Web Design In Nepal

Uncategorized

देवदहको कार्यपालिका चुनावमा एमाले राप्रपा गठबन्धन विजयी

देवदहको कार्यपालिका चुनावमा एमाले राप्रपा गठबन्धन विजयी

Posted in Uncategorized
देवदह - रुपन्देहीको देवदह नगरपालिकामा कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा नेकपा एमाले र राप्रपाका उमैद्वार विजयी भएका छन् । कार्यपालिका चुनावको लागि देवदहमा दुई दलबीच गठबन्धन भएको थियो । ८ सदस्यको लागि भएको निर्वाचनमा महिला तर्फ एमालेकी गीता भण्डारी, टिकीसरा सुनार, रुपाकुमारी ढुंगाना, लक्ष्मी विक, शान्ता भट्टराई कार्यपालिका सदस्यमा निर्वाचित भए । दलित तथा अल्पसंख्यकतर्फ एमालेका कुमार दमाई, गोविन्द पासी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमबहादुर परियार निर्वाचित भएको निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए । यस अघि भएको चुनावमा देवदह नगरपालिकामा नेकपा एमालेका ३२ जना, नेपाली कांग्रेसका २१ जना राष्ट्रिय प्रजातन्त्र पार्टीको ९ जना गरी कुल ६३ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।
बजेट भाषणमा के के समेटिए रुपन्देहीका योजना

बजेट भाषणमा के के समेटिए रुपन्देहीका योजना

Posted in Uncategorized, नेपाल, समाचार
बुटवल -आगामी आर्थिक वर्षको लागि बजेट बक्तव्यमा रुपन्देही जिल्लासँग सम्बन्धीत १९ वटा शिर्षक समेटिएको छ । ति मध्ये केही पहिलेदेखि नै बजेट छुट्टिएका योजना छन् । केही नयाँ छन् । कृषि तर्फ रुपन्देहीको कर्शाघाटमा कृषि उपज निर्यात बजार निर्माण कार्य सुरु गरिने उल्लेख छ । मोतिपुर औद्योगिक क्षेत्र निर्माण सुरु गर्ने र भैरहवाको सेजलाई पूर्ण रुपमा सञ्चालनको लागि बजेट विनियोजन भएको छ । भैरहवामा एकिकृत जाँच चौकीको निर्माण सुरु गर्ने पनि बजेट बक्तव्यमा उल्लेख छ । यात्रु चापलाई विश्लेषण गरी गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणको प्रकृया अगाडी बढाइने बताइएको छ । गौतमबुद्ध विमानस्थल बुद्ध जयन्तीबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको हो । स्वास्थ्य तर्फ बुटवल मेडिकल कलेज र लुम्बिनी प्रादेशीक अस्पतालबीचको सहकार्यमा मेडिकल कलेज स्थापना गर्ने बजेटमा उल्लेख छ । बुटवल मेडिकल कलेजको लागि शिल
दुई वर्ष भित्र तिलोराकोट विश्वसम्पदा सुचीमा सुचिकृत हुने

दुई वर्ष भित्र तिलोराकोट विश्वसम्पदा सुचीमा सुचिकृत हुने

Posted in Uncategorized, अर्थतंत्र, नेपाल, ब्यानर, राजनीति, लुम्बिनी प्रदेश, समाचार
आगामी २ वर्ष भित्रमा महामानव गौतमबुद्धको घर कपिलवस्तुको तिलौराकोट दरबार विश्व सम्पदा सूचिमा सुचिकृत हुने भएको छ । तिलौराकोटलाई विश्व सम्पदा सुचिमा लैजाने प्रक्रियाको विषयमा लुम्बिनीमा आयोजित सेमिनारले निष्कर्ष निकालेको हो । पुरातत्व विभाग, युनेस्को र लुम्बिनी विकास कोषको संयुक्त सेमिनारले गुरुयोजना बनाएर अगाडि बढ्ने निष्कर्षमा पुगेको छ । कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्ने गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा छलफल भएकोले सल्लाह र सुझाब अनुसार अगाडि बढेको पुरातत्व विभागका महानिर्देशक दामोदर सापकोटाले बताए । दुई दिने सेमिनारमा विज्ञहरुले आफ्नो राय पेश गरेकोले सोही आधारमा काम अगाडि बढ्ने महानिर्देसक सापकोटाले बताए । तिलौराकोटको कृषि, पर्यटन र स्थानीय उत्पादनको चिजवस्तुलाई प्रोत्साहन हुने गरी गुरुयोजनामा समावेश गर्ने र पुरातत्वलाई प्रतिवेदन पेस गर्ने गरी काम अगाड