Web Design In Nepal

Author: krishna pandey

स्काउट लुम्बिनी प्रदेश आयुक्क्तमा दिननाथ भट्टराई

स्काउट लुम्बिनी प्रदेश आयुक्क्तमा दिननाथ भट्टराई

Posted in समाचार
रूपन्देही । नेपाल स्काउट लुम्बिनी प्रदेश आयुक्क्तमा दिननाथ भट्टराई चयन भएका छन् । लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री तथा प्रदेश स्काउट प्रमुख सिके गुप्ताले उनलाई चयन गरेका हुन् । बिगत पाँच वर्षदेखि लुम्बिनी प्रदेश स्काउटको प्रमुखको रुपमा काम गदै आएका भट्टराई दोस्रो कार्यकालको लागि चयन भएका हुन् । भट्टराईले ५ वर्षसम्म गरेको कामको उच्च मूल्याङ्कनका आधारमा पुनः दोस्रो कार्यकालको लागि चयन गरिएको लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री सिके गुप्ताले बताए । बिगत १२ बर्षदेखि स्काउटको निर्वाचन हुन सकिरहेको थिएन । बिभिन्न कालखण्डमा तदर्थ समिति बन्ने तर निर्वाचन नगराउने परिस्थितिलाई निकास दिँदै लोक बहादुर भन्डारीको नेतृत्वमा तिनै तहको निर्वाचन सम्पन्न भएको थियो । लुम्बिनी प्रदेशका ४६ पालिकामा निर्वाचको सम्पूर्ण योग्यता पूरा गरी निर्वाचन सम्पन्न भएका छन् बाँकी रहेका पालिकामा योग्यता पूरा गरी छ म
होराइजन गाैतमबुद्धमा खाना महोत्सव,रक्तदान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

होराइजन गाैतमबुद्धमा खाना महोत्सव,रक्तदान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

Posted in समाचार
बुटवल ,होराइजन गौतम बुद्ध मा.वि तिलोत्तमामा खेल सप्ताहको अन्तिम दिन आज खाना महोत्सव पुरस्कार वितरण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष फर्सुराम गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा न्यु होराइजन कलेज व्यवस्थापन समितिका अध्यक्ष निर्मल प्रसाद लाकौल, प्राचार्य गोपालप्रसाद आचार्य, सहायक क्याम्पस प्रमुख इन्द्र प्रसाद भुसाल, उपप्राचार्य ज्ञानेश्वर ज्ञवाली, विज्ञान संकाय प्रमुख प्रदीप अर्याल, प्राध्यापक डा.नारायण प्रसाद पन्थ, रुद्र भुसाल, विभिन्न विषयका विभागीय प्रमुख, शिक्षक तथा कर्मचारीहरु लगायतको आतिथ्यता रहेको थियो । होराइजन गौतम बुद्ध मा.वि.का अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजू श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा होटल व्यवस्थापन विषय अध्ययन गर्ने विद्यार्थीहरुद्वारा आफूले विद्यालयमा सिकेका विभिन्न सीपहरु प्रदर्शन गर्न र विद्यार
माथागढी बहुउद्देश्यीय सहकारी संस्थाको छैठौँ साधरणसभा तथा तेस्रो अधिवेशन सम्पन्न <br><h3>चार करोड ३४ लाख बराबरको आयव्याय पेश </h3

माथागढी बहुउद्देश्यीय सहकारी संस्थाको छैठौँ साधरणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

चार करोड ३४ लाख बराबरको आयव्याय पेश

Posted in अर्थतंत्र, समाचार
पाल्पा – माथागढी बहुउद्देश्यीय सहकारी संस्थाको छैठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।साधारणसभामा संस्थाका अध्यक्ष राजकुमार पन्थीले चार करोड ३४ लाख बराबरको आयव्याय तथा संस्थागत प्रतिवेदन पेश गर्नुभयो। संस्थाले बचतऋण कारोबारसँगै किसानका लागि कुटानीपिसानी मिल संचालनमा ल्याएको, कृषि र पशुपालन क्षेत्रमा विविध कार्य गरेको, सेयर सदस्य एक हजार भएको बताउनुभयाे। किसानलाई उत्पादनमा जोड्न सहकारीले विभिन्न निकायसँग मिलेर काम गरिरहेको बताउनुभयो । पन्थीले आगामी दिनमा सुपथ मुल्यको पसल सञ्चालन गर्ने, सहकारी शिक्षाका कार्यक्रम गर्ने, सेयर सदस्य र कारोबार रकममा बृद्धि गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।कार्यक्रममा प्रमुख अतिथि माछापुग्छे« बहुउद्देश्यीय सहकारीका अध्यक्ष एवं पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले सहकारीका सेयर सदस्यको हितमा सहकारीले विगतदेखि नै काम गर्दै आएकोमा
१७ औ मनमोहन स्मृति वडा कपको उपाधि वडा नम्बर ६ लाई

१७ औ मनमोहन स्मृति वडा कपको उपाधि वडा नम्बर ६ लाई

Posted in खेलकुद, समाचार
बुटवल, ५ माघ । बुटवलमा सम्पन्न मनमोहन कप नकआउट फुटबल प्रतियोगिता २०८० को उपाधि वडा नं ६ ले हात पारेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा शनिबार भएको फाईनल खेलमा वडा नं ७ लाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि आफनो पोल्टामा पारेको हो । उपाधिसंगै वडा नं ६ नगद १ लाख ११ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता वडा नं. ७ भने नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा गतवर्षको विजेता टिम वडा नं १७ अनुसासित टिमबाट पुरस्कृत भयो । यसैगरि वडा नं ११ का मिलन आले हाई स्कोरर, वडा नं ६ का सन्देश खनाल उत्कृष्ट गोलरक्षक, वडा नं ७ का अनुप गुरुङ राईजिङ प्लेयर घोषित हुदै नगद ३ हजार रुपैया तथा वडा नं ७ का मोहन थापा सर्वोत्कृष्ट खेलाडी ८ हजार रुपैयाबाट पुरस्कृत भए । स
खेल सप्ताहकाे दोस्रो दिन हाेराइजन जिविएसमा विभिन्न खेल सम्पन्न

खेल सप्ताहकाे दोस्रो दिन हाेराइजन जिविएसमा विभिन्न खेल सम्पन्न

Posted in खेलकुद, समाचार
बुटवल ।रुपन्देहीको तिलोत्तमा-१ स्थित होराइजन गौतमबुद्ध माविमा शुक्रबारदेखि सञ्चालन भएको खेलकुद तथा पुरस्कार वितरण सप्ताहकाे दोस्रो दिन विभिन्न खेलविधामा विद्यार्थीहरूविच प्रतिस्पर्धा भएको छ । तिलोत्तमा नगरपालिकाका खेलकुद तथा शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले उद्घाटन गरेकाे खेल सप्ताहकाे आज दोस्रो दिन २०० मिटर दाैड सम्पन्न भएको छ ।जसमा छात्रातर्फ कविता पाैडेल प्रथम,सित्तल पाैडेल द्वितीय र अम्बिका श्रेष्ठ तृतीय भएका छन् ।छात्रतर्फ आयुष श्रेष्ठ प्रथम,सन्देश थापा द्वितीय र सन्दिप कुमार बरई तृतीय भएको खेल संयाेजक तिलक पराजुलीले बताए ।भलिबल प्रतियाेगितामा छात्रतर्फ अस्विन रणपालकाे समूह प्रथम, सन्देश शाहिकाे समूह द्वितीय भएका छन् ।छात्रातर्फ एलिजा श्रेष्ठकाे समूह प्रथम र जेनी थापाको समूह द्वितीय भएको खेल संयाेजक धुर्व् आचार्यले बताए । चित्रकला प्रतियाेगितामा आर्य जेसवाल प्रथम,राममनाेज यादव द
अक्सफोर्ड मा.विमा परीक्षाफल प्रकाशन तथा सम्मान कार्यक्रम सम्पन्न

अक्सफोर्ड मा.विमा परीक्षाफल प्रकाशन तथा सम्मान कार्यक्रम सम्पन्न

Posted in लुम्बिनी प्रदेश, समाचार
बुटवल– बुटवल उपमहानगरपालिका सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले कक्षा ११ र १२ अन्तरगत त्रैमासिक परीक्षाकाे परीक्षाफल सार्वजनिक गर्दै उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई लाखाै रूपैयाँ बराबर प्रोत्साहनस्वरुप पुरस्कृत गरेको छ । प्रत्येक त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक कार्यक्रममा अक्सफोर्डमा अध्ययनरत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद तथा तीन महिनाको छात्रवृत्तिसहित पुरस्कृत गर्ने गरेको विद्यालयका प्राचार्य दिनेश भुसालले बताए ।कक्षा ११ र १२ परीक्षामा सम्मिलित परीक्षार्थीहरुमध्ये ३ दशमलव ६० जिपिएभन्दा माथि ल्याउने ७ जना विद्यार्थीलाई नगद १० हजार, ३ महिनाको मासिक शुल्कमा शतप्रतिशत छुट र ३ं दशमलव ४४ जिपिए भन्दामाथि ल्याउने २९ जना विद्यार्थीलाई नगद तीन हजार तथा ३ महिनाको मासिक शुल्कमा शतप्रतिशत छुटको साथमा सम्मान तथा पुरस्कृत गर्ने गरेको विद्यालयका प्राचार्य भुसालले बताए।
युवा संघ नेपाल बुटवलले फुटबल प्रतियोगिताको फाईनलको पूर्व सन्ध्यामा बुटवलमा निकाल्याे र्‍याली

युवा संघ नेपाल बुटवलले फुटबल प्रतियोगिताको फाईनलको पूर्व सन्ध्यामा बुटवलमा निकाल्याे र्‍याली

Posted in समाचार
बुटवल फागुन ४। राष्ट्रिय युवा संघ नेपाल बुटवलले १७ औ मनमोहन स्मृति वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाईनलको पूर्व सन्ध्यामा बुटवलमा ¥याली निकालेको छ बुटवलको सिद्वेश्वरी खेल मैदानबाट निकालेको र्याली हिलपार्क, रामनगर, चिडियाखोला, ट्राफिकचोक हुदै खेल मैदानमा पुगेर समापन भएको राष्ट्रिय युवा संघ बुटवल नगर अध्यक्ष गणेश बोहोराले जानकारी गराए। वडा स्तरीय कप माघ २२ गते सुरु भएको खेल फागुन ५ गते समापन हुने छ। बुटवल उपमहानगरपालिका १८ वटा वडा सहभागी रहेको खेलमा भोली फाईनलमा वडा न ६ र वडा न ७ वीच प्रतिष्पर्धा हुने नगर अध्यक्ष बोहोराले जानकारी गराए। कोणसभालाई सम्वोधन गदै राष्ट्रिय युवा संघ का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज केशब रोकाले युवाहरु राजनितिमा मात्र नभई खेलकुदको क्षेत्रमा अगाडी रहेको बताए। युवा सघले युवाहरु खेलकुदको माध्यमबाट अगाडी बढाउन बिभिन्न खालका खेलकुदका कार्यक्रमह
एघारौँ दीप गायन ताराको छनोटमा परिन अक्सफोर्डकी दीक्षा कुवँर ।

एघारौँ दीप गायन ताराको छनोटमा परिन अक्सफोर्डकी दीक्षा कुवँर ।

Posted in समाचार
४ फाल्गुन २०८०, शुक्रबार बुटवल । रुपन्देहीको बुटवल-८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा शुक्रबार एघारौँ दीप गायन तारा प्रतियोगिताको छनोट चरण सम्पन्न भएको छ । प्रतियोगिताको छनोट चरणमा रुपन्देहीका कक्षा १२ सम्म अध्यापन हुने माध्यमिक विद्यालयका ४५ जना प्रतियोगीहरूले विना ट्रयाक गीत प्रस्तुत गरेका थिए । छनोट चरणबाट उत्कृष्ट २० जनालाई अन्तिम चरणका लागि छनोट गरिएको छ । जसमध्ये दीक्षा कुँवर, निरुता नेपाली, सुजना भट्टराई, आयुषा राना, रक्षा मिश्र, रेनुका सुनार, विपुल पन्थ, निहारिका ढुङ्गाना, मिलिसा परियार, कृति विश्वकर्मा, रजनी पौडेल, सीता सुनार, ग्लोरिमा गोतामे, सन्तोषी परियार, देविका भुसाल, दिप्सन खत्री, जानकी पौडेल, निरुता कार्की, रिदिमा सिँजाली र विशेष भुर्तेल अन्तिम चरणको लागि छनोट भएका छन् । प्रतियागितामा उत्कृष्ट २० मा परेका प्रतियोगीहरूको अन्तिम प्रतिस्पर्धा फागुन ५ गते
नवीन औद्योगिक मा.विमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

नवीन औद्योगिक मा.विमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

Posted in समाचार
बुटवल, फाल्गुन ४, नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.देवीनगरमा शुक्रबार कक्षा ११ को नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।प्रमुख अतिथि शिक्षा तालिम केन्द्र लुम्बिनी प्रदेशका प्रमुख हरिलाल अर्यालले विद्यालय प्रशासन, व्यवस्थापन शिक्षक र विद्यार्थीहरूको संयुक्त प्रयासबाट विद्यालय प्रदेश नमुना बन्न सफल भएकोमा जोड दिँदै विद्यार्थीहरूले जीविका पार्जन गर्न सक्ने शिक्षा पाउन जागिर होइन पेशा गर्न सक्ने क्षमता विकास होस् र मेहनत, परिश्रम र लगनशील भएर अध्ययन गरे अवसर प्राप्त गर्न कठिन नहुने दाबी गर्दै विद्यालयले सबै वर्गका विद्यार्थीहरुलाई पढ्ने समान अवसर दिएकोमा खुसी व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा कक्षा १२ व्यवस्थापन समूहकी छात्रा आशिका लामाको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानध्यापक अर्जु
हाेराइजन गाैतमबुद्ध माविमा खेल सप्ताह सुरू,४२२ विद्यार्थी प्रतिस्पर्धामा

हाेराइजन गाैतमबुद्ध माविमा खेल सप्ताह सुरू,४२२ विद्यार्थी प्रतिस्पर्धामा

Posted in लुम्बिनी प्रदेश, समाचार
बुटवल । रुपन्देहीको तिलोत्तमा-१ स्थित होराइजन गौतमबुद्ध माविमा शुक्रबारदेखि खेलकुद तथा पुरस्कार वितरण सप्ताह सुरु भएको छ । तिलोत्तमा नगरपालिकाका खेलकुद तथा शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले भलिबल खेलको उद्घाटन गर्दै खेल सप्ताहको शुभारम्भ गरेका छन् । पहिलो दिन आज भलिबल,बास्केटबाल तथा कबड्डी प्रतियोगितामा विद्यार्थीहरूबिच प्रतिस्पर्धा भएकाे छ। बास्केटबलमा एडिल थापाको समूह प्रथम,राेसन पाण्डेको समूह द्वितीय भएकाे बास्केटबल संयाेजक खेमराज रिजालले जानकारी दिए।कपड्डी छात्रतर्फ जगत शाही ढकुरीकाे समूह प्रथम र अस्विन चाैधरीकाे समूह द्वितीय भएका छन्।कपड्डी छात्रातर्फ कृपा मल्ल ठकुरीको समूह प्रथम भएको खेल संयाेजक अरूण कृष्ण घिमिरेले जानकारी दिए। यसैगरी शनिबार कोड वर्क, फुटबल, दुई सय मिटर दौड तथा चित्रकला प्रतियोगिता आयोजना गरिने विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यले जानकारी दिए । विद्यालय