कात्तिक २४ , सहज बचत तथा ऋण सहकारी सस्था लि रुपन्देहि को १३ औ वार्षिक साधारण सभा तथा सस्था स्थापना दिवस शनिवार सम्पन्न भएको छ । लुम्बिनि प्रदेश बचत तथा ऋण सहकारी सस्था लिमिटेडका अध्यक्ष कृष्ण प्रसाद नेपाल को प्रमुख अतिथ्यता राष्ट्रीय सहकारि बैक लुम्बिनि प्रदेश प्रमुख नारायण बेल्बासे को विशिष्ट आतिथ्य मा सम्पन्न साधारण सभाले अध्यक्ष ओम प्रकाश अर्याल को वार्षिक प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका सम्योजक राम्जि नेपाल को लेखा प्रतिवेदन , कोषाध्यक्ष दिपेन्द्र धमला को आर्थिक प्रतिवेदन माथि छलफल गरि सर्वसम्मत पारित गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल ले हालको विशम परिस्थिति मा सहकारी को साख बचाउन प्रतेक सदस्य सजक हुनुपर्नेमा जोडदिनुभयो । विशिष्ट अतिथि नारायण बेल्बासेले आफ्नो सहकारी को बारेमा जानकारि लिन र अफवाह को पछडि नलाग्न शेयर सदस्यलाइ आग्रह गर्नु भयो । अध्यक्ष ओम प्रकाश अर्यालले प्रतिवेदन प्रस्तुत गर्दै सहज सहकारि सदस्यको जन्म देखि मृत्युसम्म साथमै रहेको उल्लेख गर्नु भयो । सस्थाले तेहि अनुरुप सुत्केरि पोसण देखि सदस्य र परिवारको मृत्युमा राहात रकम दिने गरेको जानकारी दिनु भयो । सस्थाका सचिव पार्वति न्यौपानेको सन्चालन वरिष्ठ उपाध्यक्ष विशाल बेल्बासे को स्वागत मा भएको कार्यक्रममा जेष्ठ सदस्य सम्मान , उत्कृष्ट करोबारि ,उत्कृष्ट ऋणि , बाल बचत कर्ता , दम्पती सम्मान , +2 मा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्य र छोराछोरी सम्मान , उत्कृष्ट कर्मचारी सम्मान एवम प्रतिभावान् सदस्य को रुपमा ब्यक गेयर सहित को मोटरसाइकल बनाएका युवा वैज्ञानिक सोहन घिमिरे लाइ समेत सम्मान गरेको छ । १५०० बढि शेयर सदस्य रहेको सहकारी को बुटवल ७ मा केन्द्रीय कार्यलय र तिलोत्तमा ४ मा सेवा केन्द्र रहेको सस्थाका उपाध्यक्ष कमल प्रकाश भुसालले जानकारि दिनु भयो । साधारण सभामा सस्थाका सस्थापक अध्यक्ष दिलिप रिजाल , पुर्व अध्यक्ष बादल आचार्य , सल्लाहकार दिल बहादुर, आचार्य दिवाकर ढकाल सहित सन्चालक समिति उपसमितिका सदस्य एवम पुर्व सन्चालक र बिभिन्न सघ सस्था तथा सहकारी का अध्यक्ष एवम प्रतिनिधि को आतिथ्यता रहेको कार्यक्रममा सदस्यको तर्फबाट विष्णु ज्ञवाली बसुन्धारा भुषालले मन्तव्य राख्नु भएको थियो ।






प्रतिकृया दिनुहोस्