
माधव र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?
Posted in अंग्रेजी, अर्थतंत्र, आइपियो, ऋणपत्र, कर्णाली प्रदेश, खेलकुद, गण्डकी प्रदेश, जानकारी, टेक्नोलोजी, त्रैमासिक प्रतिवेदन, नेपाल, प्रदेश १, प्रदेश २, बजार, बागमती प्रदेश, बैंक, बोनस, ब्यानर, मनोरंजन, म्युचल फण्ड, राजनीति, राशिफल, रोचक, रोजगार, लुम्बिनी प्रदेश, विचार, विज्ञान र प्रबिधि, विदेश, शेयर बजार, समाचार, साधारण सभा, साहित्य, सुचना, सुदूरपश्चिम प्रदेश, स्वास्थ्य, हकप्रद शेयर
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ ।
शनिबार दिउँसो अध्यक्ष दाहाल नेता नेपाललाई भेट्न उहाँको निवास कोटेश्वर जानुभएको हो । उहाँहरूबीच पछिल्लो राजनीतिक अवस्था र सत्तारुढ गठबन्धनका आगामी चुनौतीलगायतका विषयमा छलफल भएको नेपालनिकट स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार भोलि प्रतिनिधिसभा बैठक बस्न लागेकाले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारको सन्दर्भमा पनि उहाँहरूबीच छलफल भएको छ ।
नेपालसँग केही दिनअघि प्रधानमन्त्री देउवाले पनि उहाँकै निवास गएर छलफल गर्नुभएको थियो । छलफलमा नेपालले प्रतिनिधिसभा बचाउन भए पनि सरकारलाई विश्वासको मत दिने आश्वासन दिनुभएको थियो ।