बुटवल
पारु न्यौपाने,
इडन इङ्लिस बोर्डिङ स्कुल बुटवल नहरपुरको नतिजा प्रकाशन कार्यक्रम शनिबार सम्पन्न भएको छ। विद्यालयको कक्षा पिजीदेखि १० सम्मको दोस्रो त्रैमासिक परिक्षाको नतिजा तथा कक्षा ११ र १२ का विद्यार्थीहरूको हालै सम्पन्न प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल शिक्षक अभिभावक र विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न भएको हो। अन्य विधाहरूमा समेत उत्कृष्ट नतिजा हासिल गर्दै आएको विद्यालयले सञ्चालन गरेको परीक्षामा समेत विद्यार्थीहरूले उत्कृष्ट नतिजा प्राप्त गरेको विद्यालयका प्राचार्य शिवहरी भट्टराईले जानकारी दिनुभयो । २०५१ सालमा स्थापना भएको विद्यालयले कक्षा पिजीदेखि कक्षा १२ सम्म अध्यापन गराउँदै आएको छ। कक्षा ११ र १२ मा व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन तथा फाइनान्स विषयका कक्षाहरूसमेत सञ्चालन गर्दै आएको छ। ११०० भन्दा बढी विद्यार्थी रहेको विद्यालयमा उल्लेख्य अभिभावकहरूको सहभागितामा परीक्षाफल प्रकाशन कार्यक्रम सम्पन्न भएको विद्यालयका सहायक प्राचार्य तथा प्लस टु संयोजक जगत पौड्यालले जानकारी दिनुभयो । नतिजा प्रकाशन कार्यक्रममा विद्यालयका प्राचार्य शिवहरी भट्टराई सहायक प्राचार्यहरू जगत पौड्याल, कुशल बस्याल, लगायत विषयगत शिक्षक हरूको उपस्थिति रहेको थियो।







प्रतिकृया दिनुहोस्