
तिलोत्तमा वडा ४ वडा सन्जालको साधारण सभा तथा अधिवेशन सम्पन्न ।
Posted in साधारण सभा
असार , २९ । तिलोत्तमा नगरपालिका वडा नम्बर ४ वडास्तरीय टोल विकास संस्था सञ्जालको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले बसन्त गोदारको संयोजकत्वमा सात सदस्य समिति गठन गरेको छ। जसको उपसंयोजकमा विष्णुमाया भण्डारी सचिवमा पार्वती न्यौपाने कोषाध्यक्षमा कमला धमला सदस्यहरुमा मिना क्षेत्री ,माया बिक लक्ष्मी कार्की र पूर्णप्रसाद पौड्याललाई चयन गरेको छ। साधारण सभामा संजालका अध्यक्ष कोष बहादुर बस्नेतले वार्षिक प्रतिवेदनसमेत प्रस्तुत गर्नुभएको थियो। वडा नम्बर ४ का कार्यवाहक अध्यक्ष रम्भादेवी घिमिरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा निवर्तमान अध्यक्ष दिवाकर ढकाल जनप्रतिनिधिहरू हरिमाया नेपाली गोविन्द श्रेष्ठ मित्रलाल न्यौपाने समाजसेवी श्याम केसी लगायत वडा नम्बर ४ अन्तर्गत रहेका ११ वटा टोल विकासका अध्यक्ष तथा प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। विशिष्ट अतिथि दिवाकर