Web Design In Nepal

नेपाल

आफ्नै श्रीमतीको गोली हानी यमबहादुरले गरे हत्या ।

आफ्नै श्रीमतीको गोली हानी यमबहादुरले गरे हत्या ।

Posted in नेपाल, लुम्बिनी प्रदेश
दाङमा एक प्रहरीले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन्। घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनका श्रीमानले गोली हानी हत्या गरेका दाङका प्रमुख जिल्ला अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिए। वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमायालाई बाँकेको नेपालगञ्जमा कार्यरत उनका श्रीमान यमबहादुर झाक्रीले ८:३० बजेतिर गोली हानेर हत्या गरेको प्रजिअ सुवेदीले जानकारी दिए। गाेलि हानी फरार रहेका यमबहादुर झाक्रीलाई प्रहरीले अहिले नियन्त्रणमा लिएको छ।
न्यायसहितको समाजवाद स्थापना गर्न कम्युनिष्ट पार्टीको स्थापना भएको  सचिव अर्यालकाे दाबी

न्यायसहितको समाजवाद स्थापना गर्न कम्युनिष्ट पार्टीको स्थापना भएको सचिव अर्यालकाे दाबी

Posted in नेपाल, राजनीति
बुटवल, माघ २३ नेकपा (एमाले) केन्द्रीय सचिव तथा लुम्विनी प्रदेश इन्चार्ज पद्यमा अर्यालले नेपालका राजनीतिक पार्टीहरुको तुलनात्मक अध्ययनमा प्रशिक्षण दिदै नेकपाको जन्म सुगौली सन्धिदेखि दमित राष्ट्रिय स्वाभिमानलाई माथि उठाउदै राष्ट्रिय स्वाधिनताका लागि, सामन्तवादलाई जरैदेखि उन्मुलन गरेर जनवादी व्यवस्था स्थापना गर्नका लागि र सामाजिक न्याय, समानता र समृद्घिसहितको समाजवाद स्थापना सहित तीनवटा अभिभारा पूरा गर्नका लागि भएको बताउनु भएको छ । नेकपा (एमाले) रुपन्देहीद्घारा सञ्चालित प्रशिक्षण कार्यक्रमको दोश्रो दिन प्रशिक्षणमूलक मन्तब्य ब्यक्त गर्दै अर्यालले दक्षिणपन्थी, वामपन्थी र पश्चगामी गरी ३ खालका पार्टीहरु रहेको प्रसंग उल्लेख गर्दै सवै पार्टीहरुको वर्ग चरित्र, नेकपा (एमाले) र उनीहरुकावीच रहेको भिन्नता तथा पार्टीले समाजवादी कार्यक्रम कसरी सञ्चालन गर्छ भन्नेवारेमा विभिन्न सन्दर्भ सहित ब्याख्या गर्
मौसममा आज सामान्य बदली मात्रै, भोलि र पर्सि पानी पर्ने सम्भावना

मौसममा आज सामान्य बदली मात्रै, भोलि र पर्सि पानी पर्ने सम्भावना

Posted in नेपाल, समाचार
आज मौसम आंशिक बदली हुने र भोलिदेखि फेरि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी भेगका धेरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुुभयो । पश्चिमी न्यून चापीय प्रणालीका कारण भोलि पानी पर्ने सम्भावना रहेको र पर्सिदेखि यो प्रणालीको असर क्रमशः कम हुँदै जाने पनि उहाँले बताउनुुभयो । गएको बुधवार पश्चिमी वायुको प्रभावले सुुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसँगै पहाडी भेगका केही ठाउँमा वर्षा र हिमपात भएको थियो । यसले हिउँदेबालीलाई राहत मिलेको छ । आज कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पानी
नेपाली युवाको वर्तमान अवस्था र युवा राजनीतिको अबको बाटो

नेपाली युवाको वर्तमान अवस्था र युवा राजनीतिको अबको बाटो

Posted in अर्थतंत्र, नेपाल, राजनीति, रोजगार, विचार
पृष्ठभूमि माघ २० गते नेकपा (एमाले)ले काठमाण्डौमा युवा महोत्सव आयोजना गरेको छ । यो आम युवाका लागि बहुद सुखद पक्ष हो । युवाहरुका समस्या र समाधानका उपाय पनि यस्ता महोत्सवबाट पत्ता लगाउन सहयोग पुग्ने छ । युवा राजनीतिको कोशेढुंगा बन्ने अपेक्षाका साथ यो महोत्सवले उठान गर्नुपर्ने विषयलाई मध्येनजर गरेर यो आलेख तयार गरेको छु ।   युवाहरुका विषयमा विभिन्न पक्षबाट बहुआयामिक भाष्यहरु निर्माण गरिएका हुन्छन् । बालक, बयष्क र बृद्धहरुका आँखाबाट युवाहरुलाई फरक फरक देख्न सकिन्छ । युवा भएकै छैनबाट र युवा उमेर पार गरेकाबाट अएका निष्कर्षको संगालो नै युवा हो भन्दा अतिस्योक्ती हुनेछैन । आर्थात घर, परिवार समाजको आशा र भरोषाको केन्द्र हो युवा ।युवा जीवनको सवैभन्दा उर्वर समय हो । युवा शारीरिक रुपमा स्फुर्ति र जोस अनि मानसिक रुपमा सपनाले वेरिएको हुन्छ । युवा यथास्थितिमा रमाउदैन । परिवर्तन, गतिशीलता र लगनशील
अफगानिस्तानलाई हराउँदै नेपाल सुपर-६ मा अब समूह ‘ए’का राष्ट्रसंग प्रतिस्पर्धा गर्ने

अफगानिस्तानलाई हराउँदै नेपाल सुपर-६ मा अब समूह ‘ए’का राष्ट्रसंग प्रतिस्पर्धा गर्ने

Posted in नेपाल, समाचार
नेपाल आइसिसी यू-१९ विश्वकप २०२४ को सुपर-६ मा प्रवेश गरेको छ। समूहको अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल समूह 'डी'मा तेस्रो बन्दै सुपर-६ मा पुगेको हो।अब सुपर-६ मा नेपालले समूह 'ए'का भारत,बंगालदेश र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। अफगानिस्तानसँग कठिन जित निकाल्ने क्रममा नेपालले १४६ रनको लक्ष्य ९ विकेटको क्षतिमा ४४.४ओभरमा पूरा गर्‍यो। नेपालको जितमा कप्तान देव खनालले अर्धशतक प्रहार गरे। सातौं विकेटको रुपमा आउट हुनुअघि उनले ८९ बलमा ७ चौका प्रहार गर्दै ५८ रन जोडे।त्यसअघि ओपनरद्वय अर्जुन कुमाल १० रन, विपिन रावल ३ रन र गुल्सन झा १ रनमा आउट हुँदा नेपालमाथि दबाब परेको थियो।तर कप्तान देव खनालले धैर्यपूर्वक ब्याटिङ गरे। देवलाई १६ रन बनाएका आकास त्रिपाठीले साथ दिँदा नेपालको स्कोर बढेको थियो। तर दीपक डुम्रे ५ रन र दिपेश कँडेल ४ रनमा आउट भए।
प्युठानमा जिप दुर्घट्ना, रुपन्देहीकी महिलाको मृत्यु

प्युठानमा जिप दुर्घट्ना, रुपन्देहीकी महिलाको मृत्यु

Posted in नेपाल, समाचार
बुटवल - प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, १४ जना घाइते भएका छन्। जिल्लाको स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा शनिबार जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका ३ कि ३२ वर्षकी गुडिया ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। रुपन्देहीका तिर्थयात्री लिएर स्वर्गद्वारी गएको लु ३ च ३५३ नम्वरको जिप फर्कदा दुर्घट्नामा परेको हो। रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय जीप रिजर्ब गरेर स्वर्गद्वारीको दर्शन गर्न गएका थिए। दुर्घटना घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ। उनीहरुलाई उपचारको लागि बुटवल ल्याइएको छ ।
एसईई परिक्षाको नतिजा सार्वजनिक

एसईई परिक्षाको नतिजा सार्वजनिक

Posted in नेपाल, समाचार
काठमाडौँ माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार नतिजा सार्वजनिक गरेको हो । परीक्षामा ३ दशमलव ६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ । यस्तै ४१ हजार ६२७ जनाले ३ दशमलव २० देखि ३ दशमलव ६०, ६९ हजार ९०० जनाले २ दशमलव ८० देखि ३ दशमलव २० र ९० हजार ७५८ जनाले २ दशमलव ४ देखि २ दशमलव ८० जीपीए ल्याएका छन् । यस्तै एक लाख १२ हजार ७३३ जनाले २ देखि २ दशमलव ४ जीपीए र एक लाख ५९४ जनाले १ दशमलव ६ देखि २ जीपीए ल्याएका छन् । १ दशमलव २ देखि १ दशमलव ६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५८६ र ० दशमलव ८० जीपीएदेखि १ दशमलव २ जीपीए ल्याउनेको संख्या तीन हजार २८० रहेको छ । एसईई परीक्षामा ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए । कोभिड १९ कारण शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भएकोमा २०७८ मा भने विद्यार्थी
दाउन्नेमा बस पल्टेर आगलागी, ३१ जना घाइते

दाउन्नेमा बस पल्टेर आगलागी, ३१ जना घाइते

Posted in नेपाल, समाचार
परासी नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् । कञ्चनपुरबाट काठमाडौं जांदै गरेको ना५ख ५१०० नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिंदा आगलागीमा परेको हो । आगलागीमा परेका ६ जनाको को अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारको लागि भरतपुर अस्पताल पठाइएको र अन्यको स्थानिय मध्येविन्दु अस्पतालमा उपचार भइरहेको छ । डिएसपी पाठकका अनुसार बसमा ३१ जना जना सवार थिए ।
पाल्पाको लघुवामा बस दुर्घट्ना ६ जनाको मृत्यु

पाल्पाको लघुवामा बस दुर्घट्ना ६ जनाको मृत्यु

Posted in नेपाल, समाचार
तान्सेन-पाल्पाको लघुवामा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । बाग्लुङको बुर्तिवाङ बाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बारको यात्रुबाहक बस रिब्दीकोट गाउँपालिका २ लघुवामा घुट्नामा परेको हो । दुर्घट्नाग्रस्त बस सडकबाट ८० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घट्नामा १७ जना घाइते भएको र अधिकांसको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
रहस्यपूर्ण ढंगले पारित नागरिकता विधेयकले देश अफ्टयारोमा पर्छ : ज्ञवाली

रहस्यपूर्ण ढंगले पारित नागरिकता विधेयकले देश अफ्टयारोमा पर्छ : ज्ञवाली

Posted in नेपाल, समाचार
बुटवल- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसदबाट रहस्यपूर्ण ढंगले पारित नागरिकता सम्बन्धी विधेयकले देशलाई ठूलो अफ्टयारो पार्ने बताएका छन् । उनले नेपाली नागरिक सरह विहे गरेर आउने विदेशीलाई कुनै ‘सटेन’ अवधि नराखीएकाे विध्येक देशको हितविपरीत रहेको उल्लेख गरे । प्रेस चौतारी रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले एमाले विगतदेखि नै वैवाहिक अंगृकृतकाे लागि निश्चित समय हुनुपर्ने पक्षमा रहेकाे बताए । " विदेशी नागरिकलाई विहे गरेर आउने वित्तिकै सिउँदोमा सिन्दुर र हातमा नागरिकता दिने गरी पारित विधयेक हाम्रो जस्तो देशका लागि घातक छ ।’ उनले भने " एमालेले विगतदेखि नैं विदेशी नागरिक त्यागेर नेपाली नागरिक बन्न चाहनेको लागि कुनै निश्चित समय राख्नुपर्छ भनेर विगतमा पनि भन्दै आएको हो । अहिले पनि त्यहीँ अडानमा छ ।" उनलेे भारत, चीन लगायत सबै देशले ‘सटेन’ स