Web Design In Nepal

ईडन इङ्लिस बोर्डिङ स्कुलमा असार १५ को अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

असार १५, २०८२ आइतबार 219

बुटवल ११ नहरपुरस्थित इडन इङ्लिस बोर्डिङ स्कुलले असार १५ को अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। ईडन स्काउट र नेपाल युवा रेडक्रस सर्कल इडन माविको आयोजनामा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो। असार १५ को अवसर पारी आयोजित उक्त कार्यक्रममा शिक्षक कर्मचारी र विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो। विद्यालय परिसरमा सरसफाई समेत गरी उक्त क्षेत्रमा विभिन्न फलफुलका बिरुवाहरू रोपिएको कार्यक्रम संयोजक कुशल बस्यालले बताउनुभयो। कार्यक्रममा विद्यालयका प्राचार्य शिवहरी भट्टराईले विद्यालयले विभिन्न सामाजिक तथा वातावरणीय संरक्षणका कार्यहरू गर्दै आएको र त्यसैलाई ध्यान दिँदै सो कार्यक्रम समेत आयोजना गरिएको उल्लेख गर्नुभयो विद्यार्थीहरूमा व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालयले विभिन्न समयमा यस्तै प्रकारका कार्यक्रमहरू आयोजना गर्दै आएको छ। पिजीदेखि कक्षा १२ सम्म अध्ययन अध्यापन हुने इडन इङ्लिस बोर्डिङ स्कुलमा एसइइ उत्तीर्ण विद्यार्थीहरूका लागि बधाई ज्ञापन कार्यक्रमको समेत आयोजना गरिएको विद्यालयले जनाएको छ। असार १५ गते नै एक कार्यक्रमको आयोजना गरी एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान र बधाई ज्ञापन गरिएको हो। प्लस टु तर्फ होटल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर साइन्स लगायतका विषयमा अध्ययन अध्यापन गराउँदै आएको र यस वर्षका लागि नयाँ वर्षको भर्ना समेत खुलिसकेको प्लस टु कोअर्डिनेटर जगत पौडेलले जानकारी दिनुभयो

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्