Web Design In Nepal

वुटवल ग्लोरीले बाजागाजासँगै गरेयो एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

असार १६, २०८२ सोमबार 146


बुटवल, १६ असार– बुटवल ग्लोरी इङ्गलिस बोर्डिङ स्कुल, बुटवल–१३ बेलबासले एसईई परीक्षामा ४ जिपिए प्राप्त गरेको खुसीयालीमा विद्यार्थीहरुलाई सम्मान गर्दै बाजागाजासँगै परिक्रमा गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८१ सालमा लिइएको एसईई परीक्षामा बुटवल ग्लोरीका स्मरण पौड्यालले ४ जिपिएसहित उत्कृष्ट जिपिए ल्याएर विद्यार्थीहरु उत्तीर्ण भएका छन् । त्यही खुसीयालीमा पञ्चेबाजासँगै विद्यार्थीहरुको सम्मानमा यस क्षेत्रको परिक्रमा गराइएको थियो ।
उक्त अवसरमा विद्यालयका अध्यक्ष खिमबहादुर हमाल, प्रबन्ध निर्देशक मोहनलाल जोशी, प्राचार्य शंकरप्रसाद गौतम, बुटवल उपमहानगरपालिका वडा नं. १३ का सदस्य ध्रुव थापा, ग्लोरी बोर्डिङ स्कुल, बुटवलका प्राचार्य बालाकृष्ण तिवारी, लेखा समिति संयोजक रमेशबहादुर थापा, शिक्षा समिति संयोजक चुन्नप्रसाद पौड्याललगायतले विद्यार्थीहरुलाई सम्मान गर्नुभएको थियो ।
विद्यार्थीहरुलाई सम्मानसहित पञ्चेबाजासँगै नाच्दै विभिन्न क्षेत्रको परिक्रमा गरिएको थियो । विभिन्न क्षेत्रका अभिभावक तथा स्थानीय समुदायले चोक चोकमा शिक्षक तथा विद्यार्थीहरुलाई स्वागत र सम्मान गरेका थिए । संगमचोक, जितगढी, बँदेलपोखरी, जबई, बुद्धटोल, सुन्तलेचोक, सालघारी, ढवाह, नयाँगाउँ, बेलभरिया, पत्थरगञ्ज, बेलबासलगायतका ठाउँहरुमा शिक्षक–विद्यार्थीहरुको टोली पुग्दा भव्य स्वागत गर्दै स्थानीयहरुले बधाई ज्ञापन गरेका थिए । साथै अभिभावकहरुले विद्यालय र शिक्षकहरुको मिहिनेतले गर्दा विद्यार्थीहरुले राम्रो नतिजा ल्याएकोमा धन्यवाद दिँदै आगामी दिनमा विद्यालयको रिजल्ट अझै उत्कृष्ट होस् भनी शुभकामना व्यक्त गरेका थिए ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्