्फ अस्विन रणपालकाे समूह प्रथम, सन्देश शाहिकाे समूह द्वितीय भएका छन् ।छात्रातर्फ एलिजा श्रेष्ठकाे समूह प्रथम र जेनी थापाको समूह द्वितीय भएको खेल संयाेजक धुर्व् आचार्यले बताए । चित्रकला प्रतियाेगितामा आर्य जेसवाल प्रथम,राममनाेज यादव द