Web Design In Nepal

Tag: कृष्णहरि केसी

नेपाली युवाको वर्तमान अवस्था र युवा राजनीतिको अबको बाटो

नेपाली युवाको वर्तमान अवस्था र युवा राजनीतिको अबको बाटो

Posted in अर्थतंत्र, नेपाल, राजनीति, रोजगार, विचार
पृष्ठभूमि माघ २० गते नेकपा (एमाले)ले काठमाण्डौमा युवा महोत्सव आयोजना गरेको छ । यो आम युवाका लागि बहुद सुखद पक्ष हो । युवाहरुका समस्या र समाधानका उपाय पनि यस्ता महोत्सवबाट पत्ता लगाउन सहयोग पुग्ने छ । युवा राजनीतिको कोशेढुंगा बन्ने अपेक्षाका साथ यो महोत्सवले उठान गर्नुपर्ने विषयलाई मध्येनजर गरेर यो आलेख तयार गरेको छु ।   युवाहरुका विषयमा विभिन्न पक्षबाट बहुआयामिक भाष्यहरु निर्माण गरिएका हुन्छन् । बालक, बयष्क र बृद्धहरुका आँखाबाट युवाहरुलाई फरक फरक देख्न सकिन्छ । युवा भएकै छैनबाट र युवा उमेर पार गरेकाबाट अएका निष्कर्षको संगालो नै युवा हो भन्दा अतिस्योक्ती हुनेछैन । आर्थात घर, परिवार समाजको आशा र भरोषाको केन्द्र हो युवा ।युवा जीवनको सवैभन्दा उर्वर समय हो । युवा शारीरिक रुपमा स्फुर्ति र जोस अनि मानसिक रुपमा सपनाले वेरिएको हुन्छ । युवा यथास्थितिमा रमाउदैन । परिवर्तन, गतिशीलता र लगनशील