Web Design In Nepal

४८ हजार १७७ जना विद्यार्थीले ल्याए ३.६ माथि जिपिए

असार १३, २०८२ शुक्रबार 277

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेपछि परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० मार्फत परीक्षाफल सार्वजनिक गरिएको हो।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार यस वर्ष ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४.० सम्मको जिपिए प्राप्त गरेका छन्। ३.२ देखि ३.६ जिपिए प्राप्त गर्नेको संख्या ८१ हजार ३८५ रहेको छ भने २.८ देखि ३.२ जिपिए ल्याउने विद्यार्थी ८९ हजार १२४ जना रहेका छन्।

त्यस्तै २.४ देखि २.८ जिपिए ल्याउने ४८ हजार ४७९ जना, २ देखि २.४ जिपिए ल्याउने ४ हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने ८ जना विद्यार्थीको पनि नतिजा सार्वजनिक गरिएको छ।

बोर्डले १२६ जना परीक्षार्थीको परीक्षा रद्ध गरेको जानकारी दिएको छ। यस्तै १ लाख ६७ हजार ५९७ जना परीक्षार्थीको नतिजा अबर्गीकृत रहेको छ।

यसअघि बोर्डले सार्वजनिक गरेका विवरणअनुसार २०८१ चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना गरी कुल ४ लाख ९९ हजार १८३ जना परीक्षार्थी सहभागी भएका थिए।

नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्