Web Design In Nepal

Author: admin

एसईई परिक्षाको नतिजा सार्वजनिक

एसईई परिक्षाको नतिजा सार्वजनिक

Posted in नेपाल, समाचार
काठमाडौँ माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार नतिजा सार्वजनिक गरेको हो । परीक्षामा ३ दशमलव ६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ । यस्तै ४१ हजार ६२७ जनाले ३ दशमलव २० देखि ३ दशमलव ६०, ६९ हजार ९०० जनाले २ दशमलव ८० देखि ३ दशमलव २० र ९० हजार ७५८ जनाले २ दशमलव ४ देखि २ दशमलव ८० जीपीए ल्याएका छन् । यस्तै एक लाख १२ हजार ७३३ जनाले २ देखि २ दशमलव ४ जीपीए र एक लाख ५९४ जनाले १ दशमलव ६ देखि २ जीपीए ल्याएका छन् । १ दशमलव २ देखि १ दशमलव ६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५८६ र ० दशमलव ८० जीपीएदेखि १ दशमलव २ जीपीए ल्याउनेको संख्या तीन हजार २८० रहेको छ । एसईई परीक्षामा ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए । कोभिड १९ कारण शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भएकोमा २०७८ मा भने विद्यार्थी
दाउन्नेमा बस पल्टेर आगलागी, ३१ जना घाइते

दाउन्नेमा बस पल्टेर आगलागी, ३१ जना घाइते

Posted in नेपाल, समाचार
परासी नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् । कञ्चनपुरबाट काठमाडौं जांदै गरेको ना५ख ५१०० नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिंदा आगलागीमा परेको हो । आगलागीमा परेका ६ जनाको को अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारको लागि भरतपुर अस्पताल पठाइएको र अन्यको स्थानिय मध्येविन्दु अस्पतालमा उपचार भइरहेको छ । डिएसपी पाठकका अनुसार बसमा ३१ जना जना सवार थिए ।
पाल्पाको लघुवामा बस दुर्घट्ना ६ जनाको मृत्यु

पाल्पाको लघुवामा बस दुर्घट्ना ६ जनाको मृत्यु

Posted in नेपाल, समाचार
तान्सेन-पाल्पाको लघुवामा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । बाग्लुङको बुर्तिवाङ बाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बारको यात्रुबाहक बस रिब्दीकोट गाउँपालिका २ लघुवामा घुट्नामा परेको हो । दुर्घट्नाग्रस्त बस सडकबाट ८० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घट्नामा १७ जना घाइते भएको र अधिकांसको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
कांग्रेसभित्रको अन्तर्घातीलाई दण्डित गर्नुपर्छ : पौडेल

कांग्रेसभित्रको अन्तर्घातीलाई दण्डित गर्नुपर्छ : पौडेल

Posted in राजनीति, समाचार
दमौली - नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संगठनका कारणभन्दा पनि अन्तर्घातका कारण पार्टी कमजोर बन्दै गएको बताएका छन् । कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज दमौलीमा आयोजना गरेको स्थानीय तह निर्वाचन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफैँभित्रको अन्तर्घातले कांग्रेस खुम्चिन पुगेको उल्लेख गरे । नेता पौडेलले अन्तर्घातीलाई दण्डित गर्नुपर्ने बताए । “अन्तर्घाती कुनै न कुनै रूपबाट दण्डित हुनुपर्छ । पार्टीले कारबाही गरेर ननिकाले पनि त्यसलाई समाजले दण्डित गर्छ,” उनले भने । पैसावालाहरूको बोलाबाला बढ्दै जाने र निष्ठावान् कार्यकर्ता पाखा लाग्दै जाने प्रवृत्तिको अन्त्य गर्नुपर्ने नेता पौडेलको भनाइ थियो । “यसले लोकतन्त्र त कमजोर हुन्छ हुन्छ, राष्ट्रियता नै समाप्त हुने खतरा बढ्दै जान्छ,” उनले भने । गठबन्धन आदर्श र सिद्धान्तका कारण नगरिएको बताउँदै उनले कांग्रेसविरुद्ध महागठबन्धन बन
लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशन अन्त्य

Posted in लुम्बिनी प्रदेश, समाचार
बुटवल लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गए राती १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौं अधिवेशन अन्त्य गरेका हुन्। नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गरेका हुन् । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ उपनियम (३) बमोजिम प्रदेशसभा सचिवालयले सदस्यलाई अधिवेशन अन्त्य भएको जानकारीका लागि सूचना प्रकाशित गरेको सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।
रहस्यपूर्ण ढंगले पारित नागरिकता विधेयकले देश अफ्टयारोमा पर्छ : ज्ञवाली

रहस्यपूर्ण ढंगले पारित नागरिकता विधेयकले देश अफ्टयारोमा पर्छ : ज्ञवाली

Posted in नेपाल, समाचार
बुटवल- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसदबाट रहस्यपूर्ण ढंगले पारित नागरिकता सम्बन्धी विधेयकले देशलाई ठूलो अफ्टयारो पार्ने बताएका छन् । उनले नेपाली नागरिक सरह विहे गरेर आउने विदेशीलाई कुनै ‘सटेन’ अवधि नराखीएकाे विध्येक देशको हितविपरीत रहेको उल्लेख गरे । प्रेस चौतारी रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले एमाले विगतदेखि नै वैवाहिक अंगृकृतकाे लागि निश्चित समय हुनुपर्ने पक्षमा रहेकाे बताए । " विदेशी नागरिकलाई विहे गरेर आउने वित्तिकै सिउँदोमा सिन्दुर र हातमा नागरिकता दिने गरी पारित विधयेक हाम्रो जस्तो देशका लागि घातक छ ।’ उनले भने " एमालेले विगतदेखि नैं विदेशी नागरिक त्यागेर नेपाली नागरिक बन्न चाहनेको लागि कुनै निश्चित समय राख्नुपर्छ भनेर विगतमा पनि भन्दै आएको हो । अहिले पनि त्यहीँ अडानमा छ ।" उनलेे भारत, चीन लगायत सबै देशले ‘सटेन’ स
प्रतिनिधिसभाबाट नागरिकतासम्बन्धी विधेयक पारित

प्रतिनिधिसभाबाट नागरिकतासम्बन्धी विधेयक पारित

Posted in नेपाल, समाचार
काठमाडौँ- प्रतिनिधिसभाबाट नागरिकतासम्बन्धी विधेयक पारित भएको छ । शुक्रबार बेलुका प्रतिनिधिसभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीे नागरिकता विधेयकको पक्षमा थिए । नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले भने नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन नहुने भन्दै विधेयकको विपक्षमा रहे। नागरिकता विधेयकमाथि शुक्रबार प्रतिनिधिसभामा भएको छलफलमा ४५ जना सांसद सहभागी भएका थिए। गृहमन्त्री बालकृष्ण खाँणले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तान लामो समयदेखि नागरिकताविहीन अवस्थामा रहेकाले यही विषय सम्बोधन गर्न नागरिकता विधेयक ल्याएको बताए। उनले वैवाहिक अंगीकृतका विषयमा दलीय सहमति जुटाएर अघि बढाउन सक्ने बताए। प्रतिनिधिसभाबाट पा
निर्वाचनपछि देशको नेतृत्व माओवादीले गर्छ ः प्रचण्ड

निर्वाचनपछि देशको नेतृत्व माओवादीले गर्छ ः प्रचण्ड

Posted in राजनीति, समाचार
काठमाडौँ -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट देशको नेतृत्व आफ्नो पार्टीले गर्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार आयोजित कार्यक्रममा उनले निर्वाचनपछि माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने दावी गरे । यो देशमा माओवादी पुनःस्थापित भएन भने, माओवादी पार्टी बलियो भएन भने संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन प्रचण्डको तर्क छ । उनले नेकपा माओवादी पार्टीकै जोडबलमासंघीय संसदबाट नागरिकतासम्बन्धी विधेयक पारित हुन लागेको बताए ।
चलचित्र प्रकाशको टोली बुटवलमा

चलचित्र प्रकाशको टोली बुटवलमा

Posted in मनोरंजन, लुम्बिनी प्रदेश, समाचार
बुटवल- चलचित्र प्रकाशको टोली बुटवल आएको छ । भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको उक्त फिल्मको मंगलबार ट्रेलर सार्वजनिक भएको थियो । फिल्मको प्रचारप्रसारको लागि नायक प्रदीप खड्का नायिका दिया मास्केसहितको टोली बुटवल आएको हो । चलचित्रमा प्रदीप कर्णालीको युवाको चरित्रमा अभिनय गरेका छन् । बुटवलमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा चलचित्रले विकट गाउँमा रहेको यथार्थलाई जिवन्त बनाउने गरि प्रस्तुत गरेको नायक खड्काले बताए । उनले प्रकास चलचित्र मार्फत आफूले हिँडिरहेको बाटोभन्दा फरक बाटो हिँड्ने प्रयास गरेको बताए । नायिका मास्केले चलचित्रले दर्शकलाई हलसम्म तान्ने मात्र होइन पूर्ण सन्तुष्टि दिन सक्ने दाबी गरिन । चलचित्रमा प्रदीप र दिया सँगै रेनु योगी, प्रकाश घिमिरे, नीरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीको अभिनय रहेको छ। बिनिस इन्टरटेनमेण्टको ब्यानरमा नि
भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित

Posted in राजनीति, विदेश, समाचार
भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित भएकी छन्। भारतीय जनता पार्टी भाजपामा आबद्ध रहेकी उनी विहिवार राष्ट्रपतिमा विजयी भएकी हुन् । विजयसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने प्रथम आदिवासी नेतृ बनेकी छन्। यही १८ जुनमा राष्ट्रपति निर्वाचन भएको थियो। सत्तारुढ एनडीएको तर्फबाट उम्मेद्वार बनेकी मुर्मुलाई ४४ राजनीतिक दलहरूले समर्थन जनाएका थिए। विपक्षीका तर्फबाट उम्मेदवार बनेका यशवन्त सिन्हालाई ३४ दलको समर्थन थियो। ६४ वर्षीया मुर्मु पूर्वशिक्षिका हुन्। उनी झारखण्डकी पूर्वराज्यपालसमेत हुन्। भारतमा राष्ट्रपति चयन प्रक्रियामा संघीय संसद्का दुवै सदन र राज्य तथा केन्द्र प्रशासित क्षेत्रमा व्यवस्थापिका संसद्का सदस्यले मतदान गर्छन्। सन् १९५८ को जुन २० मा मयुरभञ्ज जिल्लाको बैदापोसी गाउँमा सन्थाल आदिवासी समुदायमा उनको जन्म भएको हो। मर्मुले उडिसाको राजधानी भुवनेश्वरस्थित रमादेवी महिला कलेजमा अध्ययन गरि