
भिटामिन ‘डी’को जथाभावी प्रयोगले मिर्गौला ड्यामेज गराउने चिकित्सकको चेतावनी
Posted in अंग्रेजी, अर्थतंत्र, आइपियो, ऋणपत्र, कर्णाली प्रदेश, खेलकुद, गण्डकी प्रदेश, जानकारी, टेक्नोलोजी, त्रैमासिक प्रतिवेदन, नेपाल, प्रदेश १, प्रदेश २, बजार, बागमती प्रदेश, बैंक, बोनस, ब्यानर, मनोरंजन, म्युचल फण्ड, राजनीति, राशिफल, रोचक, रोजगार, लुम्बिनी प्रदेश, विचार, विज्ञान र प्रबिधि, विदेश, शेयर बजार, समाचार, साधारण सभा, साहित्य, सुचना, सुदूरपश्चिम प्रदेश, स्वास्थ्य, हकप्रद शेयर
काठमाडौं उपत्यकाका अधिकांश औषधि पसलहरुमा अहिले सबैभन्दा बढी बिक्री हुने औषधि भनेको भिटामिन सी र भिटामिन डी हो । कोरोनासँग लड्न प्रतिरक्षा प्रणाली इम्युन सिस्टम बलियो बनाउने भन्दै अहिले भिटामिन सी र भिटामिन डीको अत्यधिक बिक्री, वितरण र प्रयोग भइरहेको छ ।
तर, चिकित्सकको सल्लाहबिना जथाभावी भिटामिन डीको प्रयोग गर्दा यसले हड्डी दुखाउनेदेखि मिर्गौला ड्यामेज गर्नेसम्मको असर गर्ने चिकित्सकले चेतावनी दिएका छन् ।
भिटामिन सी र भिटामिन डी दुबैले इम्युनिटी बढाउने भए पनि शरीरमा यसको मात्रा बढी भएको अवस्थामा यसले झनै घातक असर गर्ने चिकित्सकले चेतावनी दिएका छन् ।
शरीरमा भिटामिन सीको मात्रा बढी हुँदा दिसाब पिसाब बाट बाहिर जाने भएकाले केही असर नगर्ने तर भिटामिन डीको मात्रा बढी भएमा शरीरमा नै बसिरहने भएकाले यसले मिर्गौला बिगार्नेदेखि हड्डी दुखाउनेसम्म असर गर्ने चिकित्सकको भनाइ छ ।
वीर अस्पताल