Web Design In Nepal

समाचार

राष्टिय युवा संघ नेपाल लुम्बिनी प्रदेशकाे प्रथम बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

राष्टिय युवा संघ नेपाल लुम्बिनी प्रदेशकाे प्रथम बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

Posted in राजनीति, समाचार
बुटवल ७ रूपन्देही,राष्टिय युवा संघ नेपाल लुम्बिनी प्रदेशकाे प्रथम बैठक षुष्पलाल स्मृति भवन बुटवलमा सम्पन्न भएको छ।लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेलकाे अध्यक्षता तथा नेकपा एमाले पाेलिटब्युराे सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतकाे प्रमुख आतिथ्यता,युवा संध नेपाल केन्द्रीय कमिटी उपाध्यक्ष रमेश तिवारी,केन्द्रीय महासचिव सुमन पुरी,सचिव खेमराज शर्मा,नेकपा एमाले लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्य ,नेकपा एमाले लुम्बिनी प्रदेश युवा इन्चार्ज तुल बहादुर अधिकारी,संगठन इन्चार्ज केशव राेकाहा,सह इन्चार्जद्वय जीवन अधिकारी ,पृतम पाैडेल,स्थायी कमिटीका सदस्यद्वय,केन्द्रीय कमिटी सदस्यहरूकाे आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ। बैठकले विभिन्न विभागहरू गठन गर्ने जिम्मेवारी युवा संघ नेपाल लुम्बिनी प्रदेश पदाधिकारीलाई प्रदान गरेकाे छ।साथै देशमा बडदै गएकाे अराजकताको विरोधमा चैतमा दाङमा युवा संघले बृहत् भेला गर्ने
राष्टिय युवा संघ नेपाल लुम्बिनी प्रदेशकाे प्रथम बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

राष्टिय युवा संघ नेपाल लुम्बिनी प्रदेशकाे प्रथम बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

Posted in राजनीति, समाचार
बुटवल ७ रूपन्देही,राष्टिय युवा संघ नेपाल लुम्बिनी प्रदेशकाे प्रथम बैठक षुष्पलाल स्मृति भवन बुटवलमा सम्पन्न भएको छ।लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेलकाे अध्यक्षता तथा नेकपा एमाले पाेलिटब्युराे सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतकाे प्रमुख आतिथ्यता,युवा संध नेपाल केन्द्रीय कमिटी उपाध्यक्ष रमेश तिवारी,केन्द्रीय महासचिव सुमन पुरी,सचिव खेमराज शर्मा,नेकपा एमाले लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्य ,नेकपा एमाले लुम्बिनी प्रदेश युवा इन्चार्ज तुल बहादुर अधिकारी,संगठन इन्चार्ज केशव राेकाहा,सह इन्चार्जद्वय जीवन अधिकारी ,पृतम पाैडेल,स्थायी कमिटीका सदस्यद्वय,केन्द्रीय कमिटी सदस्यहरूकाे आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ। बैठकले विभिन्न विभागहरू गठन गर्ने जिम्मेवारी युवा संघ नेपाल लुम्बिनी प्रदेश पदाधिकारीलाई प्रदान गरेकाे छ।साथै देशमा बडदै गएकाे अराजकताको विरोधमा चैतमा दाङमा युवा संघले बृहत् भेला गर्न
रुपन्देही ब्यापार संघको अध्यक्षमा दिपक अधिकारी निर्वाचित

रुपन्देही ब्यापार संघको अध्यक्षमा दिपक अधिकारी निर्वाचित

Posted in लुम्बिनी प्रदेश, समाचार
बुटवल, माघ ३ । रुपन्देहीका ब्यवसायीहरुको छाता संस्था रुपन्देही ब्यापार संघको अध्यक्षमा दिपक अधिकारी निर्वाचित भएका छन्। यसअघि संघका द्धितिय उपाध्यक्ष रहेका अधिकारीले संघका बरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीलाई ८० मतको फरकले पराजित गरेका हुन्। अधिकारीले कुल खसेको १ हजार ८७ मत मध्ये ५४३ मत पाए भने भण्डारीले ४६३ मत प्राप्त गरे। अधिकारी र भण्डारीले अलग अलग प्यानल बनाएर निर्वाचन लडेका थिए। संघको अन्य पदाधिकारी र सदस्यहरुमा दुवै प्यानलको मिश्रीत परिणाम आएको छ। संघको प्रथम उपाध्यक्षमा भण्डारी प्यानलका दयानिधी भण्डारी बिजयी भएका छन्। भण्डारीले ५३५ मत पाएर बिजयी हुदा उनका प्रतिस्पर्धी अधिकारीको प्यानलका ऋषिराम पाण्डेले ४४७ मत पाए। त्यसैगरी द्धितिय उपाध्यक्षमा ५५७ मतका साथ अधिकारी प्यानलकै प्रेमनाथ पाण्डे बिजयी भएका छन्। उनका प्रतिस्पर्धी भण्डारी प्यानलका नामदेव पाण्डेले ४११ मत प्राप्त
अक्सफोर्ड मा.वि बुटवलमा खाना महोत्सव तथा साङ्गीतिक कार्यक्रम सम्पन्न

अक्सफोर्ड मा.वि बुटवलमा खाना महोत्सव तथा साङ्गीतिक कार्यक्रम सम्पन्न

Posted in समाचार
२०८०,शुक्रबार बुटवल ।लुम्बिनी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड मा.वि मा शुक्रबार कक्षा ११ र १२ हाेटल म्यानेजमेन्टका विद्यार्थीहरुको आयोजनामा फुड फेस्टिवल तथा लाइभ कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ । खाना महोत्सव तथा सांगीतिक कार्यक्रममा बाेल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले विगतदेखि नै अक्सफोर्डले यस्ता रचनात्मक कार्यक्रम गर्दै विद्यार्थीलाई प्रयाेगात्मक रूपमा सिक्ने र सिकाउने वातावरण विद्यालयले सिर्जना गरेको बताए।। प्राध्यापक सुमन भुसालले फुड फेस्टिवल कार्यक्रम गर्नुकाे प्रमुख कारण विद्यालयमा सिकेको ज्ञान र सीपकाे प्रयाेग सँगै विद्यार्थीहरुले आम्दानी कसरी गर्न सकिन्छ भन्ने व्यावहारिक ज्ञान समेत दिन कार्यकम आयोजना गरेको बताए ।२०५९ सालमा स्थापना भएको यश मा. विमा लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील प्रबुद्ध व्यक्तिहरुको संलग्नता रहेको छ । हाल विद्यालयमा कक्
डा. मल्ल गंगालालको कार्यकारी निर्देशकमा नियुक्त

डा. मल्ल गंगालालको कार्यकारी निर्देशकमा नियुक्त

Posted in समाचार
३ माघ, काठमाडौं । शहिद गंगागाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा । रवि मल्ल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले डा । मल्ललाई केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । डा । चन्द्रमणि अधिकारीको कार्यकाल सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ११ पुसमा डा । मल्ललाई निमित्त निर्देशकको जिम्मेवारी दिएका थिए । मन्त्रालयकै प्रस्तावमा सरकारले उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । यस्तै नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेश चन्द्र न्‍यौपानेलाई मनोनयन गरेको छ ।
प्युठानमा जिप दुर्घट्ना, रुपन्देहीकी महिलाको मृत्यु

प्युठानमा जिप दुर्घट्ना, रुपन्देहीकी महिलाको मृत्यु

Posted in नेपाल, समाचार
बुटवल - प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, १४ जना घाइते भएका छन्। जिल्लाको स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा शनिबार जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका ३ कि ३२ वर्षकी गुडिया ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। रुपन्देहीका तिर्थयात्री लिएर स्वर्गद्वारी गएको लु ३ च ३५३ नम्वरको जिप फर्कदा दुर्घट्नामा परेको हो। रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय जीप रिजर्ब गरेर स्वर्गद्वारीको दर्शन गर्न गएका थिए। दुर्घटना घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ। उनीहरुलाई उपचारको लागि बुटवल ल्याइएको छ ।
संसदीय समितिको प्रतिवेदन मान्य छैन  : ओली

संसदीय समितिको प्रतिवेदन मान्य छैन : ओली

Posted in राजनीति, समाचार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्न नसकिने बताएका छन्। प्रतिवेदन सत्य नभएको र तथ्यमा आधारित पनि नरहेकाले त्यसलाई मान्न नसकिने उनको भनाइ छ । राष्ट्रिय युवा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले सत्तारुढ गठबन्धनकै बहुमतले तयार पारेर ल्याइएको सो प्रतिवेदनलाई नेपाली जनताले पनि अस्वीकार गर्नुपर्ने तर्क गरे। अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सो प्रतिवेदन मान्य नहुने र जे सत्य हो, त्यसैमा अडिएर अघि बढ्ने आफ्नो पार्टीको अडान रहेको समेत स्पष्ट पारे। समितिमा ११ जनामध्ये ७ जना आफ्नो राख्ने र अनि हुन्छ र हुन्न भनेको आधारमा सो प्रतिवेदन आएको भन्दै उनले आक्रोशसमेत व्यक्त गरे। अध्यक्ष ओलीले सत्तारुढ दलले देशलाई बर्बादीको दिशातिर धकेलेको उल्लेख गर्दै त्यसलाई जोगाउन पनि आगामी
रोटरी तिलोत्तमा रुपन्देहीसँग जापानको रोटरी सेटेलाइटले सहकार्य गर्ने

रोटरी तिलोत्तमा रुपन्देहीसँग जापानको रोटरी सेटेलाइटले सहकार्य गर्ने

Posted in लुम्बिनी प्रदेश, समाचार
बुटवल - रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीसँग जापानको रोटरी क्लबले सहकार्य गर्ने भएको छ । रोटरी तिलोत्तमा रुपन्देहीको शािनवार विहान बसेको ५३९ औं नियमित बैठकमा रोटरी सेटेलाईट क्लब अफ वाको २१ साकितामाका क्लबका चेयरमेन नोमिनी विष्णुप्रसाद घिमिरेले आफूहरु सहयोग र सहकार्य गर्न तयार रहेको बताए । बैठकमा प्रमुख अतिथीको रुपमा सहभागी घिमिरेले रोटरी तिलोत्तमा रुपन्देहीले नयाँ केही काम गर्न खोजेको भए प्रस्तावना पेश गर्न आग्रह गरेका थिए । रोटरी तिलोत्तमा रुपन्देहीका अध्यक्ष विष्णुप्रसाद भण्डारीले क्लबले यो वर्ष मुख्य गरेर अटिजम र सिकलसेल एनिमियाकाको क्षेत्रमा काम गर्न खोजेको जानकारी दिए । उनले यी दुई कार्यक्रमको लागि आफूले सहयोगको आशा गरेको उल्लेख गरे । बैठकमा क्लबका अध्यक्ष भण्डारीले अटिजम र सिकलसेल सम्बन्धी सहयोगको लागि छुट्टा छुट्टै प्रस्तावना जापानको रोटरी सेटेलाइट क्लब अफ वाको २१ साकीतामाका चे
अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड आज नेपाल आउँदै

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड आज नेपाल आउँदै

Posted in राजनीति, समाचार
काठमाडौँ-अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल आउँदैछन्। दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु दुई दिने भ्रमणमा नेपाल आउन लागेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण अन्यौलमा परेका उनी बेला काठमाडौँ आउन लागेका हुन्। उनले एमसिसी पारित हुनुअघि कूटनीतिक गृहकार्यका लागि नेपाल आएका थिए। नेपालले स्टेट पार्टनरसिप प्रोग्राम ९एसपिपी० अस्वीकार गर्ने निर्णय गरेको एक महिनापछि फेरि उनी नेपाल आउन लागेका हुन्। लुले प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा‍।नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनी यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल आएका थिए।
एसईई परिक्षाको नतिजा सार्वजनिक

एसईई परिक्षाको नतिजा सार्वजनिक

Posted in नेपाल, समाचार
काठमाडौँ माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार नतिजा सार्वजनिक गरेको हो । परीक्षामा ३ दशमलव ६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ । यस्तै ४१ हजार ६२७ जनाले ३ दशमलव २० देखि ३ दशमलव ६०, ६९ हजार ९०० जनाले २ दशमलव ८० देखि ३ दशमलव २० र ९० हजार ७५८ जनाले २ दशमलव ४ देखि २ दशमलव ८० जीपीए ल्याएका छन् । यस्तै एक लाख १२ हजार ७३३ जनाले २ देखि २ दशमलव ४ जीपीए र एक लाख ५९४ जनाले १ दशमलव ६ देखि २ जीपीए ल्याएका छन् । १ दशमलव २ देखि १ दशमलव ६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५८६ र ० दशमलव ८० जीपीएदेखि १ दशमलव २ जीपीए ल्याउनेको संख्या तीन हजार २८० रहेको छ । एसईई परीक्षामा ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए । कोभिड १९ कारण शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भएकोमा २०७८ मा भने विद्यार्थी