Web Design In Nepal

राजनीति

कांग्रेसभित्रको अन्तर्घातीलाई दण्डित गर्नुपर्छ : पौडेल

कांग्रेसभित्रको अन्तर्घातीलाई दण्डित गर्नुपर्छ : पौडेल

Posted in राजनीति, समाचार
दमौली - नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संगठनका कारणभन्दा पनि अन्तर्घातका कारण पार्टी कमजोर बन्दै गएको बताएका छन् । कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज दमौलीमा आयोजना गरेको स्थानीय तह निर्वाचन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफैँभित्रको अन्तर्घातले कांग्रेस खुम्चिन पुगेको उल्लेख गरे । नेता पौडेलले अन्तर्घातीलाई दण्डित गर्नुपर्ने बताए । “अन्तर्घाती कुनै न कुनै रूपबाट दण्डित हुनुपर्छ । पार्टीले कारबाही गरेर ननिकाले पनि त्यसलाई समाजले दण्डित गर्छ,” उनले भने । पैसावालाहरूको बोलाबाला बढ्दै जाने र निष्ठावान् कार्यकर्ता पाखा लाग्दै जाने प्रवृत्तिको अन्त्य गर्नुपर्ने नेता पौडेलको भनाइ थियो । “यसले लोकतन्त्र त कमजोर हुन्छ हुन्छ, राष्ट्रियता नै समाप्त हुने खतरा बढ्दै जान्छ,” उनले भने । गठबन्धन आदर्श र सिद्धान्तका कारण नगरिएको बताउँदै उनले कांग्रेसविरुद्ध महागठबन्धन बन
निर्वाचनपछि देशको नेतृत्व माओवादीले गर्छ ः प्रचण्ड

निर्वाचनपछि देशको नेतृत्व माओवादीले गर्छ ः प्रचण्ड

Posted in राजनीति, समाचार
काठमाडौँ -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट देशको नेतृत्व आफ्नो पार्टीले गर्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार आयोजित कार्यक्रममा उनले निर्वाचनपछि माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने दावी गरे । यो देशमा माओवादी पुनःस्थापित भएन भने, माओवादी पार्टी बलियो भएन भने संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन प्रचण्डको तर्क छ । उनले नेकपा माओवादी पार्टीकै जोडबलमासंघीय संसदबाट नागरिकतासम्बन्धी विधेयक पारित हुन लागेको बताए ।
भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित

Posted in राजनीति, विदेश, समाचार
भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित भएकी छन्। भारतीय जनता पार्टी भाजपामा आबद्ध रहेकी उनी विहिवार राष्ट्रपतिमा विजयी भएकी हुन् । विजयसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने प्रथम आदिवासी नेतृ बनेकी छन्। यही १८ जुनमा राष्ट्रपति निर्वाचन भएको थियो। सत्तारुढ एनडीएको तर्फबाट उम्मेद्वार बनेकी मुर्मुलाई ४४ राजनीतिक दलहरूले समर्थन जनाएका थिए। विपक्षीका तर्फबाट उम्मेदवार बनेका यशवन्त सिन्हालाई ३४ दलको समर्थन थियो। ६४ वर्षीया मुर्मु पूर्वशिक्षिका हुन्। उनी झारखण्डकी पूर्वराज्यपालसमेत हुन्। भारतमा राष्ट्रपति चयन प्रक्रियामा संघीय संसद्का दुवै सदन र राज्य तथा केन्द्र प्रशासित क्षेत्रमा व्यवस्थापिका संसद्का सदस्यले मतदान गर्छन्। सन् १९५८ को जुन २० मा मयुरभञ्ज जिल्लाको बैदापोसी गाउँमा सन्थाल आदिवासी समुदायमा उनको जन्म भएको हो। मर्मुले उडिसाको राजधानी भुवनेश्वरस्थित रमादेवी महिला कलेजमा अध्ययन गरि
स्वीमिङ पुलमा धकेल्ने प्रहरीलाई कारवाही गर्न माग

स्वीमिङ पुलमा धकेल्ने प्रहरीलाई कारवाही गर्न माग

Posted in राजनीति, समाचार
तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा नगरपालिकाको एक वडाध्यक्षलाई पौडी पोखरीमा धकेल्ने प्रहरीलाई कारवाही गर्न एमालेले माग गरेको छ । आइतबार तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाणले गणपुरक संख्या नपुगेको भन्दै नगर सभा स्थगित गरेका थिए । नगरसभा स्थगित गरेको विरोधमा एमालेले प्रदर्शन गरेको थियो । त्यस क्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले वडा नंं ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त घटनाको भर्त्सना गर्दै नेकपा एमाले रुपन्देहीले डीएसपी केसी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेको छ । कारवाहीको माग गर्दै एमाले रुपन्देहीले आज जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले कांग्रेसबाट निर्वाचित नगर प्रमुख रामकृष्ण
एमालेका जनप्रतिनिधिले गरे तिलोत्तमाका प्रशासकिय प्रमुखको कार्यकक्षमा तालाबन्दी

एमालेका जनप्रतिनिधिले गरे तिलोत्तमाका प्रशासकिय प्रमुखको कार्यकक्षमा तालाबन्दी

Posted in राजनीति, समाचार
तिलोत्तमा/ तिलोत्तमा नगरपालिकामा नेकपा एमालेका जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन्। प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले आइतबारको नगरसभामा आफूहरुको हाजिर नगराएको भन्दै उपप्रमुख जागेश्वरीदेवी चौधरीको नेतृत्वका जनप्रतिनिधिले तालाबन्दी गरेका हुन् । आइतबार दिउसो बसकेको नगरसभाको बैठक गुणपुरक संख्या नपुगेको भन्दै नगरप्रमुख रामकृष्ण खाणले स्थगित गरेका थिए। एमालेबाट निर्वाचित ४२ जना नगरसभा सदस्यको हस्ताक्षर गराएपछि प्रमुख प्रशासकीय अधिकृतले अरु नगरसभा सदस्यको हस्ताक्षर नगराई गणपूरक संख्या नपुगेको देखाइएको चौधरीले बताइन् । बैठक स्थगित भएपछि एमालेका जनप्रतिनिधिहरुले नाराबाजी गरेका थिए । पछि नगरप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । असार १० गते नगरसभामा आर्थिक वर्ष २०७९ /८० को बजेट प्रस्तुत भएपनि कांग्रेस र एमालेको विवादका कारण पारित हुन सकेको छैन ।
फेरियो लुम्बिनीका मन्त्रालयको नाम

फेरियो लुम्बिनीका मन्त्रालयको नाम

Posted in राजनीति, समाचार
बुटवल - लुम्बिनी प्रदेशका केही नाम हेरफेर गरिएको छ। फेरिएर नयाँ नाम भएका मन्त्रालयहरुमा अर्थ तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, शिक्षा तथा खेलकुद र स्वास्थ्य मन्त्रालय हुन्। यसअघि कानुन महिला तथा बालबालिका मन्त्रालयमा रहेको कानुन कार्य विभाजन अनुसार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको जिम्मेवारीमा थप गरिएको छ। प्रदेश सरकार मन्त्रीपरिषद बैठकले मन्त्रालयका नाम हेरफेर गरेको हो । यस्तै बैठकले मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना तथा कार्य सञ्चालन) आदेश २०७८ खारेज गरिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री तथा प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए। प्रवक्ता शर्माका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई जना हलुका सवारी चालकको अस्थायी दरबन्दी आ।व।२०७९।८० का लागी स्वीकृत गर्ने,प्रदेशमा विद्युतीय ऊर्जाको उत्पादन, प्रसा
तिलोत्तमाको नगरसभा फेरि स्थगित एमालेका जनप्रतिनिधिको नाराबाजी

तिलोत्तमाको नगरसभा फेरि स्थगित एमालेका जनप्रतिनिधिको नाराबाजी

Posted in राजनीति, समाचार
तिलोत्तमा - रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा फेरि स्थगित भएको छ । बजेट पारित गर्नको लागि बसेको नगरसभा बैठक गुणपुरक संख्या नपुगेको भन्दै स्थगित गरिएको हो । नगरप्रमुख रामकृष्ण खाणले गुणपुरक संख्या नपुगेको भन्दै बैठक स्थगित गरेका थिए । बैठक स्थगित भएपछि एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिले नाराबाजी गरेका छन् । नाराबाजी भएपछि प्रहरी परिचालन गरिएको छ । बैठक स्थगित भएपछि आर्थिक वर्ष २०७९र८० का लागि प्रस्तावित बजेट आज आइतबार पनि पास हुन सकेन । नगरसभाको बैठकमा आफ्ना ४८ जना नगर सदस्यहरु उपस्थित भएपनि आफूहरुलाई प्रमुख प्रशासकिय अधिकृतले हाजिर गर्न नदिएको एमालेले आरोप लगाएको छ । यस अघि साउन ३१ गतेको बैठक पनि गणपुरक संख्या नपुगेको भनि स्थगित भएको थियो ।
माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक जारी

माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक जारी

Posted in राजनीति, समाचार
काठमाडौँ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अहिले बसिरहेको छ । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले नेताहरुले उठाएका प्रश्नको जवाफ दिने छन् । बैठकमा अध्यक्ष प्रचण्डले पोलिटव्युरो, स्थायी र पदाधिकारी प्रस्ताव गर्ने सम्भावना पनि छ । माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्य गणेश शाहले अध्यक्ष प्रचण्डले पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो सदस्यहरुको नामावली आजको बैठकमा प्रस्तुत गर्ने बताए । गत मंगलबारको पूर्वपदाधिकारीहरुको बैठकले पदाधिकारी, स्थायी र पोलिब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई नै दिएको थियो । नामावली टुंगो लगाउन प्रचण्डले मंगलबार र बुधबार आन्तरिक छलफल गरेका थिए ।
वामदेव गौतम र केपी ओलीबीच भेटवार्ता

वामदेव गौतम र केपी ओलीबीच भेटवार्ता

Posted in राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीलाई भेट्न गौतम आज बिहान बालकोटस्थित ओली निवासमा पुगेका हुन्। बामदेवले वाम एकीकरण र चुनावी मोर्चा लगायतका विषयमा छलफल गर्न ओलीलाई भेटेको नेकपा एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख नीमकान्त पाण्डेले जानकारी दिए। एमाले विभाजनपछि पहिलोपटक ओलीलाई भेट्न गौतम पहिलोपटक बालकोट पुगेका हुन्। वामदेवले गत मंगलबार नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका थिए। गौतमको पार्टीमा ७५ सदस्यीय केन्द्रीय समिति रहेको छ।
राजसंस्था फर्कन अब सम्भव छैन ः थापा

राजसंस्था फर्कन अब सम्भव छैन ः थापा

Posted in राजनीति, समाचार
बुटवल- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब राजसंस्था पुनस्थापना हुन असम्भव रहेको बताएका छन् । बुटवलमा विहिवार विहान आयोजित पत्रकार सम्मेलनमा थापाले आफूले राजसंस्थाको मुद्दा पनि छोडेको र पुनस्थापना हुन सम्भव नभएको पनि बताए । राजतन्त्र फर्काउन विगतमा आँफूले त्याग र संघर्ष गरेको भन्दै उनले तर राजसंस्था पुनस्थापना भए आफू दुखि नहुने थापाले बताए । थापाले राजेन्द्र लिंङदेनले राजसंस्थाको एजेण्डा त्यागेमा आफ्नो पार्टी बुझाउन तयार रहेको बताए । त्यसरी राजसंस्थाको एजेण्डा त्यागेमा आफू राप्रपासँग पार्टी एकता गरि सम्मानित नेता मात्र भएर बस्न तयार रहेको उनको भनाइ छ । ‘उहाँहरुले राजसंस्थाको एजेण्डा छोडेको दिन मैले यो सम्पूर्ण पार्टी उहाँकै जिम्मा लगाएर म सम्मानित नेता भएर बस्न तयार छु ।’ उनले भने । पूर्वराजा ज्ञानेन्द्रले र उनको सचिवालयले विगतमा दलहरुको मन जित्न सकेको भए राजसंस