Web Design In Nepal

Author: krishna pandey

न्यायसहितको समाजवाद स्थापना गर्न कम्युनिष्ट पार्टीको स्थापना भएको  सचिव अर्यालकाे दाबी

न्यायसहितको समाजवाद स्थापना गर्न कम्युनिष्ट पार्टीको स्थापना भएको सचिव अर्यालकाे दाबी

Posted in नेपाल, राजनीति
बुटवल, माघ २३ नेकपा (एमाले) केन्द्रीय सचिव तथा लुम्विनी प्रदेश इन्चार्ज पद्यमा अर्यालले नेपालका राजनीतिक पार्टीहरुको तुलनात्मक अध्ययनमा प्रशिक्षण दिदै नेकपाको जन्म सुगौली सन्धिदेखि दमित राष्ट्रिय स्वाभिमानलाई माथि उठाउदै राष्ट्रिय स्वाधिनताका लागि, सामन्तवादलाई जरैदेखि उन्मुलन गरेर जनवादी व्यवस्था स्थापना गर्नका लागि र सामाजिक न्याय, समानता र समृद्घिसहितको समाजवाद स्थापना सहित तीनवटा अभिभारा पूरा गर्नका लागि भएको बताउनु भएको छ । नेकपा (एमाले) रुपन्देहीद्घारा सञ्चालित प्रशिक्षण कार्यक्रमको दोश्रो दिन प्रशिक्षणमूलक मन्तब्य ब्यक्त गर्दै अर्यालले दक्षिणपन्थी, वामपन्थी र पश्चगामी गरी ३ खालका पार्टीहरु रहेको प्रसंग उल्लेख गर्दै सवै पार्टीहरुको वर्ग चरित्र, नेकपा (एमाले) र उनीहरुकावीच रहेको भिन्नता तथा पार्टीले समाजवादी कार्यक्रम कसरी सञ्चालन गर्छ भन्नेवारेमा विभिन्न सन्दर्भ सहित ब्याख्या गर्