Web Design In Nepal

Author: admin

एकीकृत समाजवादीले सिफारिस गरेका नयाँ मन्त्रीहरुलाई आज शपथ गराइने

एकीकृत समाजवादीले सिफारिस गरेका नयाँ मन्त्रीहरुलाई आज शपथ गराइने

Posted in राजनीति, समाचार
एकीकृत समाजवादीले सिफारिस गरेका नयाँ मन्त्रीहरुलाई आज शपथ गराउने तयारी भएको छ । पार्टीमा भागबन्डा मिलाउनको लागि एकीकृत समाजवादीले हिजो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो । एकीकृत समाजवादीबाट अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ र भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री छन्। अब राज्यमन्त्री खापुङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएर जीवनराम श्रेष्ठलाई पर्यटन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम रोजगार र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री दिने तयारी छ । नयाँ मन्त्रीको नाम एकीकृत समाजवादीले हिजै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । श्रम मन्त्री प्रस्ताव गरिएका
बजेटमा आजदेखि मन्त्रालयगत छलफल सुरु हुँदै

बजेटमा आजदेखि मन्त्रालयगत छलफल सुरु हुँदै

Posted in अर्थतंत्र, स्वास्थ्य
आर्थिक वर्ष २०७९,८० को बजेटमा आजदेखि मन्त्रालयगत छलफल सुरु हुँदै छ । बजेटमा सैद्धान्तिक छलफल सकिएपछि आजबाट मन्त्रालयगत छलफल सुरु हुन लागेको हो । मन्त्रालयगत शीर्षकमा छलफलका लागि आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट संघीय संसदमा पेश गरेका थिए । उक्त बजेटमाथि जेठ १७ गतेदेखि सैद्धान्तिक छलफल सुरु भएको थियो ।
रुपन्देहीको रोहिणीमा बस खस्दा ९ जनाको मृत्यु

रुपन्देहीको रोहिणीमा बस खस्दा ९ जनाको मृत्यु

Posted in Uncategorized, जानकारी, नेपाल, समाचार
भैरहवा- रुपन्देहीको रोहिणी पुलमा बस दुर्घट्ना हुँदा ९ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् । लु २ ख ३८४१ नम्बरको बस जनकपुरबाट भैरहवा आउदै गर्दा भैरहवा परासी सडक खण्डको रोहिणी पुलबाट खसेको हो । दुर्घटनामा मृत्यु भएका ९ जना मध्ये ६ जनाको सनाखत भएको छ। रुपन्देहीको बुटवल योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल १३, कालिकानगरका कृष्णप्रसाद बस्याल, तिलोत्तमा वडा नम्बर ८ चार नम्बरकी ३७ बर्षिय तुलसी बस्याल, रौतहट जिल्लाका २० वर्षीया दिनेश दास, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको प्रहरीले बताएको छ । घाइते मध्ये १६ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको भैरहवाको भिम अस्पताल र युनिभर्सल मेडिकल कलेजनमा उपचार भइरहेको छ ।
नवनिर्वाचित जनप्रतिनिधिलाई प्रदेश प्रमुखले भने : जनताले दिएको मतको कदर गर्नुहोस्

नवनिर्वाचित जनप्रतिनिधिलाई प्रदेश प्रमुखले भने : जनताले दिएको मतको कदर गर्नुहोस्

Posted in राजनीति, समाचार
कपिलबस्तु- लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले जनताको जीवनस्तर परिवर्तनका लागि सेवा प्रवाह गर्न र समृद्ध लुम्बिनी निर्माणका लागि लाग्न नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । कपिलबस्तुमा आयोजित प्रदेशका १०९ स्थानीयतहका जनप्रतिनिधीहरुलाई बधाई तथा शुभकामना एवं शासन सञ्चालन सम्बन्धी अन्तक्रिया कार्यक्रममा शेरचनले संविधानले स्थानीयत सरकार, प्रदेश, संघीय सरकारलाई संविधानले प्रदान गरेको अधिकारलाई पालना गर्दै सहकार्य, सहअस्थित्वको भावनालाई अगाडि बढाएको बताउँदै संविधानको पूर्ण पालना गर्दै जनताको सेवा गर्नका लागि अनुरोध गरे। उनले जनताले दिएको मतको कदर गर्दै अर्काे कार्यकालमा पनि जनताले फेरी निर्वाचित गराउने गरी काम गर्नका लागि आग्रह गरे । शेरचनले संघ, प्रदेश, स्थानीयतहको सरकार मध्ये जनताको घर दैलोको सरकार स्थानीय सरकार भएकाले गर्दा जनतालाई सेवा प्रवाह गर्नका लागि आग्रह गरे। कार्यक्
काठमाडौँका मेयर बालेन शाहले  प्रचण्डलाई भेटे

काठमाडौँका मेयर बालेन शाहले प्रचण्डलाई भेटे

Posted in राजनीति, समाचार
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।प्रचण्डलाई भेट्न मेयर साह शनिबार बिहान खुमलटार पुगेका थिए। सो अवसरमा प्रचण्डले मेयर साहलाई बधाई दिंदै देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएका छन् । मेयर साहले गठबन्धनबाट आफूले सहयोगको अपेक्षा गरेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ । यस अघि बालेनले प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि भेटिसकेका छन् ।
१९ वर्षमुनिको महिला टी–२० मा नेपाल यूएईसँग १० विकेटले पराजित

१९ वर्षमुनिको महिला टी–२० मा नेपाल यूएईसँग १० विकेटले पराजित

Posted in खेलकुद, स्वास्थ्य
काठमाडौँ १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोटको दोस्रो खेलमा नेपाल यूएईसँग १० विकेटले पराजित भएको छ । जितका लागि ९ रनको लक्ष्य पाएको यूएईले एक ओभर १ बलमा भेट्टायो । यूएईकी थीर्थ सतिश ४ बलमा ४ रन र लवन्य केनी ४ बलमा ३ रनमा अविजित रहिन्। अनु कडायतले पहिलो ओभरको पाँचौँ बल नो बल फ्यालेकी थिइन् । त्यसअघि मलेसियाको यूकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ८ ओभर १ बलमा ८ रनमा अलआउट भएको थियो । नेपालकी स्नेहा महराले १० बलमा सर्वाधिक तीन रन बनाइन् । ओपनर मनिषा रानाले २, किरण कुमारी कुँवर, अनु कडायत र अश्मा पुलामी मगर १र१ रनमा आउट भए । नेपालका ६ खेलाडीले खाता नै खोल्न सकेनन् । यूएईकी महिका गौरले ५, इन्धुजा नन्दका कुमारले ३ र सिमराले १ विकेट लिइन् । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । यूएईले भुटानलाई १ सय ६० रनले पराजित गरेको थियो । ६ टोली सहभागी छनो
सैनामैनाका कार्यपालिका सदस्यको सबै पदमा एमाले विजयी

सैनामैनाका कार्यपालिका सदस्यको सबै पदमा एमाले विजयी

Posted in राजनीति
सैनामैना - रुपन्देहीको सैनामैना नगरपालिकाको कार्यपालिका सदस्यमा सबै एमालेका उम्मेद्वार विजयी भएका छन् । ५ जना महिला र ३ जना दलित तथा अल्पसङ्ख्यक गरी ८ जना कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा एमालेका उम्मेदवारहरू विजयी भएका हुन् । निर्वाचनबाट दलित तथा अल्पसंख्यक तर्फ टेक बहादुर विश्वकर्मा, डोल बहादुर सार्की, सुरज बराल विजयी भएका हुन् । यस्तै महिला कार्यपालिका सदस्यमा दुर्गामाया श्रेष्ठ, मनकुमारी राई, माया देवी बिक, मीरा क्षेत्री र सीता थारु निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विरेन्द्रको शालिक राख्न खोज्दा नेपालगञ्जमा तनाव

विरेन्द्रको शालिक राख्न खोज्दा नेपालगञ्जमा तनाव

Posted in राजनीति, समाचार
बाँके-नेपालगञ्जस्थित धम्बोजी चोकमा स्वर्गिय राजा विरेन्द्रको शालिक राख्ने क्रममा तनाव उत्पन्न भएको छ । वीरेन्द्रको शालिक राख्ने प्रयासमा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि तनाव भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहारसमेत गरेको छ । २०६२र६३ को जनआन्दोलनमा धम्बोजी चोकस्थित वीरेन्द्रको शालिक तोडफोड भएको थियो । त्यसपछि वीरेन्द्रको शालिक हटाएर त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो । दरबार हत्याकाण्डको सन्दर्भ पारेर विहिवार केही स्वतन्त्र अभियन्ता, राजतन्त्र समर्थकहरुले राष्ट्रिय झण्डा हटाएर वीरेन्द्रको शालिक राखेका थिए । तर शालिक ‘फिक्स्ड’ गर्न नपाउँदै प्रहरीले हस्तक्षेप गरेको थियो । अहिले वीरेन्द्रको शालिक त्यहाँबाट प्रहरीले हटाइसकेको छ । सोही क्रममा धम्बोजी चोक नजिकै रहेको सेतु विक चोकमा राखिएको सेतु विकको शालिक पनि तोडफोड भएको छ । सेतु विक चोकलाई दोस्रो जनआन
दरबार हत्याकाण्डको २१ वर्ष पुरा

दरबार हत्याकाण्डको २१ वर्ष पुरा

Posted in समाचार, स्वास्थ्य
काठमाडौँ - दरबार हत्याकाण्ड भएको २१ वर्ष पुगेको छ । २०५८ साल जेठ १९ गते राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै विनाश हुनेगरी राजपरिवारका सदस्य र आफन्तको एकै ठाउँमा हत्या भएको थियो । हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतिसहित १० जनाको ज्यान गएको थियो । हत्याकाण्ड अहिले पनि रहस्यमै छ । नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्यसँगै गणतन्त्र स्थापनाको घोषणा भएको थियो ।
तिलोत्तमाको कार्यपालिका निर्वाचनमा एमालेका उम्मेद्वार विजयी

तिलोत्तमाको कार्यपालिका निर्वाचनमा एमालेका उम्मेद्वार विजयी

Posted in समाचार, स्वास्थ्य
तिलोत्तमा-तिलोत्तमा नगरपालिकाको कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन्। बुधबार भएको निर्वाचनमा आठै जना सदस्य एमालेबाट विजयी छन्। निर्वाचनबाट कार्यपालिका सदस्यको महिला तर्फ तारा सुनार, राधा शाही, देवकी थारु र सावित्रा आचार्य विजयी भएका छन्। दलित तथा अल्पसंख्यकबाट सुरेन्द्र श्री, रवि सेन्चुरी, नरबहादुर छन्तेल तथा अन्यबाट लक्ष्मण घिमिरे निर्वाचित भएका हुन्। यो सँगै एमाले तिलोत्तमाको कार्यपालिकामा बहुमतमा रहेको छ। तिलोत्तमा नगरपालिकाका १७ वटा वडामध्ये ८ वटाका वडाध्यक्षमा एमाले विजय भएकोथियो। काँग्रेसले ९ वटा वडाध्यक्ष जितेको थियो। कुल ८७ पदमध्ये एमाले ४५ पदमा विजयी भएको थियो।