
सरस्वती पूजाको अन्तर्वस्तु के हो?
भाेलि सरस्वती पूजा ! वसन्त पञ्चमी ,हिन्दूहरूकाे प्रचलनमा रहेको भए पनि सरस्वती पूजा पूर्णत: धार्मिक कार्य मात्र होइन, यो आध्यात्मिक-सांस्कृतिक विषय र भौतिक कार्य हो ।
‘परमेश्वर प्राप्ति, स्वर्ग प्राप्ति, जीवनमुक्ति वा मोक्ष’का भनेर सरस्वती पूजा गरिँदैन ।
मानिसले आफ्नो जीवनका बारेमा विभिन्न कुरा सोचिरहेको हुन्छ, यो सोचिरहने क्रम कहिल्यै सकिँदैन । यो चलिरहन्छ, निरन्तर चलिरहन्छ । यो सोच भन्ने कुरा मानिसको आन्तरिक-आत्मिक विषय हो । सोच्नका लागि गुरु, भगवान, मठ—मन्दिर, विधि, प्रक्रिया केही नभए पनि, केही नमाने पनि यसलाई छाेड्न मिल्दैन, साेचिरहन्छ, चिन्तन मनन गरिरहन्छ । यो काम मानिसले एक्लै, जहाँ र जतिखेरसुकै गरिरहन सक्दछ । त्यसै क्रममा मानिसले जीवनमा आवश्यक पर्ने, जीवनलाई उज्यालो पार्ने क्षमताहरू-सामर्थ्यका बारेमा सोचेर राम्रो नाम राख्यो— सरस्+वती (रसले युक्त भएकी)=सरस्वती ! जीवनलाई आवश्यक पर्ने